• १३ साउन २०८१, आइतबार

‘एक स्वरमा अगाडि बढ्छौँ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ९ गते ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तह निर्वाचनमा पार्टी एक स्वरमा अगाडि बढ्ने बताउनुभएको छ । एमाले केन्द्रीय सल्लाहकार परिषद्को बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय तहको निर्वाचनबाट समान कदमका साथ, एक ताल, एक सुर, एक लयमा अगाडि बढ्ने बताउनुभयो । उहाँले पार्टी एक सुर र एक तालमा हिँडेकाले मुलुकको प्रमुख शक्तिको हैसियत कायम राखेको दाबी गर्नुभयो । 

एमाले अध्यक्ष ओलीले देशमा एमालेको लहर सिर्जना भइसकेको भन्दै मुलुकका सबै क्षेत्रबाट एमालेको पक्षमा मतदान हुने बताउनुभयो । विगतका निर्वाचनमा तराईमा एमालेलाई प्रवेश निषेध गरिएको उल्लेख गर्दै उहाँले अहिले तराई मधेसमा एमालेको लहर आएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मधेस प्रदेशमा एमालेको बलियो गढ बनेको छ । मधेसबाटै एमालेले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउनेछ ।”