• २२ वैशाख २०८२, सोमबार

सोक्ला रक क्लाइम्बिङ प्रतियोगितामा सक्सेस लामा प्रथम

blog

सुजन काफ्ले

चरिकोट, वैशाख २२ गते । सोक्ला रक क्लाइम्विङ महोत्सव तथा प्रतियोगिता २०८२ को उपाधि सक्सेस लामाले हात पार्नुभएको छ। रक क्लाइम्विङ प्रतियोगितामा लामाले १ मिनेट १४ सेकेन्डमा ३० मिटरको रक आरोहण गरेर प्रथम भएको हो।  

सोक्ला भ्यालीलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ आयोजना गरिएको तेस्रो रक क्लाईम्विङ प्रतियोगितामा रोशन रसाइली दोस्रो हुनुभएक्क छ। उहाँले १ मिनेट ३० सेकेन्डमा सो दुरी आरोहण गर्नुभएको थियो । 

यस्तै पूजन श्रेष्ठ तेस्रो हुनुभएको छ भने सान्त्वना भरत कार्की हुनुभएको छ ।  

सोक्लाश्वरी पर्यटन विकास समाजले सोक्ला भ्यालीलाई ‘एडभेन्चर क्लाइम्बिङ हब’को रूपमा प्रवर्द्धन गर्न रक क्लाईम्विङ महोत्सव तथा प्रतियोगिता गर्दै आइरहेको छ ।  

वैशाख २० र २१ गते भएको रक क्लाईम्विङ प्रतियोगितामा रक क्लामिबङ महोत्सवको अवसरमा हिमाल आरोही, नेपाल स्काउट, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल गरी १०३ जना सहभागी भएको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिनुभयो। उहाँका अनुसार सोक्ला र चक्पाको बिचमा पर्ने भीर ५२० मिटर उचाइको रहेको छ । 

नेपाल पर्यटन बोर्ड र भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा रक क्लाइम्विङ महोत्सव सप्पन्न भएको हो ।  

रक क्लाइम्विङको लागि २४र२४ मिटरको तीन वटा सिंगल पिचको रक रुट तयार गरिएको छ । यसमध्ये एउटा रुटलाई सय मिटरको उचाइमा पुर्‍याएको माउन्टेन गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष सञ्जीव गुरुङले जानकारी दिनुभयो।  

सोक्ला भ्यालीलाई ‘एडभेन्चर क्लाइम्बिङ हब’को रूपमा विकास गर्न उत्तरी क्षेत्र सिंगटीबाट तामाकोसी नदीमा र्याफ्टीङ गर्ने, गुमडाडाबाट प्याराग्लाइडिङ र जिप लाइन सञ्चालन गर्ने आगामी योजना रहेको सोक्लाश्वरी विकास समाजका अध्यक्ष पाख्रिनले जानकारी दिनुभयो।

पर्यटन विकास समाजले २०७८ देखि सोक्ला भ्यालीको चरा पर्यावरण, प्रकृतिसँगै संस्कृति, पर्यटन प्रवर्द्धन, पर्यटकीय पूर्वाधार विकासमा रचनात्मक कार्यहरू गर्दै आइरहेको छ । 

समाजले यसअघि जापानीज नागरिकहरूको हिकारी संङ गिफ्ट कार्यक्रम, फ्रान्सको दूतावासको सहयोगमा रक क्लाइम्ङि हाइकिङ गर्नुभएको थियो । यसपछि समाजले साहसिक गन्तव्यको रूपमा सोक्ला भ्यालीलाई प्रवर्द्धन गर्ने क्रममा रक क्लाइम्विङ परियोजना सञ्चालन गर्दै आइरहेको छ ।  

समाजका अध्यक्ष पाख्रिनले सोक्ला भ्यालीमा साहसिक गन्तव्यको विभिन्न सम्भावना भएको बताउनुभयो। यहाँ बन्जिजम्प, जिपलाईन, साइक्लिङ, चराका प्रजाति अध्ययन केन्द्र, मरेङ खोलामा क्यानोनिङ, सिंगटीदेखि सोक्ला भ्यालीसम्म र्‍याफ्टिङ जस्ता सम्भावना भएको पाख्रिनको भनाई छ ।  

सदरमुकाम चरिकोटबाट आठ किलोमिटर दुरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिकरूपमा समेत महत्वपूर्ण रहेको छ ।

सोक्ला गाउँ विशेष गरी कृषि पर्यटनसँगै, पर्यापर्यटन, साहसिक पर्यटन, चरा पर्यापर्यटन, गौरिशंकर शृङ्खलाको दृश्य हेर्ने गन्तव्य र धार्मिक अध्ययन अनुसन्धानका लागि यो क्षेत्र प्रसिद्ध छ ।


रक क्लाइम्बिङगर्दै खेलाडी ः तस्बिर: सुजन काफ्ले