कामीरिताको सगरमाथा सर्वाधिक आरोहण, ३१ औँ आरोहण पछि नयाँ कीर्तिमान
सन्तोष राउतसोलुखुम्बु, जेठ १३ गते । आराेही गाइड कामीरिता शेर्पाले यस अघि आफैले राखेको कीर्तिमान ताड्दै मङ्गलवार बिहान ४ बजे सगरमाथा आरोहण ३१ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ ।गएको वर्ष शेर्पाले २९ औँ र ३० औँ पटक आरोहण गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने विश्व कीर्तिमानी आरोही बन्नुभएको हो । उक्त आफ्नै रेकर्ड तोडेर शेर्पाले नयाँ रेकर्ड बनाउनु भएको छ । आरोही शेर्पा गाइडको भूमिकामा उहाँले सगरमाथा आरोहण गर्दै आउनु भएको छ । सोलुखुम्बुको सगरमाथा आधारशिविर नजिकैको गाउँ थामेमा जन्मिनु भएका शेर्पाको मुख्य पेशा पनि पर्वतारोहण नै हो ।सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१ औँ पटकको सफल आरोहण गर्नुभएको नेपाल पर्यटन विभागले जनाएको छ ।
पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनपार्क’ निर्माण
बागलुङ, जेठ १३ गते । बागलुङको बरेङ गाउँपालिका १ र २ को सिमानामा पर्ने पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनपार्क’ निर्माण गरिएको छ । बरेङ बजार नजिकै रहेको ठूल्डाँडा क्षेत्रमा गाउँपालिकाले रु ४० लाख लागतमा ‘फनपार्क’ निर्माण गरी सञ्चालनमा ल्याएको हो ।पार्क सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । तीन वर्ष अगाडि निर्माण सुरु गरिएको पार्क यसै वर्षदेखि सञ्चालनमा आएको गाउँपालिका कार्यालयले जनाएको छ ।एक दशक अगाडिसम्म झाँडीले ढाकिएको उक्त क्षेत्र अहिले रमणीय बनेको स्थानीय बताउँछन् । पार्क निर्माण भएपछि बरेङसहित बागलुङको गलकोट, जैमिनी, गुल्मी, स्याङ्जालगायत ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका स्थानीय चित्र थापाले बताउनुभयो । गर्मीयाम सुरु भएपछि पार्कमा रहेका रुखका छहारीमा बस्न आउनेको सङ्ख्या बढेको उहाँको भनाइ छ ।करिब दुई हेक्टर क्षेत्रफलमा बनेको पार्कमा बालबालिकाका लागि खेल्ने, वनभोजस्थल, भवन, फोटो खिच्नेस्थाललगायत पूर्वाधार बनेकाले आन्तरिक पर्यटकको आकर्षण बढेको थापाले उल्लेख गर्नुभयो ।बरेङका सबै वडासहित गुल्मी, स्याङ्या, माछापुच्छ्रेलगायत हिमालहरू अवलोकन गर्न सकिने भएकाले ठूल्डाँडा र पार्क पर्यटकका लागि आकर्षण केन्द्र बनेको उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, “पहिले हामीले यहाँ गाईभैँसी चराउने गथ्र्यौँ, अहिले सुन्दर पार्क बनेको छ । सामाजिक सञ्जालको प्रयोगले पार्कको प्रचारप्रसार भएपछि आन्तरिक पर्यटक आउने गरेका छन्, यहाँ फोटो, भिडियो खिच्न, वनभोज खान, हिमालको अवलोकन गर्न पर्यटक आउने गरेका छन् ।”बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले पदमार्ग र मोटरबाटोले ठूल्डाँडा जोडेपछि पर्यटकको आगमनमा वृद्धि आएको बताउनुभयो । ठूल्डाँडामा पार्कसहित खानेपानी, शौचालय, बालबालिकाका लागि खेल्ने स्थान, वनभोजस्थल, आरामका लागि भवन, फोटो खिच्न पूर्वाधार बनाइएको उहाँको भनाइ छ । पार्कमा खुला व्यायामशालासमेत निर्माण गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।“यो ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचारप्रार र पर्याप्त पूर्वाधार नहुँदा आझेलमा परेको थियो, यसलाई संरक्षण र प्रवर्द्धन गरी स्थानीयको आयआर्जनको स्रोत विकास गर्नुपर्छ भन्ने उद्देश्यल यहाँ पूर्वधार निर्माण गर्यौँ, पदमार्ग र मोटरबाटो दुवैले जोड्यौँ”, अध्यक्ष शमाले भन्नुभयो, “अहिले ‘फनपार्क’मा व्यायामशालासहित थुप्रै संरचना बनेका छन्, जसले गर्दा यहाँ दैनिक पर्यटक आउने गरेका छन् । वरपर रहेका रुखसहित पोखरी पनि संरक्षण गरेर राखेका छौँ ।”
चन्द्रकोटको पर्यटन प्रवर्धन अभियान
चन्द्रकोट गाउँपालिकाभित्रका विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रवर्धन गर्न नेपाल पर्यटन बोर्डसहित गाउँ पर्यटन प्रवर्धन मञ्च नेपालको टोली चन्द्रकोट गाउँपालिका–४ को टिमुरे सामुदायिक होमस्टेमा पुगेको छ ।
‘विमानस्थल नचल्दा र समयमै सडक नबन्दा पर्यटन क्षेत्र मारमा’
होटेल क्षेत्रमा अर्बौँ लगानी भए पनि बनेका विमानस्थल नचल्दा र सडकहरू समयमै नबन्दा होटेल क्षेत्र ठुलो मारमा परेको छ । होटेल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक साहले अन्तर्राष्ट्रिय चेनहरू ल्याएर अर्बौँ लगानी भएका होटेलहरु खोले पनि राम्रो प्रतिफल पाउन नसकिएको बताउनु भयो ।
हिमालको सुन्दर दृश्य देखिने 'मोहरे डाँडा'
वरिपरि हिमालहरुको सुन्दर दृश्य । हरियाली वनपाखा, रमणीय हिमश्रृङ्लाको दृश्य अवलोकन गर्न सकिने उत्कृष्ट पर्यटकीय गन्तव्य हो मोहरे डाँडा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चे गाउँको शिरमा पर्ने मोहरे डाँडा ३ हजार तीनसय १० मिटरको उचाइमा पर्दछ ।
पनौती पर्खंदै पर्यटक
महाभारत पर्वत शृङ्खलाको फेदीमा फैलिएको छ, पनौती । नाला, बनेपा हुँदै बग्ने पुण्यमती र फुलचोकी डाँडातर्फबाट आएको रोशीखोलाको सङ्गममा रहेको पनौती इतिहास, पुरातत्व, सम्पदा, संस्कृति र प्रकृतिले धनी छ । काठमाडौँबाट करिब ३० किलोमिटरको दुरीमा रहेको पनौती पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य हो ।
नेपाललाई पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्ने मन्त्री पाण्डेको उद्घोष
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यसहित बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बीआईटीएम) २०२५ को उद्घाटन गर्नुभएको छ ।
काठमाडौंसँगै जोडिएको तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’
हेटौँडा, जेठ ९ गते । तपाईँलाई अचम्म लाग्न सक्छ, सङ्घीय राजधानी काठमाडौँबाट मात्र एक घण्टाको मात्र दूरीमा रहेको रमणीय ‘कुञ्छाल’ गाउँमा तीन सय वर्ष पुराना घरमा बास बस्नमात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ । मकवानपुर जिल्ला थाहा नगरपालिकाभित्रका पुरानो गाउँ भए पनि झट्ट हेर्दा युरोपका स्वीटजरल्याण्ड र इटलीतिर देखिने गाउँभन्दा कम देखिँदैनन् । हरियालीबीच यहाँको वस्ती अत्यन्तै सुन्दर छ । बुट्टेदार झ्याल र रातो टायलका छानो भएका पुराना घर टाढाबाट राताम्मे भएकाले यस गाउँलाई टाढैबाट देख्न सकिन्छ ।नेपालकोे ऐतिहासिक, प्राचीन तथा सांस्कृतिक महत्त्व बोकेको यो बस्तीमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएको छभने यतिबेला गाउँलेहरू पर्यटकको पर्खाइमा बसिरहेका छन् । थाहा नगरपालिकाका अनुसार ऐतिहासिक गोपालीहरूको बसोबास रहेकोे कुञ्छाल गाउँसहित नेपालका तीन उत्कृष्ट पर्यटकीय गन्तव्य घोषणा भइसकेको छ । नगरपालिकाको तथ्याङ्कानुसार ३८औँ विश्व पर्यटन दिवसका अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले पर्यटकीय गाउँ घोषणा गरेको हो । भिटोफले हरेक वर्ष तीन गाउँलाई पर्यटकीय गाउँका रूपमा घोषणा गर्ने र प्रवर्द्धनदेखि प्याकेज बनाउनेसम्मका काम गर्दै आएको बताइएको छ ।‘कुञ्छाल’ गाउँलाई त्यहाँ उपलब्ध शिलालेख र ताम्रपत्रहरूका आधारमा तीन सय वर्ष पुरानो मानिए पनि स्थानीयहरूका अनुसार सय होइन होइन, हजार वर्षको प्राचीन इतिहास बोकेको नेपालको एक ऐतिहासिक, प्राचीन गाउँ मान्न सकिने बताउँछन् । यस गाउँलाई आजसम्म प्राकृतिक प्रकोपले पनि कहिल्यै क्षति नपुर्याएको स्थानीय बताउँछन् ।नेपालको पहिलो त्रिभुवन राजपथसँगै जोडिएको यो बस्ती राजधानी काठमाडौँबाट नौबिसे हुँदै त्रिभुवन राजपथको बाटोबाट ६० किमी टाढा छ । त्यसैगरी, नयाँ खोलिएको थानकोट–चित्लाङ कच्ची बाटो हुँदै त मात्र ३० किलोमिटर पार गर्दा ‘कुञ्छाल’ पुग्न सकिन्छ । फर्पिङ–फाखेल–मार्खु हुँदै जाने हो ५५ किलोमिटर दूरीमा यो स्थान छ । लिच्छविकालीन राजा अंशु बर्माको समेत शिलालेख रहेको भनिएको यस बस्तीको तथ्यगत इतिहास भने तीन सय वर्ष पुरानो देखिने स्थानीय बताउँछन् । यहाँका अन्य गाउँहरूमा नेवाः समुदायभित्रका मिश्रित जातिको बसाइ रहेको देखिएता पनि कुञ्छाल गाउँमा भने केवल ग्वाला समुदाय अर्थात् हालका गोपाली भन्न रूचाउने गोपालवंशीहरूको मात्र बसाइ रहेको छ ।नेपालकै पुरानो र मौलिक सभ्यता बोकेको गोपालीहरूको बस्ती कुञ्छाल गाउँमा धेरै अनौठा प्रचलन पनि छन् । यस बस्तीमा एक अनौठो चलन छ । यहाँ कुखुरा पाल्न वा कुखुराजन्य खाना खान निषेध छ । कुखुरालाई अपवित्र मान्ने यहाँको पुरानो प्रचलन हो ।एक सय ७३ घरपरिवार भएको ‘कुञ्छाल’ यस गोपाली गाउँमा युवादेखि वृद्धवृद्धासम्म मिलेर सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको गाउँका अगुवा ७३ वर्षीय विष्णु गोपालीले बताउनुभयो । उहाँका अनुसार गाउँमा पुर्खाले नै बनाएको संरचना यथावत भएका कारण यसलाई बिग्रन नदिनेमा गोपालवंशदेखि रहेको र तीन सय वर्ष पुराना हुन् भन्ने प्रशस्त प्रमाण भेटिने उहाँको दाबी छ । उहाँ भन्नुहुन्छ, “हामीले बोल्ने नेवारी भाषा काठमाडौँमा बोलिने भाषाभन्दा फरक छ”, उहाँ थप्नुहुन्छ, “शब्द, लवजमा नै धेरै फरक छ, हाम्रो भाषालाई प्राचीन नेपालमण्डलभित्रका भाषाभन्दा हुन्छ ।” उहाँका अनुसार नेपाल भाषाको इतिहास, मौलिकता आदि अध्ययन गर्न धरैजना आउने गर्छन् ।त्यसैगरी,ै यहाँका महिलाहरू पनि पहिलेदेखि नै पुरूषसरह काम गर्ने गरेको ७० वर्षीया माइजुमाया गोपालीले बताउनुभयो । थाहा आन्दोलनमा प्रणेता रूपचन्द्र विष्टले गाउँको डबलीमा बसेर दैनिक दिने शिक्षाका कारण तत्कालीन समयमा पनि महिलाहरूले पढ्न र अधिकारका कुरा गर्न थालेको उहाँ सम्झनुहुन्छ । तत्कालीन जनयुद्धमा छोरी गुमाउनुभएकी उहाँलाई अहिलेको परिवर्तनमा आफ्नो परिवारले रगत बगाएकामा पनि निकै गर्व महसुस हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार तत्कालीन समयदेखि काम गर्ने, समय खेर नफाल्ने भन्ने सोच पलाएका कारण आफू यो उमेरमा पनि खेती गरेर खाइरहेको सुनाउनुहुन्छ । उहाँका अनुसार यहाँ पुरूषले पनि भान्साको काम गर्ने गर्छन् भने महिलाहरूले पनि पुरूषसरह खेतीपातीको काम गर्छन् । यहाँ आउने पाहुनालाई आफ्नै खेतीबाट उब्जेको अन्न तथा सागसब्जी खुवाउने उहाँको भनाइ छ ।थाहा नगरपालिका प्रमुख विष्णु विष्टले यहाँ हरेक १२ वर्षमा एकपटक देवीनाच लाग्ने गरेको र यो नाचको सम्बन्ध काठमाडौँको केन्द्र हनुमानढोका दरबारसँग रहेको जानकारी दिनुभयो । यस नाचलाई हनुमानढोका दरबारको डबलीमा देखाइने चलन पनि रहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कुञ्छाललाई एउटा जीवित सङ्ग्रहालयका रूपमा विकास गर्दै यहाँको ऐतिहासिक स्वरूपलाई नै निरन्तरता दिने र यहाँको मौलिक स्वरूप, परम्परागत पेसा नै यहाँका स्थानीयको समृद्धिको आधार बनाउन हामीले जोड दिइरहेका छौँ ।” मकवानपुरको पहाडी भेग अझ काठमाडौँ उपत्यका नजिकका घर २०७२ सालको शक्तिशाली भूकम्पले ध्वस्त भए पनि यहाँ कुनै क्षति नभएको नगरप्रमुख विष्टले जानकारी दिनुभयो ।नगरप्रमुख विष्टका अनुसार पुरानो बस्ती कुञ्छालका बासिन्दा असाध्यै मेहनती छन् । कृषि र पशुपालन उनीहरूको मुख्य पेसा र आम्दानीको स्रोत रहेको उहाँ बताउनुहुन्छ । पछिल्लो समय गोपाली समुदायले होमस्टे सञ्चालनका लागि आफैँले खर्च जुटाएर आवश्यक व्यवस्थापन गरेको छ । महिला–पुरूषमा कामका हिसाबले भेदभाव नहुनु यहाँको विशेषता हो । बस्ती छेवैको बजारमा मिल भए पनि स्थानीयलाई घरकै ओखलमा कुटेको चामल खाँदा स्वादिलो लाग्ने गर्छ । पर्यटकलाई उसिनेको चामलको भात खुवाउने यहाँको चलन रहेको छ ।पदयात्राको सम्भावनाथाहा नगरपालिकाको वडा नं १ र ६ मा पर्ने टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्नका लागि राजधानी काठमाडौँबाट गणेशमानसिंह मार्ग चन्द्रागिरि–चित्लाङ हुँदै करिब एक घण्टामा पुग्न सकिन्छ । त्यस्तै बागमती प्रदेशको राजधानी हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै करिब तीन घण्टामा पुग्न सकिन्छ । टिस्टुङ–कुञ्छाल पदमार्गमा यात्रा गर्न कुञ्छाल गाउँबाट वा नजिकैको सरस्वती बजारबाट सुरू गर्न सकिन्छ । बज्रवाराहीको सरस्वती बजारबाट वाराहीचौर हुँदै नासपाती बगैँचा भ्रमण, कुञ्छाल गाउँ अवलोकन र गणेश मन्दिर दर्शनपश्चात टिस्टुङको वनस्पति उद्यानमा पुग्न सकिन्छ । उद्यानबाट विश्रामसहित ग्रामीण क्षेत्रको जीवनशैली र प्रकृतिको मनोरमताको अवलोकन गर्न सकिन्छ । वनस्पति उद्यानबाट कार्कीछाप गाउँको दैनिकी किसानको जीवनशैली, गोठालाको अनुभव, प्राकृतिक मनोरम दृश्यावलोकन, खेतीपाती गर्दै गौखुरेश्वर महादेवको दर्शन यही रूटमा गर्न सकिन्छ । ढल्टगाउँको अवलोकन गरेपछि अध्याय रिसोर्ट हुँदै उन्मत्तेश्वर महादेवको मन्दिर दर्शन गरी कोत दरबारको अवलोकनपश्चात थाहानगरकै प्रमुख शक्तिपीठका रूपमा रहेको वाराही मन्दिर र सँगैको चौरबाट पैदल जङ्गल सफारीसँगै पैदलमार्गमा प्रकृतिसँग लुकामारी गर्न सकिन्छ ।वाराही मन्दिरबाट उकालो हिँडेर पुगिने वाराही डाँडामा पुग्दा यात्राका सबै थकान मेटिएको अनुभव हुन्छ । निकै मनोरञ्जनात्मक र साहसी पैदलयात्री जस्तै अनुभव गर्न सकिने यस मार्गको दूरी करिब १६ किलोमिटर छ । वाराही डाँडाबाट पुनः जङ्गल सफारीसँगै नन्दिकेश्वर महादेव दर्शन गरेर यो पदयात्राको बिट मारिन्छ । स्थानीयहरूको आत्मीय व्यवहार र स्वागतसहितको पैदलयात्रासँगै केही दिनको भ्रमण र बस्नका लागि पनि थाहानगरको बज्रवाराहीमा होटलको राम्रो व्यवस्था भएको तथा कुञ्छालमै रहेका होमस्टेमा पनि बस्न सकिन्छ ।
प्याराग्लाइडिङ अवतरण फेवा किनारमै
पोखराको प्याराग्लाइडिङको अवतरण बिहीबारदेखि फेवा किनार हुने भएको छ ।
लाङटाङ ट्रेल रनको तयारी
रसुवा-नुवाकोट पर्यटन समाजको आयोजनामा यहि जेठ २४ गते लाङटाङ ट्रेल रन हुने भएको छ ।
एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण
सङ्खुवासभाको मकालु गाउँपालिका-२ का एकै परिवारका छ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका-२ का चार दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो आठ हजार ४८५ मिटरको मकालु हिमाल आरोहण गरेका हुन् ।
पोखरामा प्याराग्लाइडिङ पाइलटको मापसे र लापसे जाँच
पोखरा महानगरपालिका वडा नम्बर २४ स्थित प्याराग्लाइडिङ उडान हुने स्थान मान्द्रेढुङ्गामा सोमबार प्याराग्लाइडिङ पाइलटहरुको मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) जाँच गरिएको छ ।
गोरखाकी पुर्णिमा पाँचौँ पटक सगरमाथा चुचुरोमा
गोरखाको आरुघाट गाउँपालिका–१० आरुटारकी पुर्णिमा श्रेष्ठले नेवार समुदायबाट सबैभन्दा धेरै पाँचौँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
रुकुम पूर्वलाई ‘हिमालय टुरिस्ट हब’ बनाउँदै लुम्बिनी प्रदेश सरकार
लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वलाई हिमालय पर्यटन हबको रूपमा विकास गरिने भएको छ ।
पर्यटकीय स्थल खोप्रालेकमा पूर्वाधार निर्माण योजना सञ्चालन
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा पूर्वाधार निर्माण योजना सञ्चालन गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट तीन हजार ६०० मिटर उचाईमा रहेको खोप्रालेकमा पूर्वाधार निर्माण योजना सञ्चालन गरिएको हो ।
रारामा पाँचौँ ट्रेल-रन हुने
रारामा पाँचौँ ट्रेल–रन जेठ ९ गते रारा तालको किनारामा हुने भएको छ ।
सशस्त्रका छत्यालद्वारा सगरमाथाको सफल आरोहण
सगरमाथा संवादको सन्देशसहित हिमाल आरोहणमा गएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गर्नु भएको छ ।
एक सातामा पचपन्न जना पुगे सगरमाथा चुचुरो
सन् २०२५ को वसन्तयाममा सगरमाथा आरोहणका लागि अनुमति लिएका ४६८ जनामध्ये एक सातामा ५५ जनाले सगरमाथाको चुचुरो टेकेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण
सिदिङ्वा धाम पर्यटकीय महोत्सवको आयोजना
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव–२०८२ को आयोजना गरिएको छ। यही जेठ १५, १६ र १७ गते तीन दिने पर्यटन महोत्सव आयोजना गरिएको हो।
‘हिमालबिना मानव सभ्यता सम्भव छैन’
हिमाल प्रकृतिको उपहार मात्र नभएर मानव सभ्यताको साक्षी पनि भएकाले प्राकृतिक हिमालबिना मानव सभ्यता सम्भव नभएको कुरामा विश्व समुदायको जोड रहेको छ ।
पर्यटक लोभ्याउँदै रुप्से झरना
म्याग्दीको रुप्से झरना पर्यटकीय गन्तव्य बनेको छ । अन्नपूर्ण गाउ“पालिका–३ दानामा रहेको झरना अवलोकनका लागि देश विदेशबाट पर्यटकहरू दैनिक सयौंको सङ्ख्यामा झर्नाको अवलोकनका लागि पुग्ने गरेका छन् ।
हजयात्रीलाई कार्यक्रमविच विदाई
यो वर्ष साउदीअरेबियाको मक्का मदिनामा हज गर्न जाने आफ्ना सदस्य हजयात्रीलाई एक कार्यक्रमविच सम्मान गरी बिदाई गरिएको छ ।
बन्दीपुरमा पर्यटकको भीड
गर्मी छल्न तनहुँस्थित बन्दीपुरमा आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । तराई तथा होचो स्थानमा उखरमौलो गर्मी बढीरहेको बेला बन्दीपुर चिसो हावा चल्ने र गर्मी नहुने भएकाले गर्मी छल्ने पर्यटकको रोजाईमा बन्दीपुर परेको हो ।
घुम्टे लेकमा बढ्यो पर्यटकीय चहलपहल
बागलुङको गलकोट नगरपालिकाको हरिचौर, मल्म, पाण्डवखानी, ताराखोला गाउँपालिकाको हिल र ताराको सिमानामा पर्छ पर्यटकीय घुम्टे लेक ।