राजधानी भित्रने पर्यटकको तथ्याङ्क छैन
पर्यटकीय राजधानी पोखरा भित्रिने विदेशी पर्यटकको सङ्ख्या यकिन हुन सकेको छैन । नेपाल घुम्न आउने पर्यटकमध्ये आधा पर्यटक पोखरा भित्रने आङ्कलन गरिए पनि वास्तविक तथ्याङ्क कुनै निकायसँग पनि छैन ।
आन्तरिक पर्यटकको आकर्षण बन्दै रानीतलाउका माछा
नेपालगन्जस्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षण बन्न थालेको छ । नेपालगन्जको केन्द्रबिन्दु त्रिभुवन चोकको पूर्वपट्टी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ स्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको हो ।
म्याग्दीका वनपाखामा लालीगुराँस हेर्नेको भीड
वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वनपाखा रङ्गीबिरङ्गी लालीगुराँसले रङ्गिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा उक्लिएका छन् ।
२८ दशमलव नौ प्रतिशतले बढे विदेशी पर्यटक
यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो ।
पर्यटन प्रवर्द्धनका लागि ‘स्ट्रिट फुड फेस्टिभल’
लम्कीचुहा नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा उत्सव हुन थालेको हो । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारा चिसापानीसँगै सुदूरपश्चिम प्रदेशको मौलिक खानाको प्रर्वद्धन गर्ने उद्धेश्यले 'स्ट्रिड फुड फेस्टिभलको' आयोजना गरिएकाे हाे ।
हिमाल हेरेको आम्दानी त्रिसट्ठी लाख
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पहाडको टुप्पोमा रहेको सुन्दर पर्यटकीय स्थल घोडेपानीको पुनहिलबाट हिमाल हेरेबापत गाउँपालिकाले वार्षिक रूपमा ६३ लाख रुपियाँभन्दा बढी आम्दानी गरेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्राका लागि आएका पर्यटक घोडेपानीबाट बिहानै सूर्योदय र हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न पुनहिल पुग्ने गर्दछन् । पर्यटकको प्रवेश शुल्क, कफी सप तथा रेस्टुरेन्ट सञ्चालन गर्न पालिकाले वार्षिक रूपमा पुनहिललाई आय ठेक्कामा लगाउने गरेको छ । उक्त आय ठेक्कामा लगाएबापत चालु आर्थिक वर्षमा पालिकाले ६३ लाख ११ हजार रुपियाँ आन्तरिक आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
तेस्रो हिले उत्सवको तयारी
आगामी चैत्र २३ गतेदेखि धनकुटाको हिलेमा तेस्रो हिले उत्सव हुने भएको छ । हिलेस्थित खेल मैदानमा उत्सव हुन लागेको हो ।
ओखलढुङ्गामा ३२ फिट अग्लो बुद्धको मूर्ति निर्माण
ओखलढुङ्गाको केत्तुकेमा ३२ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ । मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुके बजार नजिकै ३२ फिट अग्लो बुद्धको पूर्ण कदको मूर्ति निर्माण गरिएको हो ।
भिटोफको नयाँ नेतृत्व चयन
नेपालका ग्रामीण क्षेत्रमा पर्यटक भित्र्याउन र घरबास (होमस्टे) प्रवर्धन गर्न क्रियाशील पर्यटन व्यवसायीहरुको संस्था गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ)को बाह्रौं अधिवेशनले आगामी कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन गरेको छ ।