• १८ पुस २०८१, बिहिबार

सुदूरपश्चिम विविधतापूर्ण संस्कृतिको धनी प्रदेश : मन्त्री पाण्डे

blog

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे विविध सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै ।

काठमाडौँ, पुस १५ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश विविधतापूर्ण संस्कृतिमा धनी प्रदेश भएको उद्घोष गर्नुभएको छ ।

सुदूरपश्चिम कलाकार समाजद्वारा आयोजित पुस १५ विविध सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो । मन्त्री पाण्डेले भन्नुभयो, ‘‘सुदूरपश्चिम विविधतापूर्ण संस्कृतिले धनी प्रदेश हो । यहाँको कला क्षेत्रलाई मुलधारमा ल्याउन सफल कलाकारहरू प्रति उच्च सम्मान छ । दूरदराजमा रहेका हाम्रा भाषा,संस्कृतिलाई मूूलधारमा ल्याउने तपाईंहरूको भूमिका महत्त्वपूर्ण छ।’’

उहाँले पुस १५ लाई सुदूरपश्चिमले ठुलो पर्वको रूपमा मनाउने गरेको स्मरण गर्दै यसपर्वलाई रात छोटा र दिन लामा हुनुका साथै चिसो मौसम अन्त्य भएर न्यायो मौसमको सुरूवातको रूपमा मनाउने गरेको बताउनुभयो ।

मन्त्री पाण्डेले पछिल्लो पुस्ता मेहेनतका कारण दूरदराजका कला संस्कृतिहरूको उजागर र संरक्षणमा टेवा पुगको बताउनुभयो । उहाँले सुदूरपश्चिमेली कलाकारहरूले गुणस्तरीय गीत मार्फत आफ्नो क्षेत्रका विविध पक्षको उजार गर्ने गरेको समेत बताउनु भयो । 

उक्त  समारोहमा देउडा सम्राट एवम् नेपाली राष्ट्रिय गान छनौट समितिका सदस्य नन्दकृष्ण जोशी लगायतका दर्जनौँ कलाकारहरूले आफ्नो प्रस्तुति, छलिया नाच, देउडन नाचसमेत प्रस्तुत गर्नुभएको थियो ।