शालीन विद्रोहबाट राष्ट्रपति बनेकी फरैना
भुइँमान्छेको बाल्यकालदेखि राष्ट्रपतिको भूमिका निर्वाह गर्दासम्मको परिधिभित्र आफ्नो क्षमताले पूर्णाकार प्राप्त गरेको फरैना उपन्यासले कुनै बौद्धिक भूमिका लेखन समावेश नगरी शुद्धरूपमा सत्ताइस खण्डमा विभाजित लेखनलाई दुई सय अट्ठाइस पानामा समापन गरिएको छ । उपन्यासलाई कुनै बौद्धिक भूमिकाको प्रभावमा नपारेर अध्ययन र विश्लेषण गर्न पाठक वर्गप्रति स्वतन्त्रता प्रदान गरिएको छ । यो लेखकको आत्मविश्वास हो ।