आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
म्याग्दी, माघ २९ गते । मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार अभावमा ओझेल परेको आठ सय वर्ष पुरानो गुफाभित्र रहेको गुम्बा संरक्षणको पनि पर्खाइमा छ । गुम्बाकी आनी थाक्पा ढोल्करका अनुसार तान्त्रिक बौद्ध धर्मसँग नजिक निङ्मापा सम्प्रदायको लुरीघाङ गुम्बा १२आँै शताब्दीमा बनेको हो ।समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा याराको पूर्वी कुनाको पहराको चेपमा रहेको लुरी गुम्बा अनौठो धार्मिक सम्पदा हो । गोरेटो र सिँढी हुँदै पहाडको बीच भागमा रहेको तीनवटा गुफामा रहेको गुम्बामा पुगिन्छ । आँगनमा पुग्ने बेलामा काठको भर्याङ राखिएको छ । गुम्बाको मुख्य भाग, लामाको तपस्यास्थल पहराभित्र छिरेको गुफामा रहेको छ । लुरी गुम्बाको छोर्तेन प्राकृतिक भएको आनी ढोल्करले बताउनुभयो । आकर्षक भित्तेचित्र भएको छोर्तेनको वरपर परिक्रमा गर्न मिल्ने सानो भाग पनि छ । यहाँका चित्रहरू पन्ध्रौँ शताब्दीमा बनाइएको हो । पहराको ढुङ्गालाई नै थामको रूप दिई बनाइएकाले गुम्बामा भित्तेचित्र, पुस्तक, पुराना थाङ्का र पद्मसम्भवको मूर्ति रहेको छ । भुटानी कन्या विवाह गरेका तत्कालीन ल्होका राजाले आफ्नी पत्नीलाई खुसी पार्न लुरी गुम्बा बनाएको इतिहास छ ।स्थानीयवासीले यसलाई लुरी कावुङ भन्ने गर्छन् । अर्को किंवदन्तीअनुसार यारागाउँमा जन्मिएका उड्ने सिद्ध पाएका कुन्छाङ झलु नाम गरेका लामाले तपस्या गरेर ज्ञान आर्जन गरेका थिए । गुम्बापारिको पहाडको चुचुरोलाई स्थानीयवासी कुन्छाङ झलु लामाको बासस्थान मान्ने गरेका छन् । मुख्य गुम्बाभन्दा केही तल पेयुङखोलाको किनारमा अर्को गुम्बा पनि बनाइएको छ । दुवै ठाउँको गुम्बामा नियमित पूजाआजा हुने आनी ढोलकरले बताउनुभयो । लुरी गुम्बाको नजिकैको यारा र घारागाउँमा धर्मशाला र होटलको सुविधा छ ।लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट ध्यखोला, ध्ये, सुर्खाङ, यारा हुँदै एक घण्टा सवारीसाधनको यात्रापछि पुगिने घारागाउँबाट २० मिनेटको पैदलयात्रा गरेपछि दामोदरकुण्ड जाने बाटोमै रहेको लुरी गुम्बा पुगिन्छ । लोमान्थाङबाट लुरी सर्किट पदमार्गको प्रयोग गरेर पनि यहाँ जान सकिन्छ । चराङबाट घारा जाने क्रममा ध्ये, सुर्खाङ र यारागाउँ, अनौठा आकृति भएको पहाड अवलोकन गर्न पाइन्छ ।लोघेकर दामोदरकुण्ड गाउँपालिका र गण्डकी प्रदेश सरकारले सडकबाट लुरी गुम्बा पुग्ने ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाएका छन् । गाउँपालिका र प्रदेश सरकारको रु १५–१५ लाख बजेटमा उकालोमा करिब तीन सय मिटर पक्की पदमार्ग निर्माण भएको वडाध्यक्ष पासाङ गुरुङले बताउनुभयो । यस वर्ष सार्वजनिक शौचालय बनाउन रु पाँच लाख बजेट विनियोजन गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
पर्यटन भित्र्याउँदै घान्द्रुकवासी
गुरुङ संस्कृति र सुन्दरताको खानी भनेर घान्द्रुकगाउँलाई चिन्ने गरिन्छ ।
टर्कीमा बन्दीपुर भ्रमण वर्षको प्रचार
बन्दीपुरका पर्यटन व्यवसायीले विदेशमा ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ को प्रचारप्रसार गरेका छन् । टर्कीको इस्तानबुलमा आयोजित ‘एक्जिविसन एण्ड ट्रेड शो’ कार्यक्रममा बन्दीपुरका पर्यटन व्यवसायीले बन्दीपुर भ्रमण वर्ष २०२५ बारे प्रचारप्रसार गरेका हुन् ।
पोखरा भ्रमण वर्षमा २० लाख पर्यटक
माधवप्रसाद बरालमाछापुच्छ्रे (कास्की), माघ २६ गते । पर्यटकीय राजधानी घोषण भएको एक वर्ष पुग्दै लाग्दा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने तयारी भएको छ । सरकारले गत वर्ष चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको थियो । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा फाल्गुन ३ गते गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो ।पोखरा भ्रमण वर्षमा स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको उहाँको भनाइ छ । ‘भ्रमण वर्ष भरी नै पोखराको प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिने छ,’ उहाँले भन्नुभयो,‘ विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने योजना पोखरा महानगरपालिकाले बनाएको छ ।’ घोषणा कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन नगर प्रमुख आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मुलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ५१ सदस्यीय एक निर्देशक समिति र अर्को १५ सदस्यीय कार्य सम्पादन समितिसमेत गठान गरिएको छ । यसका साथै पर्यटन क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा उपसमिति गठन गरिएको आचार्यले बताउनुभयो । पोखरामा क्रियाशील सरकारी र गैरसरकारी सङ्घसंस्था, ४ वटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दल, टोल विकास संस्था, अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधि लगायतलाई समिति तथा उपसमितिमा सदस्य राखिएको छ । घोषण सभामा तीन वटै सरकारको सहभागिता हुने आचार्यले बताउनुभयो । घोषणा सभामा उप्रप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको सहभागितामा भ्रमण वर्ष घोषण गर्ने कार्यक्रम छ । माघ २९ गते पत्रकार सम्मेलन गरी भ्रमण वर्ष घोषणा कार्यक्रम बारेको सम्पूर्ण जानकारी गराइने आचार्यले बताउनुभयो । शुक्रवार भ्रमण वर्ष तयारी मुलसमितिको बैठक बसेको थियो ।
लाजको पर्दा च्यात्दै हिउँको अँगालोमा
मनाङ घुम्न जाने योजनासँगै मनमा बढेको कौतूहल र उमङ्गको कुनै सीमा थिएन । बितेको वैशाख महिनाको पहिलो हप्ता मनाङ भ्रमण गर्ने साइत जुरेको थियो ।
फोक्सुन्डोका अविस्मरणीय क्षण
दसैँतिहारको बिदामा म धेरै टाढा जान नसके पनि कतार, दुबई या भारतकै कुनै सहरको भ्रमण गर्ने गर्थें ।
हस्तकलाका सामग्री ग्राहकको रोजाइमा
कारागारबाट उत्पादित हस्तकलाका सामग्री महोत्सवमा आउने ग्राहकको रोजाइमा परेको छ । पाल्पा कारागारका बन्दीहरुले उत्पादन गरेको सामग्रीप्रति ग्राहकको आकर्षण बढेको हो ।
धरानमा बिजनेस एक्सपो हुने
धरान उपमहानगरपालिकामा शनिबारदेखि १५ दिने बिजनेश एक्स्पो हुने भएको छ ।
प्रणय दिवसमा खाना महोत्सव हुने
चितवनको पर्यटकीय नगरी सौराहामा दैनिक पाँच हजार पर्यटक भित्र्याउने गरी खाना महोत्सव (फुड फेस्टिभल) को तयारी गरिएको छ ।
दस हजार पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण
चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म मनास्लु क्षेत्रमा झण्डै १० हजार पर्यटकले भ्रमण गरेका छन् ।
निरन्तर घट्दै भारतीय पर्यटक
नेपाल भित्रिने भारतीय पर्यटकको सङ्ख्या घट्दै गएको छ ।
अधिराजकुमारी सोफीयाद्वारा भक्तपुर अस्पतालको प्रसूति सेवाबारे चासो
नेपाल भ्रमणमा रहनुभएकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफियाले आज भक्तपुर अस्पतालको अवलोकन गर्नुभएको छ । उहाँले भक्तपुर अस्पतालको प्रसूति कक्ष (गाइनो वार्ड) को अवलोकन गर्नुभएको हो ।
भारतीय पर्यटक आकर्षणका लागि रणनीतिक पहल आवश्यकः मुख्यमन्त्री सिंह
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले नेपालमा भारतीय पर्यटकको आगमनलाई प्रभावकारी रूपमा वृद्धि गर्न रणनीतिक पहल आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो
४६ देशका ६१८ पर्यटकले गरे मनाङ भ्रमण
सन् २०२५ को पहिलो महिना जनवरीमा जाडो तथा चिसोको पर्वाह नगरी ४६ देशका ६१८ विदेशी पर्यटकले मनाङ भ्रमण गरेका छन् ।
हिउँविहीन बने हिमाल
सन् २०२५ लाई विश्व हिमाल संरक्षण वर्षका रूपमा मनाइँदै छ । नेपालमा भने वर्षको सुरुवातदेखि हिउँदे वर्षा नहुँदा हिमाल काला पहाडमा परिणत हुन थालेका छन् । धेरै हिमालमा अहिले हिउँविहीन जस्तै देखिन्छ ।
सुरी भीरमा ओखलढुङ्गाकै पहिलो ‘रक क्लाइम्बिङ’
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा साहसिक खेल रक क्लाइम्बिङ गर्न पाइने भएको छ ।
सरकारले उच्च प्राथमिकता दिएर निजगढ विमानस्थल बनाउनुपर्छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निजगढ विमानस्थललाई सरकारले उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताउनुभएको छ ।
बैकुण्ठमा डम्फु र टुङ्ना पार्क निर्माण
मकवानपुरको कैलाश गाउँपालिका २ मा बागमती प्रदेश सरकारको बजेटमा कला संस्कृतिको संरक्षण र जगेर्नाका लागि स्थानीयले प्रयोग गर्ने बाजासहितको पार्क निर्माण गरिएको छ ।
थारू गाउँले मेला अवलोकनबाट दैनिक दुई लाखभन्दा बढी कारोबार
नेपालगन्जमा सञ्चालन भइरहेको प्रादेशिक महोत्सवभित्र बनाइएको थारू गाउँले मेला अवलोकन गर्न पुगेका अधिकांशलाई आफूतर्फ आकर्षित गर्न सफल भएको छ ।
टिप्ताला भन्ज्याङमा पहिलो पटक मोटरसाइकल
समुद्र सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भन्ज्याङमा पहिलो पटक आइपुग्यो मोटरसाइकाल । राष्ट्रिय गौरवको आयोजना तमोरकोरिडोर सडक विस्तारले भारत–नेपाल–चीनलाई जोडेको छ ।
सगरमाथा चुम्ने महिला पाइला
सगरमाथाको स्थानीय नाम चोमोलुङ्मा हो । हिमाली क्षेत्रमा बसोबास गर्दै आएका शेर्पा समुदायले दिएको चोमोलुङ्मा नामले रैथानै स्वादसमेत बोकेको छ । विदेशीले ‘एभरेस्ट’ का रूपमा चिन्दछन् । तथापि नेपाल र नेपालीको प्रतिनिधित्व
सिक्लेसः प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो
वरिपरिबाट जङ्गलले घेरिएको गुजुमुज्ज परेको बस्ती, ढुुङ्गैढुुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका गुरुङ समुदायको धार्मिक आस्थाका पवित्र कोइबोहरु । कास्कीको पर्यटकीय गाउँ सिक्लेस पुग्ने जोकोहीलाई पनि त्यहाँका प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासले लोभ्याउँछ ।
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
पश्चिम नेपालमा सबैभन्दा बढी बाघ रहेको निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ लगायतका गैंडा, हात्ती र अन्य वन्यजन्तु हेर्न आउने पर्यटकको संख्या बढेको छ ।
तानसेनमा सडक खाना महोत्सव हुने
मखन टोल टोल विकास संस्था तानसेन ४ पाल्पाले तानसेन बजारको आर्थिक चलायमान गराउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रणय दिवसका दिन खाना महोत्सव गर्न लागेको संस्थाका अध्यक्ष ज्ञानु कार्किले बताउनुभयो ।