• १६ असार २०८१, आइतबार

महिला गोल्डकपमा दुई पुलिसबीच उपाधि भिडन्त

blog

महिला गोल्डकपमा प्रतिस्पर्धा गर्दै पुलिस र विवाइसीका खेलाडी । तस्बिर सौजन्य :विवाइसी

काठमाडौँ, वैशाख ९ गते । प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबलको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेभएको छ । धनगढी रंगशालामा बिहीबार राति भएको खेलमा पुलिसले आयोजक वनदेवी युवा क्लब (विवाइसी) लाई ३–० गोलले हराउँदै फाइनलमा एपिएफसँगको भेट पक्का गरेको हो ।

एपएिफले यसअघि नै त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनलमा स्थान बनाएको थियो । पुलिसको जितमा निर्मला विकले दुई र रेखा पौडेलले एक गोल गर्नुभयो । पुलिसले सवै गोल दोस्रो हाफमा गरेको हो । दुई गोल गरेकी पुलिसकी निर्मला प्लेयर अफ दि म्याच हुनुभयो । फाइनल खेल शनिबार राति हुनेछ । 

विभागीय तीन सहित आठ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुीपयाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।