‘पर्यटन राजधानी’ घोषणा हुँदै पोखरा
नेपालको करिब मध्य भागमा पर्ने पोखरालाई तीन तहकै सरकारले पर्यटकीय सहर मानेका छन् । विभिन्न तथ्याङ्कले नेपाल आउनेमध्ये करिब ४० प्रतिशत पर्यटक पोखरा आएको देखाउँछन् । धेरै आन्तरिक पर्यटककै रोजाइमा पनि यो सहर पर्छ । पोखराको थप प्रवर्द्धन गर्न र पर्यटनकै माध्यमबाट यो क्षेत्रको विकास गर्ने उद्देश्यले पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा घोषणा गरिँदै छ ।
बाबुछिरी क्लाइम्बिङको उपाधि सिर्जना र तेन्जिङको पोल्टामा
स्वर्गीय बाबुछिरी शेर्पा खुल्ला क्लाइम्बिङ प्रतियोगिताको उपाधि सिर्जना तामाङ र तेन्जिङ राईले जितेका छन् । महिला तर्फ तामाङ र पुरुष तर्फको राईले उपाधि हात पारेको हो ।
अग्लो स्थानमा पर्यटन महोत्सव हुँदै
आगामी नयाँ वर्ष २०८१ मा प्युठानको पर्यटकीयस्थल मल्लरानी र स्याउलिवाङमा पर्यटन महोत्सव आयोजना गर्न लागिएको छ ।
ऐतिहासिक रानी तलाउको स्तरोन्नति
नेपालगन्ज ८ मा रहेको ऐतिहासिक पर्यटीय स्थल रानीतलाउ उद्यानमा थप पूर्वाधार निर्माण गर्नुका साथै सेवा सुविधा समेत विस्तार गरेर स्तरोन्नती गर्ने कार्य सुरु गरिएको छ ।
रेसुङ्गा विमानस्थलमा हप्ताको तीन पटक उडान हुने
गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको तीन पटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुँदै आएकोमा अगामी सोमबार ९चैत ५ गते० देखि हप्तामा तीन पटक उडान हुने भएको हो ।
दोलखादेखि कालिञ्चोकसम्म
हामी २०८० साल पुस २० गते शुक्रबार दोलखा जिल्लाको भ्रमणमा गयौँ । स्कुलमा जाडो बिदा भएकाले हामी घुम्न गएका हौँ । दोलखा जाँदा काठमाडौँबाट गाडी चढेपछि भक्तपुर, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक हुँदै दोलखा सदरमुकाम चरीकोट पुगिने रहेछ । चरीकोटबाट केही पर दोलखा बजारमा मेरो आफन्तको घर भएकाले बास बस्न त्यता गयौँ । काठमाडौँ छोडेर म पहिलो पटक गाडीको लामो यात्रामा हिँडेको थिएँ । दोलखामा बस्दा, दोलखा भीमसेनको मन्दिर, कालिञ्चोक मन्दिर र जिरी घुम्न पाएँ । ती सबै ठाउँको घुमघामका बारेमा केही लेख्दै छु ।
नेपालगन्जमा प्रदेशस्तरीय औद्योगिक, कृषि, व्यापार तथा पर्यटन महोत्सव हुने
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेले आर्थिक गतिविधिलाई चलायमान गर्ने उद्देश्यले नेपालगन्जमा सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।
धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक
धार्मिक एवं ऐतिहासिक तथा पर्यटकीय क्षेत्रका रुपमा पहिलोपटक १७ फ्रान्सेली नागरिक गुफा हेर्न पुगेका हुन् । यति धेरै सङ्ख्यामा बाह्य पर्यटकको आगमन भएपछि गुफा समिति र गाउँपालिकाले टीका तथा माला लगाएर पर्यटकलाई स्वागत गरेको गाउँपालिकाका अध्यक्ष भूपाल पोख्रेलले बताउनुभयो ।
घट्दै चिसो बढ्दै पर्यटक
चक्रीय अन्नपूर्ण पदमार्गमा यति बेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीय याम सुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो ।