चिउरीफूल [कथा]

“त्यो कहालीलाग्दो भिर त काटिएछ नि !” चिउरीका रुखमुनि बसेर आसियाले सुनाइन् । छेउमै बसेका प्रशान्त भन्दै थिए, “त्यो भिर काट्न मात्रै ९ लाख लाग्यो, ज्यानमारा भिर त बिदा भयो अब ।” “गाउँ फेरिएछ, बिजुलीका पोलमा इन्टरनेटका तारहरू पनि तुन्द्रुङ्ग झुन्डिएको देख्न पाइयो, पहिला आफन्तलाई फोन गर्न भण्डारा र लोथर जाँदा त्यही भिरमा लडेर मरिएला भन्ने डर हुन्थ्यो ।” “त्यही त त्यो भिरमा लडेर मर्न बन्द भएर के गर्नु, कहिले