पर्यटन क्षेत्रमा लगानीकर्ता आकर्षित
चालु आर्थिक वर्षको नौ महिनामा ४३ अर्ब सात करोड रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । प्रत्यक्ष वैदेशिक लगानी र सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) सेयर सब्स्क्रिप्सन एग्रिमेन्ट (एसएसए) गरी नौ महिनामा ४३ अर्ब सात करोड रुपियाँ लगानी प्रतिबद्धता आएको हो । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्म २६९ परियोजनामार्फत ३० अर्ब नौ करोड ९५ लाख १५ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको हो । चैत महिनामा १६ वटा परियोजनामार्फत ९६ करोड पाँच लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै नौ महिनामा सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) सेयर सब्स्क्रिप्सन एग्रिमेन्ट (एसएसए) गरी ४१ वटा उद्योगमा १२ अर्ब ९७ करोड ४५ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
२९ औँ वन्यजन्तु सप्ताह सौराहामा सुरु
चितवनमा आजदेखि २९ औँ वन्यजन्तु सप्ताह २०८१ सुरु भएको छ । हरेक वर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालीन प्रभाव पर्ने प्रकृतिका गतिविधि आयोजना गरी मनाइँदै आइएको सप्ताहमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
पर्यटन राजधानी पोखरामा नयाँ वर्षको भव्य स्वागत
देशको पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्षको भव्य स्वागत गरिएको छ । यहाँस्थित प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट शुक्रबार मध्यरातमा नयाँ वर्षको स्वागत गरिएको हो ।
मनै लोभ्याउने गोरखाको न्याउली झरना
उत्तरी गोरखाको नयाँ पर्यटकीय गन्तव्यका रुपमा ‘न्याउली झरना’को विकास हुँदै गएको छ । न्याउली झरना आफैँमा मनमोहक र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ ।
पर्यटक सूचना केन्द्र पुनः सञ्चालनमा
म्याग्दी जिल्ला भित्रका अधिकांश पर्यटकीय स्थलहरूको जानकारी प्रदान गर्नका लागि स्थापित पर्यटक सूचना केन्द्र नव वर्षको अवसरबाट पुनः सञ्चालनमा आएको छ ।
जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु
जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको पाँचौँ संस्करण आज सुरु भएको छ । ४९ किलोमिटर दौड प्रतियोगिताको आज बिहान सुरु भएको हो ।
रमणीय हाँडीकोट
रमणीय हाँडीकोट टापु । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१० मा सोलीघोप्टे आकारमा चुलिएको छ । टापु समुद्री सतहदेखि दुई हजार १९५ मिटरको उचाइमा अवस्थित छ । यसलाई बागलुङ जिल्लाको तेस्रो उच्च शिखर मानिन्छ । प्रकृतिको अनुपम सिर्जना । हाँडीकोट टापुको पूर्वतिर कालीगण्डकी अविरल आफ्नो प्रवाहमा सुसाइरहेछ । दक्षिण फर्केर हेर्दा सुदूर क्षितिजसम्म पर्वतमालाको सुन्दर प्राकृतिक कला देखिन्छ । सुन्दर र बसूँ बसूँ लाग्ने अग्लो टापु ।
ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला
सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो ।
सीमित खर्चको प्रावधानले सीमा क्षेत्रका पर्यटन प्रभावित
स्थलमार्ग भइ नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले भारु २५ हजार मात्रै ल्याउन पाउने नियमले सीमावर्ती जिल्लाका पर्यटन क्षेत्र प्रभावित भएको छ । बारा, पर्सा जिल्लामा भारतीय पर्यटक लक्षित क्यासिनोसहितका साना ठूला दुई दर्जन होटल सञ्चालनमा छन् ।