झाँकी प्रदर्शनसहित चौथो रामपुर महोत्सव सुरु
रामपुरमा चौथो रामपुर महोत्सव तथा व्यापार मेला सुरु भएको छ ।
पर्यटकीय सम्भावनाको उपयोगमा जोड
गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको प्रदेश भएकाले यहाँका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय पर्यटन बजारसम्म पुु¥याउनुपर्नेमा जोड दिइएको छ ।
‘ठुलालाई चैन, सानालाई ऐनको व्यवस्था अन्त्य हुनुपर्छ’
एमनेस्टी इन्टरनेसनल नेपालका हालका राष्ट्रिय अध्यक्ष विपिन बुढाथोकीका अनुसार एमनेस्टी इन्टरनेसनलले हाल विश्वका एक सय ५० वटा देशमा काम गरिरहेको छ ।
पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा रु एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ ।
बाटो विस्तारको सुस्तताले मर्कामा होटल व्यवसाय
नारायणघाट–बुटवल सडक खण्ड समयमै विस्तार हुन नसक्दा जिल्लाको पर्यटन र होटल व्यवसाय क्षेत्र नराम्रोसँग थला परेको यहाँका पर्यटन तथा होटल व्यवसायीले गुनासो गरेका छन् । बाटोका कारण यात्रा कष्टकर भएपछि पर्यटक आउन छाडेको व्यवसायीको गुनासो छ ।
नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती छ : पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती रहेको बताउनुभएको छ । शनिबार ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउनुभएका बद्रीप्रसाद पाण्डे दीर्घकालीन महत्त्व राख्ने रणनीतिक सुधारमा केन्द्रित हुनुभएको छ । नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन उहाँ लागिपर्नुभएको हो ।
मानापाथी हिमाल र आसपासका क्षेत्र
मुस्ताङ, माघ १२ गते । मुस्ताङको थासाङ गाउँपालिका(२ कालीगण्डकी बगरबाट देखिएको मानापाथी हिमाल, टुकुचे पिक, सानुसरे लेक र आसपासका गाउँहरु । तस्बिरः रासस
पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव
गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन यहाँको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ ।
‘वालिङ सिटी महोत्सव’ हुने
स्याङ्जाको वालिङमा ‘वालिङ सिटी महोत्सव’ हुने भएको छ ।
जलपर्यटन : सुदूरपश्चिमले फर्काउन सक्छ लय
“भन्छन् नि पश्चिममा सूर्य पनि अस्ताउन मात्रै आउँछ ! यस्तै नियति भोगिरहेको छ पश्चिम नेपालको जल पर्यटनले । कतिपय व्यापारीले त नेपालमा जलयात्राको युग सकिन लागेको तर्क गरिरहेका छन्, जबकि पश्चिम नेपालमा जल पर्यटनलगायत समग्र पर्यटन क्षेत्रमा व्यावसायिक युग सुरु नै भएको छैन”, व्यवसायी जनेश भण्डारीको भनाइ हो यो ।
पर्यटकको आकर्षण केन्द्र बन्दै रेसुङ्गा
गुल्मीको धार्मिक, ऐतिहासिक तपोभूमी एवम् पर्यटकीय स्थल रेसुङ्गा पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पश्चिम क्षेत्रकै एक पवित्र स्थल रेसुङ्गाधाम धार्मिकसँगै पर्यटकीय गन्तव्य बन्दै गएको हो ।
‘राइजिङ’ पदमार्गमा पर्यटकको आकर्षण
अन्नपुर्ण चक्रिय पदमार्गका अधिकांश ठाउँमा मोटरबाटो पुगेसँगै पर्यटकको आकर्षण घट्न थालेपछि पर्यटन व्यावसायीहरूले नयाँ पदमार्गमा पर्यटक लैजान सुरु गरेका छन् ।
पर्यटनको दिगो विकास गर्न एकीकृत गुरुयोजना आवश्यक
चितवनको पर्यटनको दिगो विकासका लागि एकीकृत गुरुयोजना बनाएर कार्यान्वयन गर्नपर्ने विज्ञहरूले औँल्याएका छन् ।
पर्यटकीय ताल निर्माण
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–२, हिले सामुदायिक वन ‘ख’ मा पर्यटक आकर्षण गर्न पर्यटकीय ताल निर्माणको पहिलो चरणको काम सकिएको छ ।
पर्यटन प्रवर्द्धनका लागि हिले-जलजलेमा ‘पर्यटकीय ताल’
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित हिले जलजले सामुदायिक वनमा ‘पर्यटकीय ताल’ निर्माण गरिएको छ । वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयद्वारा विसं २०७९ मङ्सिरमा ताल निर्माण सुरु गरिएको थियो ।
पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र
नेपालगञ्ज–१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । शुक्रबार परिवारसहित घुम्न जानुभएकी उहाँ घरबाट नजिकै भए पनि पहिलो पटक आएको सुनाउनुभयो । “छिमेकी जिल्लामा रहेको यो तालमा म पहिलो पटक आएकी हुँ । यहाँ आएपछि मलाई रमाइलो लाग्यो”, उहाँले भन्नुभयो ।
बोरामा पराल खाँदेर पर्यटकलाई ओछ्यान
काठमाडौँ उपत्यकाबाट ३० किलोमिटर दुरीमा रहेको धुलिखेल एउटा सांस्कृतिक पर्यटकीय सहरका रूपमा परिचित छ । काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलको बजार क्षेत्रमा नेवार समुदायको बसोबास छ ।
‘पर्यटनका लागि पूर्वाधार विकास आवश्यक’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताउनुभएको छ ।
पर्यटकीय केन्द्र बन्दै कमला नदीको झोलुङ्गे पुल
धनुषा र सिराहा जिल्लालाई जोड्ने कमला नदीमा बनेको मधेश प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुल हाल आन्तरिक तथा भारतीय पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेको छ।
टुङ्ना वादक फुट्टी शेर्पालाई अन्तर्राष्ट्रिय उपाधि
टुङ्ना (डाम्ङ्यान) वादक फुट्टी शेर्पा हिमालयन इथ्निक गायन प्रतियोगिता २०२४ मा उपविजेता बन्नुभएको छ । भारतको सिलगुरीमा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा उहाँले दोस्रो स्थान हासिल गर्नुभएको हो ।
पर्यटकीय पूर्वाधार सुधार्न सुझाव
होटेल व्यवसायीले नेपालमा पर्यटकको सङ्ख्या बढाउन पूर्वाधार सुधार गर्न सरकारलाई सुझाव दिएका छन् ।
भीरमा फसेका जर्मन नागरिकको उद्धार
सोलुखुम्बुमा भीरबाट लडेर फसेका जर्मन नागरिकको उद्धार गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका –३ मा पर्ने टोकटोक र बैंकरबिचमा रहेको जंगलमा बिहीबार विहान साढे ११ बजे ४१ वर्षीय जर्मन नागरिक माइकल हेनरिचको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
पाताल भूमेश्वरको तलाउ सङ्कटमा
नेपालकै लामो र गहिरो दाबी गरिएको पाताल भूमेश्वर गुफासँगै रहेको तलाउको पानी बर्सेनी घट्दै जान थालेपछि तलाउको अस्तित्व सङ्कटमा परेको छ ।