• १९ असार २०८१, बुधबार

सुख्खा पहिरोमा परेर बेपत्ता भएका पुरुष मृत फेला

blog

रेखीराम राना
पाल्पा, वैशाख ७ गते ।
पाल्पामा सुख्खा पहिरोमा परेर बेपत्ता भएका पुरुष मृत अवस्थामा फेला परेका छन् ।

पाल्पाको तिनाउ–१, कचलमा रहेको कचल फाँट सिंचाई आयोजनाको कुलो खन्ने क्रममा सुख्खा पहिरो जाँदा एक पुरुष बेपत्ता भएका थिए ।

मङ्गलबार बेलुका ५ बजेदेखि पहिरोमा पुरिएर बेपत्ता हुनुभएको ६१ वर्षीय डिलबहादुर हिस्कीको शव बुधबार बिहान फेला परेको हो ।

सुख्खा पहिरो हटाउने क्रममा हिस्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी दीपेन्द्र थापाले हिस्कीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको जानकारी दिनुभयो ।