काठमाडौं, वैशाख ४ गते । 'मिष्टर नेपाल वर्ल्ड-२०२२' को उपाधि मोरङका नूतन श्रेष्ठले जित्नुभएको छ । शनिबार सम्पन्न मिस्टर नेपालको ग्राण्ड फिनालेमा २६ वर्षीय श्रेष्ठले उपाधि जित्नुभएको हो ।
श्रेष्ठले उपाधिसहित नगद पाँच लाख रुपियाँ पाउनुका साथै 'मिष्टर वर्ल्ड-२०२२' मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि प्राप्त गर्नुभएको छ ।
यस्तै, प्रतियोगितामा झापाका २३ वर्षीया अभिषेक चुँडाल फस्ट रनर्स अप, काठमाडौंका २९ वर्षीय एलिस गिरी सेकेन्ड रनर्स अप, कैलालीका २१ वर्षीय समीप शाही थर्ड रनर्स अप र मोरङका २७ वर्षीय विशाल कट्वाल फोर्थ रनर्स अप हुनुभएको छ । उहाँहरुले क्रमशः रु. पचास, तीस, बीस र पन्ध्र हजार नगद पुरस्कारका रुपमा प्राप्त गर्नुभएको हो ।
ह्यात रिजेन्सी होटलमा आयोजित प्रतियोगितामा पूर्व मिष्टर नेपालद्वय डा.आयुष्मान घिमिरे तथा सन्दीप पोखरेल, पूर्व मिस नेपाल ईशानी श्रेष्ठ, अभिनेत्री ऋचा शर्मा, सञ्चारकर्मी एवं अभिनेता सुरज सिंह ठकुरी तथा फोटोग्राफर राजभाइ सुवाल निर्णायकको रुपमा रहनुभएकाे थियाे ।
Gorkhapatra...