बेड नम्बर पाँच (निबन्ध)

‘बेड नम्बर पाँचको को हुनुहुन्छ ?’ अचानक यो आवाज सुनेर हामी त्यहा“ कुरुवा बसिरहेका तीन जना झसङ्ग भएका थियौँ । हाम्रा वरिपरि कुनै बेन्च थिएन, भएका बेन्चहरूमा पनि अरू बिरामीका कुरुवाले पहिले नै कब्जा जमाइसकेका थिए । पर्याप्त ठाउँ पनि त थिएन । त्यसैले गर्दा हामी कुर्सीमा टेक लगाएर उ“घिरहेका थियौँ । शनिबार रातिको ११ बज्नलाग्दो प्रहर थियो । अचानक बिहानैदेखि सुरु भएको आकासेझरी कहिले दर्किने र कहिले झर्किने गरे पनि थामिन मानिरहेको थिएन । यस्तैमा वीर अस्पतालको नया“ आईसीयू कक्षको प्रवेशद्वार खुलेको थियो र वातावरणमा नारी स्वर गुन्जेर हामीलाई झसङ्ग पारेको थियो ।