• १६ भदौ २०८१, आइतबार

सगरमाथा जोगाउने वीर शेर्पाहरू हुन् : मन्त्री पाण्डे

blog

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहित कार्यक्रममा सहभागीहरु । तस्बिर : पर्यटन मन्त्रीको सचिवालय

काठमाडौं, भदौ १४ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल जोगाउने वीरहरू भनेका शेर्पा समुदाय भएको उद्घोष गर्नुभएको छ।

शुक्रबार नेपाल पर्वतीय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विश्वमा वीर गोर्खाली भनेर चिनिए जस्तै सगरमाथालाई चिनाउने वीरहरू शेर्पा भएको बताउनुभयो। 

मन्त्री पाण्डेले भन्नू भयो,प्रत्येक समाज र देशको आ-आफ्नै संस्कृति छ। वीर गोरखाली र हाम्रा पोरख गर्ने हिमाल चढ्ने र चढाउने हिमाली शेर्पाहरू हुन्

हाम्रो साहसिक शेर्पाहरूले नै हिमाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु भएको छ। उहाँले संस्कार र संस्कृति गुमाउने हो भने नेपालले आफ्नो अस्तित्व गुम्ने प्रष्ट पार्नुभयो।

मन्त्री पाण्डेले माउन्टेन एकेडेमीलाई अन्तर्राष्ट्रिय शैक्षिक हबका रूपमा अघि बढाउनु पर्ने समेत बताउनुभयो। उहाँले भन्नू भयो,अब यसलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय बनाउनुपर्छ। सोलुखुम्बु र त्यस क्षेत्र वरपरका मात्रै होइन, संसारभरका विद्यार्थीहरू पढ्ने गरी दायरा विस्तार हुनेमा आगामी दिनमा विश्वास व्यक्त गरेको छु। मन्त्री पाण्डेले नाथम र माउन्टेन एकेडेमीलाई मर्ज नगरिने समेत विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा पूर्वमन्त्री बलबहादुर केसी, पूर्वमन्त्री शङ्कर प्रसाद कोइराला, प्रतिष्ठानका पूर्व अध्यक्ष शङ्कर प्रसाद पाण्डे, प्रतिष्ठानका पूर्व अध्यक्ष, प्रेम कुमार श्रेष्ठ ,सन्तोष थापा मगर, लाप्पा फुटी शेर्पा सम्मानित गरियो । साथै कार्यक्रममा माउन्टेन एकेडेमीका विद्यार्थीहरूले अनुसन्धान गरेको जर्नल र भ्वाइस अफ हिमालको विमोचन समेत गरिएको थियो।