• १९ असार २०८१, बुधबार

थप १४ जनामा सङ्क्रमण पुष्टि, ५५ सङ्क्रमण मुक्त

blog

काठमाडौं, वैशाख २ गते । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ३० जनामा एन्टीजेन परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी, ८७३ जनाको एन्टीजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । कुल ३९ सय तीन परीक्षण गर्दा १४ जना सङ्क्रमण पुष्टि भएको हो ।

२४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्यमा झरेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ५५ जना कोरोना मुक्त भएका छन् भने हाल देशभर ४३८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ७८ सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।