• १३ साउन २०८१, आइतबार

मौरीपालनमा रमाउँदै युवा

blog

इन्द्रावती गाउँपालिका–ईश्वर खड्काको मौरीका घार। तस्बिरः गोप

चित्र मिजार

सिन्धुपाल्चोक, वैशाख ४ गते। पछिल्लो समय सिन्धुपाल्चोकका युवा कृषि व्यवसायमा सक्रिय हुन् थालेका छन्। यस्तै वैदेशिक रोजगारमा जान लागेका इन्द्रावती गाउँपालिका–१२ भीमटारका युवा व्यावसायिक मौरीपालनमा लागेका हुन्।

स्थानीय ईश्वर खड्का पूर्णरुपमा मौरी पालन व्यवसायमा लाग्नु भएको छ। उहाँको मात्रै ७५ घारमा मौरी पालन गर्नुभएको छ। उहाँले एक सिजनमै पाँच लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ। खड्का अहिले सिन्धुपाल्चोककै मौरी पालन व्यवसायकै प्रशिक्षकसमेत हुनुभएको छ। 

परम्परागत खेती छाडेर खड्का वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा हुनुहुन्थ्यो। तर, कोभिड सङ्क्रमणले वैदेशिक रोजगारीमा रोक लगाएपछि उहाँले गाउँमै मौरी पालन व्यवसाय सुरु गर्नुभएको थियो। विदेशमा गएर पसिना बगाउनु भन्दा आफ्नै गाउँमा बसेर काम गर्दा आम्दानी बढेको खड्काले बताउनु भयो। 

खड्काले मौरीपालन व्यवसायमा राम्रो आम्दानी हात पार्न थालेपछि अहिले सो स्थानका अरु युवासमेत मौरीपालनमा लागेका छन्।