शैलेन्द्र राेकाया
बझाङ, वैशाख ४ गते । बित्थडचिर गाउँपालिका–४ देउलेकमा आइतबार बिहान पौने १ बजे सुपप्र ०१००१ च ००९५ नम्बरको जिप दुर्घटना हुदाँ सुर्मा गाउँपालिका २ का २७ वर्षीय विनोद बोहराको घटनास्थलमै मृत्यु भएको छ । मृतक बोहरा नेपाली काँग्रेसका सभापति खड्कबहादुर बोहराका जेठा छोरा हुनुहुन्छ।
प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर बिष्टका अनुसार नेपाली काँग्रेसका सभापति खड्कबहादुर बोहरा पनि दुर्घटनामा पर्नुभएकाे छ।
त्यस्तै, दुर्घटनामा घाइते भएका एक जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । सभापति बोहराकी बुहारी कञ्जु बोहराको अवस्था गम्भीर रहेकाले धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य सात जनाको अवस्था सामान्य छ ।
चैनपुरबाट धनगढी हिँडेको जिपमा नौ जना सवार थिए । उनीहरूमध्ये अधिकांश बोहराका आफन्त छन्।