सर्वप्रथम जय नेपालको नारा लगाउने आदि गद्यकवि रिमाल
नेपाली साहित्यमा प्रगतिवादी अनि विद्रोहात्मक चेत भएका कवि मानिन्छन् गोपालप्रसाद रिमाल । वि.सं. १९७४ जेठ १८ गते काठमाडौँको लगनटोलमा जन्मिएका रिमालले एसएलसीमा बोर्ड फस्र्ट ल्याएका भए पनि आफ्नो औपचारिक अध्ययन भने आइएसम्मको मात्र गरे ।