सन्तोष सुवेदी
कास्की, वैशाख ३१ गते । मरेको खसी काटी बेचविखन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका १६ स्थित मोडेल सप्लार्यसमा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र पोखरा लाईभ स्टोर्स एण्ड कृषि फर्ममा काम गर्ने ३२ वर्षीय राम गुरुङ रहेका छन् ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले फर्ममा मरेको खसीलाई डे«सिङ गरिरहेको तथा बिक्री वितरण गर्ने तयारी रहेको ५४ किलो खसीको मासुसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुलाई कालो बजारी तथा केही सार्वजानिक अपराधसम्बन्धी कसूरमा पाँच दिनका लागि म्याद थप गरिएको छ ।