‘आँसु त्यसै त्यसै छचल्किन्छ’भित्रका दौलत
वि.सं. २००५ मा शारदा पत्रिकामा ‘ऊ गयो’ नामक कथा प्रकाशित गराएर कथायात्रा आरम्भ गरेका दौलतविक्रम विष्टले कथा र उपन्यास लेखनमा नयाँ मोड ल्याएबापत वि.सं. २०३२ मा महेन्द्र प्रज्ञा पुरस्कार प्राप्त गर्दछन् । उनको छैटौँ कथा सङ्ग्रह आँसु त्यसै त्यसै छचल्किन्छ (२०४८) ले पनि साझा पुरस्कार प्राप्त गरेको देखिन्छ । यस पुरस्कृत सङ्ग्रहमा विभिन्न पत्रिकामा पहिले नै प्रकाशित १४ वटा र यसै सङ्ग्रहमा रहेका दुईवटा गरी १६ वटा कथा सङ्कलित छन् । तीमध्ये २००६ मा लेखिएको र स्वास्नीमान्छे पत्रिकामा २०१५ प्रकाशित पिपासा कथा एउटा हो । यसमा जुद्धशमशेरले साधु हुने निर्णय गरी प्राइमिनिस्टरको जिम्मेवारी पद्मशमशेरलाई सुम्पी घरका कैयौँ धाई, सुसारे, तालिमे नानीलाई बक्सिस दिएर बिदा गरिएमध्येकी एक तालिमे नानीको कथा