• ३१ वैशाख २०८२, बुधबार

अरिङगालको टोकाइबाट आठ घाइते

blog

फाइल तस्बिर

अनिल पराजुली

हेटौँडा, वैशाख ३१ गते । हेटौँडा उपमहानगरपालिका –११ सहिद स्मारकमा अरिङगालको टोकाइबाट आठ जना घाइते भएका छन् । मङ्गलबार बिहान कुल पूजाका लागि घरनजिक रहेको स्मारक जङ्गलमा (सहिद स्मारक पार्कभन्दा बाहिर) आगो बाल्ने क्रममा अरिङ्गालले टोक्दा उहाँहरू घाइते हुनुभएको हो । 

अरिङगालको टोकाइबाट मकवानपुर हेटौँडा उपमहानगरपालिका–११ सहिद स्मारकका २२ वर्षीय शर्मिला गुरुङ, ७८ वर्षीय रनुमाया गुरुङ, ६१ वर्षीय क्षेत्रबहादुर गुरुङ, ३४ वर्षीय अमिला गुरुङ घाइते हुनुभएको छ । त्यस्तै, सोही स्थानका ३७ वर्षीय कविता गुरुङ, ६५ वर्षीय कृष्णमाया गुरुङ, ६४ वर्षीय सुन्तलीमाया गुरुङ र १९ वर्षीय सन्जोग गुरुङ घाइते हुनुभएको छ । उहाँहरूको शरीरको विभिन्न भागमा अरिङ्गालले टोकेको थियो । 

हेटौँडा अस्पतालमा उपचारपश्चात् सात जना डिस्चार्ज हुनुभएको छ भने रनुमायाको हेटौँडा अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक प्रवक्ता एवम् सूचना अधिकारी सञ्जय सिंह थापाले जानकारी दिनुभयो ।