अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
विसं २०७३ देखि जिल्लाको पहिलो घरबासका रुपमा अतिथि सत्कारमा पछिल्लो समय आन्तरिकभन्दा विदेशी पर्यटकको सङ्ख्या बढी हुने गरेको घरबास सञ्चालक समितिले जनाएको छ ।
हिमालमा चिकित्सकसहितको टोली
हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ । वसन्त ऋतु सुरु भएसँगै पर्वतीय पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य सेवालाई ध्यानमा राख्दै सङ्घले स्वदेशी र विदेशी चिकित्सकको टोली खटाएको हो ।
हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान
गत आइतबार सगरमाथा क्षेत्र भ्रमणका लागि पुगेका दुई जना भारतीय पर्यटकका लागि हेलिकप्टर वरदान साबित भयो ।
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आउनुभएका स्थानीय केशव सिलवाल कोभिड–१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी हुनुहुन्छ ।
बराहक्षेत्रमा कुम्भमेलाः तीस लाख पर्यटक भित्र्याउने लक्ष्य
पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यसपटकको मेलामा ३० लाख पर्यटक आउने आकलन गरेर सोहीअनुरुप व्यवस्थापन थालिएको जनाएको छ ।
भरतपुर आउने पर्यटकले बाघ देख्न पाउने
निकुञ्जमा बाघ देख्न पाउँदा पर्यटकले आफूलाई निकै भाग्यमानी ठान्दछन् । यहाँ आउने पर्यटकले आकलझुकल मात्र बाघ देखे भने निकुञ्जबाहिर आएर खुसी आदानप्रदान गर्ने गर्दछन् ।
पर्यटनको केन्द्र बन्दै पुरन्धरा झरना
बबई नदीबाट करिब १० मिटर पूर्वमा छ, पुरन्धरा झरना । बबई गाउँपालिका–५ मा पर्ने यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
ढुङ्गामा आकृति बनाएर पर्यटक लोभ्याउँदै आँबुखैरेनी
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको ऐना पहराको ढुङ्गामा बनाईएको विभिन्न आकृतिले पर्यटकको ध्यान खिच्न थालेको छ । निर्माण पुरा नहुँदै आकृति हेर्न यतिबेला सयौं पर्यटक पुग्ने गरेका छन् । ढुङ्गा खोपेर आकर्षण बनाउने काम अन्तिम चरणमा पुगेको र वैशाख १ गते देखि टिकट बिक्री गरी आम्दानी लिने सोच राखिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । ऐना पहरामा रहेको झरनामा रमाउन आउने पर्यटकलाई थप आकर्षित बनाउन आकृति खोप्ने कामलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडियो, टिकटक बनाउनेको भीड लागेपछि गाउँपालिकाले ऐना पहरोलाई पर्यटनको प्रमुख आकर्षण गन्तव्य बनाउन आकृति खोपिएका हुन् । गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको यस झरनामा
२५ जना महिला गाइडले लिए माउन्टेन रेस्क्यु तालिम (फोटो फिचर)
सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला गाइडहरूलाई रेस्क्यू सम्बन्धी तालिम प्रदान गरेको छ । सीपयुक्त जनशक्तिको विकास नगरेसम्म गुणस्तरीय पर्यटन प्रवर्द्धन सम्भव नहुने भन्दै नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले महिला गाइडहरूलाई सात दिने रेस्क्यू तालिम प्रदान गरेको हो ।