• २२ वैशाख २०८१, शनिबार

वीर गणेशमान सिंह क्रिकेट वैशाख पहिलो साता

blog

काठमाडौँ, चैत २७ गते । वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा वैशाख ४ देखि १६ गतेसम्म वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । 

नागार्जुन नगरपालिका र नागार्जुन खेलकुद विकास समितिको सहयोगमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशको सहभागिता रहने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका प्रभासमान सिंहले जानकारी दिनुभयो । राउन्ड रोबिन लिगमा खेलाइने प्रतियोगिताका खेलहरू माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले प्रतियोगिताले घरेलु क्रिकेटको विकासमा थप सहयोग पुग्ने बताउनुभयो । उहाँले यस प्रतियोगितालाई क्यानको क्यालेन्डरमा समावेश गरिएको पनि बताउनुभयो ।