गुणबहादुर रोका
सुलीकोट, जेठ ५ गते । गोरखाको आरुघाट गाउँपालिका–१० आरुटारकी पुर्णिमा श्रेष्ठले नेवार समुदायबाट सबैभन्दा धेरै पाँचौँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
नेवार समुदायबाट अहिलेसम्म पाँचौँ पटक सगरमाथा आरोहण गर्नुभएकी पुर्णिमा श्रेष्ठले चौथो शिबिरबाट शनिबार बिहान प्रस्थान गरेर आइतबार शिखरमा पाईला टेकी पाँचौँ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।
कम उमेरमा पुर्णिमा श्रेष्ठ सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने महिलाको रुपमा चिनिनुभएको आरोहण ब्याबस्थापन गरेको कम्पनी सतोरी एडभेन्टचर प्रालिले जनाएको छ ।
यसअघि पनि यही सिजनमा १२ मे, १९ मेमा दुई हप्ताको अन्तरलमा तीन पटक सगरमाथा आरोहण गरी रेर्कड कायम गर्न सफल हुनुभएको कम्पनीका ऋषि भण्डारीले जानकारी दिनुभयो ।
त्यसअघि पुर्णिमाले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो । हिमाल चढ्न मन पराउने पुर्णिमा श्रेष्ठले आठ हजारभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरिसक्नु भएको छ । उहाँले अन्नपूर्ण, धौवालागिरी, माउण्ट केटु, मनास्लु, ल्होत्सेलगायतका हिमाल आरोहण गरेर बिभिन्न शीर्षकमा किर्तिमान कायम गरिसक्नुभएको छ ।
पुर्णिमा श्रेष्ठले पाँचौँ पटक सगरमाथा सफल रुपमा आरोहण गरेपछि आरुघाट गाउँपालिकाका स्थानिय र गोरखा जिल्लाबासी खुशी भएका छन् ।