निशा राई
धरान, फागुन १९ गते । ‘एनवाइइएफ एमेच्योर गल्फ प्रतियोगिता–२०२६’ को उपाधि आकाश दुलालले जित्नुभएको छ ।
धरान उपमहानगरपालिकाको गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा ३९ स्कोर गर्दै दुलालले प्रतियोगिताको नेटतर्फ उपाधि जित्नुभएको हो।
त्यस्तै, ३६ स्कोर गर्दै प्रमोद राई दोस्रो र ३६ स्कोर नै गर्नुभएका दीपक पोखरेल काउन्ट-ब्याकको आधारमा तेस्रो हुनुभयो । ग्रसतर्फ ६९ स्कोर गर्दै सुन्दर राईले प्रथम स्थान प्राप्त गर्नुभयो ।
प्रतियोगितामा महिलातर्फ ३६ स्कोर गर्दै आस्था दुलाल र सिनियरतर्फ ३३ स्कोरसहित बोमप्रसाद लिम्बू पहिलो हुनुभयो । लङ्गेस्ट ड्राइभको पुरस्कार विवेक राई, क्लोजेस्ट टु दि पिनको उपाधि नितेश गुप्ता र मोस्ट बर्डिजको पुरस्कार पदमहाङ्ग लिम्बूले जित्नुभयो ।
नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) सुनसरी च्याप्टरको आयोजनामा धरान गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा एक सय ५० खेलाडीको सहभागिता रहेको थियो ।