• १९ फागुन २०८२, मङ्गलबार

दमकमा आचारसंहिता पालनामा कडाइ, १० जना पक्राउ

blog

प्रहरीले सिटी सफारीमा राजनीतिक दल तथा उम्मेदवारको प्रचारका लागि टाँस गरिएका स्टिकर र पमप्लेट हटाउन लगाउँदै ।

बिष्णुप्रसाद पोखरेल

दमक, फागुन १९ गते । झापाको क्षेत्र नं. ५ अन्र्तगत झापाको दमकमा निर्वाचन आचारसंहिता उल्लंघनका घटना रोक्नका लागि प्रहरीले शर्तकता अपनाएको छ । निर्वाचनलाई दखल पुर्याउन खोज्ने र आचारसंहिता पालना गराउने क्रममा इलाका प्रहरी कार्यालय दमकले १० जना पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार आचारसंहिता पालना गराउनका लागि निर्वाचन आयोगको निर्देशन अनुसार काम भइरहेको छ । प्रहरीले सवारी साधनमा राखिएका झण्डा, स्टिकर तथा चुनाव चिन्ह अंकित सामग्री हटाइरहेको छ ।

दमकको मुख्य चोक, बजार लगायत विभिन्न स्थानमा सुरक्षाकर्मीहरूले सवारी साधनहरुको चेकजाँच कडाइका साथ सञ्चालन गर्दै आचारसंहिताविपरीतका गतिविधि रोक्न थालिएको हो । स्टिकर, झण्डा, पोस्टर तथा पम्प्लेट सवारी साधनबाट हटाउन लगाईएको लम्सालले जानकारी दिनुभयो ।

लम्सालका अनुसार निर्वाचन आचारसंहिता उल्लंघन गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, शंकाश्पद रुपमा हिँडडुल गर्ने १० जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिएको छ।