• ९ मंसिर २०८१, आइतबार

रोनक र राचेललाई लिड क्लाइम्बिङको उपाधि

blog

क्लाइम्बिङ प्रतियोगितामा विजेता खेलाडी ।

काठमाडौँ, मङ्सिर ९ गते । ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको उपाधि रोनक उप्रेती र अमेरिकाकी रचेल डेभिडसनले जित्नुभएको छ । 

मुसा मसला र वोङ्छु पिक प्रमोसनको संयुक्त आयोजनामा भएको प्रतियोगितामा रोनक पुरुषतर्फ र राचेल महिलातर्फ च्याम्पियन बन्नुभयो । 

काठमाडौँ स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा भएको प्रतिस्पर्धाको पुरुषतर्फ अमेरिकाका भिनसेन्ट सबलिच दोस्रो तथा नेपालका पेम्बा सेवाङ शेर्पा तेस्रो हुनुभयो । महिलातर्फ नेपालकी स्वस्तिका चौधरी दोस्रो तथा अन्ने माई बन तेस्रो बन्नुभयो । 

प्रतियोगिताको च्याम्पियन रोनक र राचेलले ३५ हजार रुपियाँ, मेडल र प्रमाणपत्र तथा दोस्रोले समान २५ हजार रुपियाँ र तेस्रोले १५ हजार रुपियाँ पुरस्कार र गिफ्टह्याम्पर पाउनुभयो । 

अन्तर्राष्ट्रिय आरोहण खेलकुद महासङ्घ आईएफएससीको नियम र मापदण्ड अनुसार सञ्चालन गरिएको एकदिने प्रतियोगितामा नेपाल र विदेशका गरी ४० खेलाडीको सहभागिता रहेको आयोजक वोङ्छु पिक प्रमोसनकी प्रबन्ध निर्देशक लाक्पा शेर्पाले जानकारी दिनुभयो ।