• १२ साउन २०८१, शनिबार

वैरागी काइँला सम्मानित

blog

कवि वैरागी काइँला सम्मान गर्नुहुँदै काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा ।

ललितपुर, वैशाख ४ गते। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली साहित्यका विशिष्ट साधक एवम् लिम्बू संस्कृतिका ज्ञाता वैरागी काइँलालाई सम्मान गर्नुभएको छ। 

नेपाली लेखक सङ्घको सातौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई बधाई र शुभकामना दिन नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आयोजना गर्नुभएको कार्यक्रममा सङ्घका सल्लाहकार एवम् वरिष्ठ कवि बैरागी काइँलालाई सम्मान गरिएको हो।

कार्यक्रममा वरिष्ठ कवि काइँला, महामन्त्री शर्मा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा लेखक सङ्घका सल्लाहकार डा. विष्णुविभु घिमिरे र नवनिर्वाचित अध्यक्ष तीर्थ श्रेष्ठले शुभकामना व्यक्त गर्नुभएको छ।

समारोहमा नवनिर्वाचित अध्यक्ष एवम् कवि तीर्थ श्रेष्ठसहित कवि विष्णुविभु घिमिरे, श्रवण मुकारुङ, शैलेन्दु नेपाल, रामेश्वर राउत, श्रीबाबु कार्की, अमृता स्मृति, इन्द्र लम्साल, गणेश भट्टले कविता वाचन गर्नु भएकको थियो। सङ्घका महासचिव सोझो गाउँलेले कार्यक्रमबारे प्रकाश पार्नुभएको समारोहमा करिब पाँच विशिष्ट विद्वान् लेखकको उपस्थिति थियो।