बघेनी (कथा)
निद्राबाट आँखा खुल्नासाथ कथावस्तु खोज्ने क्रममा मैतीदेवीका वरिपरि घुमेँ । सबै बासी पात्र भेटिए । केको कथा लेख्नु ? मभित्र निराशा चल्मलाउँदै थियो । यसै अन्यमनस्क भाव बोकेर सेतो पुल मुन्तिर पुगेको थिएँ । ‘म छु, यहाँ म छु ।’ आवाजसँगसँगै फोहोरको डङ्गुर मास्तिर केही चल्मलाएको पनि देखियो ।