कोशीको स्थानीय उत्पादन तथा पर्यटन प्रवर्द्धनमा जोड
फेस्टिभल पछिल्लो समय कोशी प्रदेशका जिल्लामा उत्पादन हुने कृषि तथा घरेलु र पर्यटकीय क्षेत्रको प्रचारप्रसारको लागि राम्रो माध्यम बनेको छ ।
बुटवलमा हुने मेला र प्रदर्शनी ‘बुटवलको ब्राण्ड’
लुम्बिनी प्रदेशको आर्थिक राजधानी भनिने बुटवलमा हरेक वर्ष औद्योगिक व्यापार मेला तथा प्रदर्शनी आयोजना हुँदै आएको छ ।
धार्मिक पर्यटनको केन्द्र बन्दै भैरवी मन्दिर
यहाँको नीलकण्ठ नगरपालिका–६ स्थित भैरवी मन्दिर पर्यटनको गन्तव्य बनेको छ । पहाडको चुचुरोमा रहेको यस मन्दिरबाट गणेश, मनास्लु, मानापाथीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।
पर्यटन राजधानीमा २६औँ पोखरा सडक महोत्सव हुने
रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान)पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी २६औँ पोखरा सडक महोत्सव गर्ने भएको छ ।
पोखरा सडक महोत्सव पुसको १३ बाट सुरु
रेष्टुरेन्ट एण्ड बार एशोसिएसन ९रेबान० पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी २६औँ पोखरा सडक महोत्सव गर्ने भएको छ ।
पर्यटक लोभ्याउँदै आकर्षक छोङ्या ताल
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित रहेको छोङ्या ताल । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको सो ताल कागबेनीबाट नजिक पर्दछ । स्थानीयका अनुसार छो भनेको ताल र ङ्या भनेको माथि हो ।
बाँकेको लायन्स गाभर पार्क आन्तरिक पर्यटकको प्रमुख गन्तव्य
बाँकेको बैजनाथ गाउँपालिकाको चिसापानी गाभरमा निर्माण गरिएको लायन्स गाभर पार्कमा आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ ।
चितवनको घुर्केश गाउँमा घरबास सञ्चालन
चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याएको छ । पर्यटन प्रवर्द्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका हुन् ।
छिट्टै सकियो पर्यटकीय सिजन
पर्यटन व्यवसायीका अनुसार अक्टोबरदेखि डिसेम्बरसम्म पर्यटनका लागि ‘पिक सिजन’ हो तर यस पटक अघिल्लो वर्ष जस्तो पर्यटक यस क्षेत्रमा अडिन सकेका छैनन् ।
आन्तरिक पर्यटको गन्तव्य बन्दै कोशी पुल
सप्तकोशी नदीको चतरा पुल क्षेत्रमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल हुँदै आएको छ । पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गका रूपमा बनेको पुल आकर्षक पर्यटकीय स्थल बन्दै आएको छ ।
‘ठमेलमा पर्यटक आए, व्यापार बढेन’
ठमेल भन्नासाथ विदेशी पर्यटकको जमघट हुने महत्वपूर्ण गन्तव्यका रूपमा चिन्ने गरिन्छ । हुन पनि नेपाल घुम्न आउने प्रायः पर्यटक सकेसम्म यहाँ पुगेकै हुन्छन् ।
बढे हवाई पर्यटक
सन् २०२४ को ११ महिनामा हवाई मार्गबाट १० लाख ५५ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।
भारत र चीनबाट पर्यटक भित्र्याउन ‘नाइस–२०२५’ गरिँदै
पर्यटन प्रवर्द्धन गरी छिमेकी मुलुक भारत र चीनबाट धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रूपमा ‘नेपाल इन्डिया चाइना एक्सपो (नाइस–२०२५)’ गरिने भएको छ ।
मुन्दुम ट्रेल भ्रमण वर्षमा रेडपाण्डा र थार महोत्सव
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष– २०२५’का अवसरमा रेडपाण्डा र थार महोत्सव गर्ने भएको छ । मुन्दुम ट्रेल भ्रमण वर्षमा घुम्न आउने पर्यटकमार्फत नगरपालिका क्षेत्रभित्र पर्ने विभिन्न जङ्गलमा पाइने लोपोन्मुख जनावर रेडपाण्डा र थारको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
शरद ऋतुमा एक हजार दुई सय बढीलाई आरोहण अनुमति
शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण गर्न एक सय ५९ आरोही समूहका दुई सय ९४ महिला र एक हजार ७२ पुरुष गरी एक हजार दुई सयभन्दा बढीले अनुमति पाएका हुन्।
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन् ।
मादी नदीमाथि सिग्नेचर पुल बन्ने
पर्यटक भुलाउन नेपालमै पहिलो पटक तनहुँमा निर्माण भइरहेको चार लेनको पुललाई सौन्दर्यकरण गरिने भएको छ । मुग्लिन–पोखरा सडक बिस्तार आयोजना अन्तर्गत पुल निर्माणको काम पनि सँगै अघि बढाइएको हो ।
यसरी चढ्न सकिन्छ धरहरा
सरकारले गत आइतबारबाट शुल्क लिएर धरहरा चढ्नका लागि खुला गरेपछि धरहराप्रतिको आकर्षण ह्वात्तै बढेको छ । यसअघि संविधान दिवस (राष्ट्रिय दिवस) को अवसर पारेर असोज ३ गतेदेखि निःशुल्क धरहरा चढ्ने व्यवस्था गर्दैआएको सरकारले २०८१ मङ्सिर ९ गते आइतबारबाट शुल्क लिएर धरहरा चढ्न अनुमति दिएको हो ।
आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो
हाल यहाँको तापक्रम निरन्तर घटे पनि नीलो हीराका रूपमा परिचित देशको सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन जारी छ ।
मार्फामा बढ्दै पर्यटक
एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताउनुभयो ।
सुदूरपश्चिम महोत्सव आयोजना हुने
कैलालीको धनगढीमा मङ्सिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ ।
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो ।
रोनक र राचेललाई लिड क्लाइम्बिङको उपाधि
ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको उपाधि रोनक उप्रेती र अमेरिकाकी रचेल डेभिडसनले जित्नुभएको छ ।
पर्यटन र आर्थिक विकासमा गङ्गापूर्णको महत्त्व
समुद्री सतहबाट तीन हजार पाँच सय ४० मिटरमा अवस्थित गङ्गापूर्ण ताल पर्यटन र आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । मनाङ ङिस्याङ गाउँपालिका–६ मा अवस्थित गङ्गापूर्ण चिसोका कारण जम्न थालेको छ । यो हिमनदीबाट निर्माण भएको हो ।