• १२ साउन २०८१, शनिबार

'प्रेमगन्ज'को टिजर सार्वजनिक

blog

काठमाडौं, वैशाख ४ गते । नेपाली फिल्म 'प्रेमगन्ज'काे टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले राजधानीमा सम्पन्न 'विन्ध्यवासिनी म्युजिक अवार्ड'मा फिल्मको टिजर सार्वजनिक गरेको हो ।

टिजरमा सुरक्षा पन्त, बेनिशा हमालसँगै नव प्रवेशी तेज गिरी र बाल कलाकार राइडर प्रशान्त र सिमरन खड्काको पनि प्रभावशाली उपस्थिति देख्न सकिन्छ । 

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मलाई परिच्छेद सेनले नै लेख्नुभएको हो । निर्माण टिमले फिल्मको टिजर 'कपिराइट फ्रि' रहने जनाएको छ । यस्तै, निर्माण टिमले युट्युब, फेसबुक तथा टिकटकमा टिजर राखेर धेरै दर्शकलाई देखाउनेलाई २५ हजार, १४ हजार र १० हजार पुरस्कारको पनि व्यवस्था गरेको छ । यो अफर साउन २५ गतेसम्म चल्नेछ ।

श्रेष्ठका अनुसार टिजर सामाजिक सञ्जालमा सेयर गर्दा ह्यासट्याग प्रेमगन्ज भदौ ३, प्रेमगन्ज हेर्ने दिन भनेर फिल्मको अफिसियल पेजमा मेन्सन गर्दै सेयर गर्नुपर्नेछ । भिडियो बुढासुब्बा युट्युब च्यानलबाट डाउनलोड गरेर अपलोड गर्न सकिने पनि निर्माण टिमले जनाएको छ ।

फिल्ममा बेनिशा हमाल, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली र गीता अधिकारीलगायत अन्य कलाकारको अभिनय छ । 

फिल्म भदौ ३ गतेदेखि प्रदर्शनमा आउने भएकाे छ ।