• १४ पुस २०८१, आइतबार

पापी नजर (लघुकथा)

blog

सपनाले घाँसको भारी गोठमा बिसाइन् । हातमुख धोएर भान्सामा आइन् । भाँडा सबै जुठा थिए । भाडामा भात थिएन । भोकले आत्तिएकी सपनाले सासू आमालाई सोधिन्, ‘आमा मलाई भात छैन ?’

‘तेरो को नोकर छ यहाँ ? जा न तेरो बाउको घर, अब के कुरेर बसेकी यतिबेर ? कुन नाठो खोज्न गएकी थिइस् ?’ सासूआमाको जवाफ आयो ।

‘म कहाँ जानु भन्नु, हजुरले यसरी नभएको आरोप नलगाउनु बर्बरी झरेको आँखाको आँशु पुछिन् । भक्कानो छुटेको छ ।’ जुरुक्क उठेर बाहिर आएकी सासूआमालाई रोक्दै सपनाले भनिन् ।

मलाई बुहारी भनेर घरमा भित्र्याउँदा किन सोच्नु भएन । आज छोरा छैनन् भनेर मलाई अनेक आरोप लगाउन कसरी सक्नुहुन्छ ?

सपनाको जबाफ सुनेपछि सासूआमाले रिसाउँदै भनिन् ।

अब तेरो पोइ छैन माइत जा, दिदीका घरमा जा, जहाँ मन लाग्छ जा, मलाई केही नभन ।

मेरो गल्ती के छ ? सपनाले प्रश्न फ्याँकिन्

सासूआमा केही बोलिनन् । सोचिरहिन् ।

तेरो गल्ती भनेको त राम्री, तरुनी छेस्, विधवा बुहारीलाई म कसरी भनुँ । पापी नजर यहाँ घरभित्रै छन् ।