गत वर्ष साढे एघार लाख पर्यटक नेपाल भित्रिए
सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।
नेपालगञ्जमा प्रादेशिक महोत्सव हुने
नेपालगन्जमा माघ महिनामा दोस्राे प्रादेशिक महोत्सव आयोजना हुने भएको छ ।
नयाँ वर्षमा जानकी मन्दिरमा भिड
अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा जानकी मन्दिरमा भक्तजनको भिड लागेको छ । आजबाट अंग्रेजी नयाँ वर्ष २०२५ सुरु भएको हो । नयाँ वर्षको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजन अंग्रेजी नयाँ वर्षको स्वागत र वर्षभर राम्रो होस् भन्ने हेतुले जानकी मन्दिरमा पूजापाठका लागि जम्मा भएका छन् ।
पर्यटकीय स्थल भेडेटारमा चहलपहल
पर्यटकीय स्थल भेडेटारमा सुरु भएको ‘फुड फेस्टिभल’ मा आउने स्वदेशी तथा विदेशी पर्यटकको उल्लेखीय उपस्थितिका कारण अहिले त्यस क्षेत्रमा चहलपहल बढेको छ ।
पर्यटन राजधानीमा उत्सवैउत्सव
दिन चिसिँदा छन्, जाडो बढ्दो छ । ठिही बढ्दै जाँदा मानिस घुमफिरभन्दा घरमै बस्न रुचाउँछन् तर पर्यटन राजधानी पोखरामा भने अहिले स्थानीयसहित पर्यटकको चहलपहल छ ।
जलयात्रा गर्दै सम्पन्न भयो मेयर फोरम
नेपाल भारत सिमा नदी महाकालीमा पहिलो पटक व्यावसायिक रुपमा जलयात्रा (र्याफटिङ) को सुरुवात गर्दै प्रमथ सुदूरपश्चिम मेयर २०८१ सम्पन्न भएको छ ।
सन् २५ देखि ३५ लाई पर्यटन दशकको रूपमा मनाउँछौं : मन्त्री पाण्डे
संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउने उद्घोष गर्नुभएको छ ।
एघार लाख ४७ हजार पर्यटक भित्रिए
सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।
सुदूरपश्चिम विविधतापूर्ण संस्कृतिको धनी प्रदेश : मन्त्री पाण्डे
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश विविधतापूर्ण संस्कृतिमा धनी प्रदेश भएको उद्घोष गर्नुभएको छ ।
सम्पदा र संस्कृतिको सङ्गम मध्यपुर महोत्सव (फोटो फिचर)
२६ वर्षपछि भएको तीनदिने ‘मध्यपुर महोत्सव’ले लक्ष्य अनुसार सफलता पाएको मूल समारोहका सदस्य न्हुच्छे रत्न मानन्धरले बताउनुभयो।
पर्यटकको गन्तव्य बन्दै पाख्रिबास
धनकुटाको पाख्रिबासमा पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । पहिले कृषि अनुसन्धान केन्द्र मात्र आकर्षक गन्तव्यको रूपमा रहेको पाख्रिबासमा अहिले पर्यटकका लागि पनि गन्तब्य बनेको छ ।
पोखरामा ड्रागन बोट रेस सुरु
पर्यटन राजधानी पोखराको फेवातालमा आइतबारबाट अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता २०२४ आरम्भ भएको छ ।
कञ्चनजङ्घा हीरक महोत्सव हुने
ताप्लेजुङमा आगामी वैशाखमा कञ्चनजङ्घा हीरक महोत्सव मनाइने भएको हो ।
पर्यटक लोभ्याउने स्तम्भ
भाइबहिनीहरू, मङ्सिरमा शैक्षिक भ्रमणका लागि पूर्वी नेपाल आउने योजना बनाउँदै हुनुहुन्छ भने चिया बगानका लागि इलाम प्रसिद्ध छ ।
जनकपुरधाम विवाहका लागि उपयुक्त गन्तव्यः राजदूत रोब
बेलायती राजदूत रोब फेनलेले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ ऐतिहासिक र सांस्कृतिक सहर जनकपुरधामको जानकी मन्दिरमा मनाउनुभएको छ ।
तानसेनमा साप्ताहिक बजार सञ्चालन
तानसेनका महिला उद्यमीले साप्ताहिक बजार सञ्चालन गरेका छन् ।
उराठिलो माछापुछ्रे र सिचुवानको जहाज
माछापुछ्रे हिमालको पृष्ठभूमिमा उडिरहेको सिचुवान एयरलाइन्सको जहाजको तस्बिरले पर्यटकीय क्षेत्र पोखरालाई थप परिचीत गरेको छ । यो तस्बिर कैयन सामाजिक सञ्जाल प्रयोगकर्ताले जहाजको तस्बिर साझा गरेका छन् ।
सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रमका सहभागी
गण्डकी, पुस १३ गते । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा गरिएको गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रमका सहभागी कास्कीको मादी गाउँपालिका-१ स्थित पर्यटकीय स्थल कोरीमा । पृष्ठभूमिमा लम्जुङ हिमाल । तस्बिरः रासस
सम्पदा पदमार्ग प्रवर्धनमा पर्यटकहरु
गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा गरिएको गुरुङ सम्पदा पदमार्ग प्रवर्धन कार्यक्रमका सहभागी कास्कीको मादी गाउँपालिका १ स्थित पर्यटकीयस्थल कोरीमा । पृष्ठभूमिमा लम्जुङ हिमाल ।
गुल्मीमा दोस्रो मुसिकोट महोत्सव सुरु
गुल्मीमा दोस्रो मुसिकोट महोत्सव सुरु भएको छ ।
राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ सुरु
भरतपुर भ्रमण वर्ष २०२४ को विशेष आकर्षण मानिएको राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ आजबाट सुरु भएको छ ।
पर्यटक भित्र्याउन एउटै प्रकृतिका संरचना निर्माण नगर्न छत्रकोटको आग्रह
छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले एउटै प्रकृतिका संरचना निर्माण नगर्न जिल्लाका अन्य स्थानीय तहलाई आग्रह गर्नुभएको छ ।
हात्तीको तस्बिर खिच्दै विदेशी पर्यटक
चितवन, पुस १२ गते । चितवनको सौराहमा बिहीबारदेखि सुरू भएको १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव– २०८१ अन्तर्गत बिहीबार सौराहमा हात्तीको फोटो खिच्दै विदेशी नागरिक। तस्बिरः रासस
पर्यटकीय गन्तव्य बन्दै ‘सेछ एडभेन्चर पार्क’
विराटनगरबाट साथीहरुसँगै घुम्न आउनुभएकी मनिशा मेहेता धरान उपमहानगरपालिका –२० स्थित चिन्डे डाँडाको सेछ एडभेन्चर एन्ड होलिडेज पार्कमा रमाइरहनुभएको अवस्थामा भेटिनुभयो ।