• ९ मंसिर २०८१, आइतबार

साँच्चिकै (कविता)

blog

यदि साँच्चिकै

कुहिरो अनि बादल

कपास् भैदिएको भए !

हिउँदको कठ्याङ्ग्रिँदो चिसो रातमा 

मस्त ओढेर निदाउन हुन्थ्यो ।

 

यदि साँच्चिकै 

आकाशको बादल

सुतिको च्यादर अनि बर्को भैदिएको भए 

विकिरणबाट जोगाउन यो देहमा

दौरा सुलवार सिलाएर लगाउन हुन्थ्यो 

वर्षादमा छाता सम्झेर ओतिनु हुन्थ्यो ।

......


साँच्चिकै

पूर्णिमाको टहटह उज्यालो जून 

यो धर्तीमा खस्यो भने

मनभित्रको अन्धकार हट्ने थियो ।

सायद

मान्छेको अहङ्कार घट्ने थियो कि ?

.....

अपवाद

कल्पना गरौँ त ?

क्षितिजको उदाउँदै गरेको घाम

उकालो लाग्न छाडेर ओरालो लाग्यो भने

आकाशको परिधि साँगुरो भएर

क्षितिजमा अन्धकार छायो भने

विचार अनि दर्शन स्खलित भएर 

आस्थाका धरोहर ढल्यो भने

साँच्चिकै 

तपाईं भनिदिनुस् महोदय 

सपनाहरू कसरी उम्रन्छन् ?

अनि 

कसरी फव्रmन्छन र फूल्छन् ? 

    तनहुँ