• ८ मंसिर २०८१, शनिबार

पन्ध्र किलो चामल [कथा]

blog

‘यो पनि लैजा ।’ मेरी आमाले करिब पन्ध्र किलो जतिको सानो चामलको थैलो मेरो लगेजको साथमा राखेकी थिइन् ।

‘आमा पनि क्या... । त्यहाँ म भोकै मर्छु भन्ठानेको ?’ उमेर नै त्यस्तो । मैले आमाको मायालाई उपेक्षा गर्न खोजेको थिएँ । अर्को कारण के थियो भने हवाई सेवा निगमले प्लेनमा पच्चीस किलोभन्दा बढी सामान लिन दिँदैनथ्यो । मेरो कपडासपडाको ब्यागले बढी तौल भइसकेको थियो ।

‘लैजा न लैजा । त्यहाँ पुगेपछि गाँस टिप्दा आमाको मुहार सम्झेलास् ।’ आमालाई छोरो अनकन्टार ठाउँमा जाँदैछ भन्ने लागेको हुनसक्थ्यो, निधारमा रातो टीका, घाँटीमा दुबोको माला पहि-याउँदै ममत्व छचल्काएकी थिइन् ।

‘जे भन्नुहुन्छ ।’ मैले आमालाई गोडामा ढोक्दै लगेज उठाएर ट्याक्सीभित्र पसेको थिए“ ।


मलाई राष्ट्रिय स्वयं सेवकका रूपमा हुम्लाको सदरमुकाम सिमकोट खटाइएको थियो । त्यस बेलाको नियमअनुसार त्यहा“को स्कुलमा मैले शिक्षकका रूपमा एक वर्षसम्म अध्यापन गरेपछि मात्रै त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री पाउन सफल हुन्थे“ ।

अहिलेसम्म त राजधानी र हुम्लाको दूरी मेटिएको छैन भने त्यस जमानाको कुरा कल्पनाभन्दा धेरै टाढाको कुरा थियो । यसको अर्थ, कुनै पहाडको चुचुरोमाथि पुग्न सहज हुन्थ्यो होला, हुम्ला पुग्न भने असम्भव त नभनौ“, कठिन भने अवश्य थियो । अत्यन्त दुरुह थियो । राजधानीबाट नेपालगञ्जसम्म प्लेन, त्यसपछि फेरि जुम्ला सदरमुकामसम्म अर्को प्लेन । जुम्लाबाट पुनः सिमकोटसम्मको चार दिनसम्मको एघार नम्बर यात्रा गरिसकेपछि बल्ल गन्तव्यमा पाइलो टेकिन्थ्यो । 

झन् मभन्दा अगाडि हुम्ला पुग्ने साथीहरूले हुम्लाका बारेमा बयान गर्दा अफ्रिकाको कुनै अनकन्टार देश बनाइदिएका थिए, जहा“ जङ्गली आदिवासी मात्र बसोबास गर्थे । त्यहा“ वनको नियम मात्र चल्थ्यो ।

‘लाटो भइन्छ, लाटो । भाषा ठ्याम्मै बुझि“दैन ।’

‘रहनसहन त झन् मिल्दैमिल्दैन ।’

‘मकैको आटोढि“डो, कोदोफापरको रोटी खाएर दारा सिंजस्तो पहलवान् हुने भइस् ।’

‘जति हसुर्न सक्छस्, घरमै हसुर । एक वर्षसम्म भातको सितोसमेत देखिने छैन ।’

‘गाईभै“सीको गोठको मल सोहर्न सजिलो होला, सि“गाने केटाकेटीलाई पढाउन मुस्किल ।’

साथीहरूले मलाई त्यहा“को एउटा पनि सकारात्मक पक्ष सुनाएका थिएनन् । एक मनले त यात्रा स्थगित गरी राजधानीमा सुविस्तासाथ बस्न सुझाएको पनि थियो । 

‘त्यो पनि नेपालकै एउटा भाग हो । यहा“जस्तो सुविधा, सम्पन्न राजधानीबासीले हुम्लाजस्तो अनकन्टार जिल्लामा पाइलो टेकी नजिकबाट हेर्ने, चिन्ने, साक्षात्कार हुने, भाषासंस्कृति बुझ्ने मौका पाउनु अहोभाग्य हो । यो मौका नछोड, कुनै हालतमा नछोड ।’ तुरुन्तै अर्को मनले मलाई सम्हालिहालेको थियो ।

मैले दोस्रो मनको सल्लाह अमल गरी कुम्लोकुटिरो बोकी एयरपोर्टतर्फ सोझिएको थिए“ ।


म हुम्ला पुग्नुअगावै राजधानीबाट मास्टर आउने खबरले सदरमुकाम तातिइसकेको थियो । स्कुले केटाकेटी त अग्रपङ्क्तिमा फूलमालासहित लाइनमा उभिने नै भए । सम्पूर्ण सदरमुकामबासी पनि उत्साहित भएर मेरो स्वागतार्थ उपस्थित थिए । सबैको हातमा माला थियो । मालाको साथमा हात–हातमा सगुन थियो । उनीहरूले मलाई भव्य, आत्मीय स्वागत गरेका थिए र नरसिंहा, दमाहा, मादल, झ्याली बजाउ“दै मालाअबिरले लादी म बस्ने व्यवस्था गरिएको घरमा पु¥याएका थिए ।

म पुगेको समयमा घरमा ‘पेइङ गेस्ट’ राख्ने चलन चलिसकेको थिएन भन्दा पनि पेइङ गेस्ट भन्ने जानकारी नै थिएन । यसको कारण के थियो भने एक त सरकारी कर्मचारीबाहेक लामो समयसम्म बस्ने गरी परदेशी त्यहा“ विरलै पुग्थे । सरकारी कर्मचारी आफ्नै कार्यालयमा बसिहाल्थे । दोस्रो, एकआध पटक कोही पुगिहालेछ भने पनि जुनसुकै जातजातिको भए तापनि बाहिरबाट जाने मान्छेलाई अछूत, पानी नचल्ने जातमा गनिन्थ्यो । कुल देउता रिसाई अनिष्ट हुन्छ भन्ने मान्यता भएकाले चुलो त धेरै टाढाको कुरा भयो,  घरको स“घारभित्र पनि छिराउन बन्देज थियो । 

तर यो विषयमा म मास्टरी गर्न गएकाले भाग्यमानी ठहरिए“ ।

‘हाम्रै केटाकेटीलाई दुई–चार अक्षर सिकाउन त्यति टाढाबाट आएका हुन् । खाना आफै“    पकाउ“छन् । एउटा कोठामा चोच्किन्छन् । परेको म बेहोरु“ला ।’ म आ“गनमा पुग्दासम्म घरबेटी अन्कनाउ“दै थिए । स्थानीय हेड मास्टरले छाती ठोकेर सम्पूर्ण जिम्मेवारी थाप्लोमाथि लिएपछि मात्र मलाई उनले गृहप्रवेश गर्न अनुमति दिएका थिए ।

‘यो केटा तपाईंको सहयोगी ।’ सबै जना आ–आफ्नो घरतर्फ लागेपछि हेडमास्टरले बाह्र वर्ष जतिको एउटा केटोलाई मेरो अगाडि उभ्याएका थिए । 

‘देखिहाल्नुभयो । ठाउ“ यही हो । हामी सबै अभावमा बा“चेका छौ“ । तथापि बलजफ्ती हा“स्दै जिन्दगी धकेल्ने प्रयत्न गर्छौं । हा“स्दा थप केही दिन बा“चिन्छ क्या... ।’ उनीले थोरै शब्दमा दार्शनिक पाराले हुम्लीको तीतो यथार्थ बयान गरेका थिए । यसो भन्दै गर्दा उनको चेहरामा भयानक निराशा, कुण्ठाको छाया देखिएको थियो ।

‘त्यस्तो केही मान्नुपर्दैन । म पनि यही देशको नागरिक हु“ । थोरबहुत जानकारी छ ।’ मैले वातावरण हल्का बनाउने असफल प्रयत्न गरेको थिए“ ।

‘पुग नपुग केही भए केटालाई पठाउनुहोला । सकेको सहयोग गरू“ला ।’ उनी मेरो पिठ थपथपाउ“दै उकालो लागेका थिए ।


मेरो सहयोगी भनिएको केटाको हाल बेहाल थियो । उसका हातखुट्टा पटपटी फुटी ठाउ“ठाउ“मा रगतका टाटा देखिन्थे । शरीरको छाला फुस्रो न फुस्रो थियो । उसले त्यस्तो ठण्डी स्थानमा पनि बुसर्ट र हाफ कट्टु मात्र लगाएको थियो । बुसर्टका बाहुलाभरि सि“गान कटकटिएको थियो । उसका आ“खा स्थिर थिए भने चेहरा भावविहीन । मैले उसलाई सामान भित्र लैजान अह्राएको थिए“ । ऊ एकछिन अन्कनाएको थियो । कारण मलाई थाहा भएन ।

‘तिम्रो नाम के ?’ मैले सम्बन्ध बिस्तार गर्न चाहेको थिए“ ।

‘गगने ।’ उसले सङ्क्षिप्त जवाफ दिएको थियो ।

‘गगने होइन कि गगन । गगन भनेको आकाश ।’ मैले उसको नामको अर्थ बताएको थिए“ ।

‘........।’ उसले केही नबोली पहिलो पल्ट हल्का ओठ फट्याएको थियो ।

‘स्कुलमा पढ्न जान्छौ ?’ मैलै कुराकानी लम्ब्याएको थिए“ ।

‘स्कुल भनेको के हो ? सा’प !’ उसले अचम्मको प्रश्न सोधेको थियो मानौ“ कि मैले ज्यामितीको कुनै कठिन सूत्र सोधेको थिए“ ।

‘स्कुल भनेको पढ्ने ठाउ“ । लेख्ने ठाउ“ । पढेर ठूलो मान्छे बनाउने ठाउ“ । म एक्लो मान्छे । कति पो काम हुन्छ र ! तिमी पनि मस“गै स्कुल जाने ।’ मैले विद्यालयको सामान्य परिभाषा दि“दै शिक्षा दान गर्ने मन बनाइहालेको थिए“ ।

‘पढेर क्या गर्नु, सा’प ? हाम्रा दिन माटो खेलाउ“दै, भारी बोक्दैमा जाने हुन् ।’ उसले उमेरभन्दा कैयौ“ गुणा ज्यादा, अनुभवले खारिएको अभिव्यक्ति पस्केको थियो । म उसको जवाफले अक्क न बक्क भएको थिए“ ।

‘खाना पकाउन आउ“छ ?’ मैले विषयान्तर गरेको थिए“ ।

‘आमाले आटोढि“डो, रोटी पकाउन लागेको देखेको छु । सिकाए पकाइहालु“ला । अरू त जान्दो  नाइ“ ।’ उसको बोलीमा कुनै छलछाम थिएन ।

‘कहिल्यै भात खाएका छौ ?’ मैले कुनाको चामलको बोरा देखाएको थिए“ । म किन भातप्रति उत्सुक भएको थिए“, मलाई नै थाहा भएन ।

‘नाइ“ सा‘प । कहा“ हामीजस्ताको पुर्पुरोमा भात ? मुखियाको घरमा अर्वपर्वमा खाद्यको चामल पाक्छ भनी सुनेको छु । त्यसको गन्ध पनि सु“घेको छैन ।’ उसको भनाइ नपत्याउने कुनै आधार थिएन ।

‘ल, आज जाऊ । भोलि बिहान आउनू ।’ मैले उसलाई बिदा गरेको थिए“ ।


स्टोभ साथमा थियो । मैले काठमाडौ“बाटै लिएर गएको चाउचाउ भुलुक्क उमालेर खाएको   थिए“ । बिजुली नभएकाले सम्सा“झै सदरमुकाम गहिरो अ“ध्यारोमा डुबेको थियो । मान्छेको आवाज त के कुकुर भुकेको पनि सुनि“दैनथ्यो । चारैतिर काला पहाड दन्त्यकथाको भूतजस्तो दाह्रा फट्याएर ठिङ्ग उभिएजस्तो प्रतीत हुन्थ्यो । नजिकै खोला सुसाएको कर्णप्रिय आवाज भने मेरो कानभित्र ठोक्किइरहेको थियो । ‘खोलाजस्तै जीवन अनवरत बगिरहन्छ । कहिल्यै रोकिँदैन ।’ म एक छिनका लागि ग्रिक दार्शनिक सोक्रटिस भएको थिए“ ।

 म चार दिनको हि“डाइको थकानले लखतरान थिए“ । कुनामा राडी बिच्छ्याइएको थियो । पल्टेर कम्बल ओढेको थिए“ । नौलो ठाउ“ भएकाले होला, थकाइले चुर भएँ पनि केही बेरसम्म मलाई निद्राले पटक्कै छोपेको थिएन । पटक–पटक सदरमुकामबासीको आत्मीयता, हेड मास्टरले हुम्लाबासीको बारेमा बोलेको कटु यथार्थ, त्योभन्दा बढी  गगनेको चेहरा, पहिरन, निश्चलता, परिपक्व जवाफले मेरो दिमागभित्र हथौडा मारिरहेको थियो । कुन बेला निद्रा देवीको काखमा पल्टिन पुगिछु, होशै भएको थिएन ।   

भोलिपल्ट घरबाहिर मान्छेको कल्याङमल्याङले मेरो निद्रा खुलेको थियो । म आ“खा मिच्दै बाहिर निक्लेको थिए“ ।

‘तपाईंको चामल हराएको हो ?’ भीडको धारिलो प्रश्न थियो । आ“गनमा प्रशस्त मान्छे जम्मा भएका थिए । उनीहरूको चेहरामा उत्सुकता, जिज्ञासा कु“दिएको थियो ।

‘मलाई जानकारी छैन । किन ?’ मेरो सामान हराएको वास्तवमा मलाई नै जानकारी थिएन ।

‘हो... पक्का हो । हिजो मार्सापको कोठाको कुनामा चामलको बोरा देखेको थिए“ । बिहान गायब थियो ।’ घरबेटी देखी जान्ने साक्षी निक्लेका थिए ।

‘त्यसो भए होला ।’ मैले हल्का पाराले जवाफ दिएको थिए“ । मलाई तिलको पहाड बनाउने मन भएन ।

‘चोर जसरी पनि पत्ता लगाउनुपर्छ ।’ पहिलोले घा“टीको नसो फुलाएको थियो ।

‘पुलिस प्रसाशन गुहार्न पनि पछि पर्नु हु“दैन ।’ दोस्रो अलि टाढा पुगेको थियो ।

‘चोरलाई त ...। जेलनेल ठोक्दा पनि कम हुन्छ ।’ तेस्रोले दाह्रा किटेको थियो ।

‘यो हाम्रो जिल्लाकै बेइज्जत हो । चोरलाई पानीमुनि गए पनि छाड्न हु“दैन ।’ भीडले उत्तेजित हु“दै निष्कर्ष निकालेको थियो ।

‘हीरामोती चोरी भएको छैन । जाबो चामलको बोरा हो । म पुलिस प्रशासन गुहारी लफडा गर्ने पक्षमा छैन ।’ मैले अनियन्त्रित भीडलाई शान्त बनाउने असफल प्रयत्न गरेको थिए“ ।

‘तपाईंका लागि जाबो चामलको बोरा हो । हाम्रा लागि इज्जत, प्रतिष्ठा, सम्मान हो ।’ भीड झन् उग्र भएको थियो ।

‘दिउ“सो ठन्डा दिमागले छलफल गरौ“ला ।’ म पन्छि“दै कोठाभित्र पसको थिए“ ।


‘तपाईंको चामलको बोरा हराएको भन्ने सूचना आएको छ । के यो सा“चो खबर हो ?’ म स्कुल जाने तरखर गरिरहेकै अवस्थामा मलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पु¥याइएको थियो । कोठामा प्रमुख जिल्ला अधिकारीको अतिरिक्त पुलिस इन्सपेक्टर, गुप्तचरको अधिकारी, जिल्लाका नेतागणसमेत उपस्थित थिए । जिल्लामा भयानक, बीभत्स घटना घटेजस्तो सबै मौन थिए । कोठा चुरोटको धुवा“ले रङमङ्गिएको थियो । उनीहरूको चेहरा गहिरो गम्भीरताको बाक्लो तुवा“लोले छोपिएको थियो ।

‘हो । तर यसलाई ठूलो ‘इस्यु’ नबनाउ“दा हुन्छ ।’ मैले आफ्नो धारणा राख्दै केस ढिसमिस गर्न चाहेको थिए“ ।

‘साधारण रे । यो जिल्लामा चामलको बोरा हराउनु भनेको राष्ट्रिय सम्पदा हराउनुजत्तिकै हो । यसैले चोर पत्ता लगाउन सम्पूर्ण सरकारी मेसिनरी प्रयोग गरिनुपर्छ ।’ टेबुलमाथिको पेपर वेट नचाउ“दै बिहानको भीडको जस्तै प्रमुख जिल्ला अधिकारीको स्वर गुञ्जिएको थियो ।

‘हस् साप । कर्णालीभित्र पसे पनि चोर खोजेर निकालिन्छ ।’ पुलिसको हाकिमले डन्डा काखीमुन्तिर च्यापी तनक्क तन्केर बुट बजारेको थियो ।

‘तपाईंहरूले सक्नुहुन्न भने सरकारमा बिन्ती चढाउ“छु । तालिम प्राप्त कुकुरसहितको विशेष फोर्स मगाउ“छु ।’ जिल्लाको माननीयले माथिसम्म पहु“च भएको देखाउन खोजेको थियो ।

‘बेहोरो खुलाई निवेदन लेख्नुस् । बात बा“की हामी गरिहाल्छौ“ । ढुक्क भए हुन्छ ।’ अधिकारीले रोब झार्दै खर्दारलाई सेतो कागज ल्याउन अह्राएको थियो ।

‘मोराहरूले एक–दुई हप्तालाई काम पाउने भए ।’ मैले दुई लाइन निवेदन लेखी छाडेर आएको थिए“ ।


‘गगने कहा“ बस्छ ?’ चार दिनसम्म पनि गगने नदेखिएपछि मैले घरबेटीस“ग सोधपुछ गरेको     थिए“ । चामल हराएको विषय मेरो दिमागबाटै हराइसकेको थियो ।

‘ऊ... त्या“ डा“डामा । यहा“का मान्ठ यस्तै हुन् । काम गरी खान भनेपछि भुतुक्कै छिरिजान्छन् । मास्टरस“ग सङ्गत गरेपछि दुई–चार अक्षर सिक्दो हो । दुई पैसो देख्दो हो ।’ आ“गनमा बूढा दाउरा चिर्दै थिए । पारिपट्टिको डा“डो देखाउ“दै उनले स्थानीय लवज मिलाएर गनगन गरेका थिए ।

‘त्यहा“ पुग्न कति समय लाग्ला ? खाना खाइवरि जा“दा फर्किन सकिएला कि नाइ“ ? मैले हत्केलाले सूर्य छेक्दै सोधपुछ गरेको थिए“ ।

‘हाम्रा स्वास्नीमान्छे घा“सदाउरा गर्न जाने ठाउ“ हो । छकालै गएर रोटी चपाउन फर्किहाल्छन् । तमी पनि सकिहालौला ।’ उनले छोटो जवाफ दिएका थिए । 

मलाई प्रकृतिस“गको सामीप्यता असाध्य मन पथ्र्यो । प्रकृतिस“ग साक्षात्कार गर्न पाउ“दा अलौकिक आनन्द भन्छन् त्यस्तै परमानन्द प्राप्त हुन्थ्यो । खोलाको छमछम, हावाको सरसर, रुखका पातको ढलपल, जनावरको उछलकुदले सधै“ मलाई मोहित बनाउ“थ्यो । 

‘एक पन्थ दुई काज । गगनेको हालखबर बुझ्नुको साथमा एकछिन प्रकृतिको काखमा लुटपुटिन पाइने भयो । भोलि माघे सङ्क्रान्तिको बिदा पनि छ । त्यतातिर लाग्छु ।’ अघिल्लो दिन मन बनाई भोलिपल्ट मध्यान्हतिर म एक्लै त्यतातिर लागिहालेको थिए“ ।

म बसेको ठाउ“बाट आधा घण्टा जति ओरालो हि“डेपछि खोला आएको थियो । कञ्चन पानी बग्दै गरेको खोलामाथि जीर्ण काठेपुल थियो । पुलपार गरेपछि पोथ्रापोथ्री भएको खिरिलो, नाक ठोक्किने उकालो आएको थियो । म सुसेल्दै अगाडि बढेको थिए“ । टाकुरोमा पुग्दा सूर्यनारायण विश्राम लिने सुरसार गर्दै थिए । मैले ढुङ्गामाथि टुक्रुक्क बसी पारिपट्टिको बा“दर लड्ने पाखो नियाल्न पुगेको थिए“ ।

पाखोमा दुईवटा गोरु नअट्ने गरा थिए । तल्लो गरोलाई भर्खरै खनखान गरेको थियो । माथिल्लो गरामाथि स्याउलाले बारेको एउटा गोठ थियो । त्यसमा स्याउलाकै छानो थियो । ‘गगनेकै हुनुपर्छ ।’ मेरो मन बोलेको थियो ।

‘यस्तो डरलाग्दो भीर । एक्लो गोठ । गगनेको परिवार कसरी बस्छ होला ?’ मभित्र कौतूहलको पानी भकभक उम्लेको थियो । म चालमारी गोठनजिक पुगेको थिए“ । गोठमा ढोकाजस्तो छेकबार गर्ने केही थिएन । त्यसैले मलाई भित्रको दृश्य स्पष्ट रूपमा नियाल्न सहज भएको थियो ।

गोठभित्र दस हात जतिको सा“घुरो जमिन थियो, जसमा  ेको श्रीसम्पत्ति, परिवार सबै अटाएको थियो । उत्तरपट्टि भर्खरै ब्याएको बाख्रो थियो । बाख्राको अगाडि हरियो घा“स तुर्लुङ्ग झुन्ड्याइएको थियो । दुईवटा पाठा आमाको दूध चुस्ने प्रयत्न गर्दै थिए । सुत्केरी आमा गगने परिवारजस्तै खुराक नपाएर दाम्रा परेको थियो । यसैले खुट्टाले हान्दै कल्चौ“डो बचाएर बच्चालाई दूध चुस्न नदिने ध्याउन्नमा थियो । बाख्रानजिकै एक जोर भालेपोथी कुखुरालाई डोकोले छोपेर राखिएको थियो । बीचबीचमा चुच्चोले जिउ चिलाउनलाई पखेटाभित्रबाट टाउको निकाल्ने भएकाले कुखुरा जिउ“दो भएको प्रमाणित हुन्थ्यो ।

पश्चिमपट्टिको कुनाको छेउमा चुलो थियो । चुलोमा मधुरो आगो बल्दै थियो । चुलोमाथि ओदान र ओदानमाथि सिल्भरको कसौ“डी बसालेको थियो ।

चुलोको छेउमा झुस्स दारी पालेको, कन्चट बसेको बूढो मान्छे घु“डामाथि च्यापु अड्याई टुक्रुक्क बसेको थियो । ऊ गगनेको बाबु हुनुपथ्र्यो । समान उमेरका तीनवटा छोरीहरू जगल्टा परेको कपाल चिलाउ“दै, नाकबाट बगेको सि“गान बाहुलाले पुछ्दै बडो उत्सुकतापूर्वक कसौ“डीमाथि आ“खा टङ्च्याएर बसेका थिए । बाबु र बहिनीहरूको बीचमा भित्तामा अडेस लगाई गगने बसेको थियो । ऊ भावविहीन थियो । यस्तो लाग्थ्यो, ऊ कुनै अर्कै संसारमा डुबुल्की मार्दै थियो । अन्जानमै पटक–पटक दाउरा भने ठोस्दै थियो । आमा का“चो दाउराबाट निक्लेको धुवा“को कारणले सि“गान र आ“सु धोतीको फेरले पुछ्दै कसौ“डीबाट निक्लेको वाफ सु“घ्दै थिइन् । बाफ सु“घ्दा उनका खोपिल्टा परेका आ“खामा अनौठो तेज प्रज्वलित हुन्थ्यो ।

‘परदेशीको पेटमा लात मारी राम्रो काम भएन कि क्या ?’ बूढाले कक्कडको लामो सर्को तान्दै सर्कोजत्तिकै लामो खोकी खोकेका थिए । उनको खोकीमा पश्चाताप मिसिएको थियो ।

‘क्यार्छौ त ? नल्याउनु थियो । ल्याइहाल्यो । फिर्ता गर्न गयो भने चोरीको बात लगाउलान् । हामीजस्तालाई त कानुन लाग्ने हो ।’ आमाको भनाइमा थोरै पश्चातापको साथमा धेरै डर मिसिएको थियो । ‘आफ्नो पेटमाथि लात पर्ने कसले भनिदेओस् ?’ थप्न खोजेकी हु“दिहुन् । नजानेर भनेकी थिइनन् ।


सुनसान र एकान्त पाखो, पाखोमा अवस्थित एक्लो गोठ, गोठभित्रको कारुणिक दृश्य, त्योभन्दा बढी मनै कटक्क काट्ने वार्ता आफ्नै कानले सुन्दा मेरो मुटु चसक्क चस्केको थियो । भक्कानो फुट्लाजस्तो भएको थियो । म फनक्क फर्केंर ओरालो लागेको थिए“ ।

‘मेरी आमाको नासो पन्ध्र किलो चामल अति उपयुक्त ठाउ“मा गएको छ । चोर खोज्ने कष्ट नउठाउनुहोला ।’ मैले भोलिपल्टै प्रशासन कार्यालयमा एउटा चिर्कटो छाडेको थिए“ । चिर्कटो छाडेर आउ“दा टाउको माथिको पचास किलोको बोझ हलुङ्गो भएझै“ लागको थियो । 

टीकाथली