ग्रामीण जीवनशैली झल्किने ‘सिरुबारी’
ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो । सिङ्गो बस्ती नै सफा र सुन्दर देखिन्छ । यो सिरुबारी गाउँको विशेषता हो । स्याङ्जाको आँधीखोला गाउँपालिका-१ स्थित सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ हो । गुजुमुज्ज परेको गुरुङ बस्ती । आफ्नै भेषभूषा र संस्कृतिले भरिएको छ । यो गाउँ घरबास (होमस्टे) सञ्चालन गर्नेहरुका लागि पाठशाला नै हो । नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्मका घरबास सञ्चालक यहाँ आएर ज्ञान र सीप लिने गर्दछन् ।
इलाममा अन्तु पर्यटन महोत्सव
अन्तुलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका-४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुई दिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो ।
सगरमाथामा आरोही घटे, बाटो निर्माण ढिलाइले आरोहण पछि सर्ने
सगरमाथामा यस वर्ष आरोहीको सङ्ख्यामा कमी आएको छ । गत वर्षको तुलनामा करिब शतप्रतिशतले आरोहीको सङ्ख्यामा कमी आएको तथ्याङ्कले देखाएको छ ।
नयाँ वर्षका लागि होटल बुकिङ उत्साहजनक
नेपाली नयाँ वर्ष २०८१ को आगमनसँगै राजधानी काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्य काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेललगायतका स्थानमा रहेका होटल तथा रिसोर्टका होटलको कोठा बुकिङ फुल भएका छन् । धुलिखेल, पनौती, बनेपामा रहेका होटल तथा रिसोर्टले नयाँ वर्षलाई लक्षित गर्दै प्याकेजहरू सार्वजनिक गरेसँग जिल्लामा रहेका अधिकांश होटलका कोठा बुकिङ फुल भएको हो ।
नयाँ वर्षका अवसरमा होमस्टेमा घुइँचो
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबिच रमाइलो गर्ने प्रचलनले नवलपुरका होमस्टेमा पर्यटकको चाप बढेको छ । पर्यटनका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । योसँगै नयाँ वर्षको रौनकताले यहाँका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बाक्लिएको हो ।
नयाँ वर्षको अवसरमा पर्यटकले होमस्टे भरिभराउ
नयाँ वर्षको अवसरमा स्थानीय होमस्टे पर्यटकहरूले भरिभराउ भएको छ । विगत वर्षझैँ यो वर्ष पनि नवलपुरका होमस्टेमा पर्यटकको चाप बढेको देखिएको छ ।
पर्यटन राजधानी पोखरा: जाग्दै आशा, बढ्दै लगानी
अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका पर्यटनको राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट थप खुसी छन् ।
चैतेदसैँमा कालिका मन्दिरमा धार्मिक पर्यटकको घुइँचो
चैतेदसैँ सुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको छ । चैतेदसैँमा कालिका मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।
‘पर्यटकीय गन्तव्यको पूर्वजानकारी दिन सूचना बोर्ड’
पर्यटकलाई आफू पुग्ने पर्यटकीय गन्तव्यको पूर्वजानकारी दिन तल्लो मनास्लु पर्यटकीय पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको छ ।