नयाँ वर्षका लागि होटल बुकिङ उत्साहजनक
नेपाली नयाँ वर्ष २०८१ को आगमनसँगै राजधानी काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्य काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेललगायतका स्थानमा रहेका होटल तथा रिसोर्टका होटलको कोठा बुकिङ फुल भएका छन् । धुलिखेल, पनौती, बनेपामा रहेका होटल तथा रिसोर्टले नयाँ वर्षलाई लक्षित गर्दै प्याकेजहरू सार्वजनिक गरेसँग जिल्लामा रहेका अधिकांश होटलका कोठा बुकिङ फुल भएको हो ।
नयाँ वर्षका अवसरमा होमस्टेमा घुइँचो
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबिच रमाइलो गर्ने प्रचलनले नवलपुरका होमस्टेमा पर्यटकको चाप बढेको छ । पर्यटनका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । योसँगै नयाँ वर्षको रौनकताले यहाँका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बाक्लिएको हो ।
नयाँ वर्षको अवसरमा पर्यटकले होमस्टे भरिभराउ
नयाँ वर्षको अवसरमा स्थानीय होमस्टे पर्यटकहरूले भरिभराउ भएको छ । विगत वर्षझैँ यो वर्ष पनि नवलपुरका होमस्टेमा पर्यटकको चाप बढेको देखिएको छ ।
पर्यटन राजधानी पोखरा: जाग्दै आशा, बढ्दै लगानी
अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका पर्यटनको राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट थप खुसी छन् ।
चैतेदसैँमा कालिका मन्दिरमा धार्मिक पर्यटकको घुइँचो
चैतेदसैँ सुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको छ । चैतेदसैँमा कालिका मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।
‘पर्यटकीय गन्तव्यको पूर्वजानकारी दिन सूचना बोर्ड’
पर्यटकलाई आफू पुग्ने पर्यटकीय गन्तव्यको पूर्वजानकारी दिन तल्लो मनास्लु पर्यटकीय पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको छ ।
बढ्दो व्यापारसँगै थपिँदै हेलिकप्टर
पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकप्टरको माग बढ्दो भएको हेली एभरेष्टका बजार प्रमुख सिताराम सापकोटा बताउनुहुन्छ ।
सुके पोखरी क्षेत्रमा ढकमक्क फुले लालीगुराँस (फोटो फिचर)
पाँचथरको फिदिम नगरपालिका-१४ स्थित सुके पोखरी र लोहकिल क्षेत्र हिजोआज गुराँस ढकमक्क फुलेको छ । यस क्षेत्रमा फुलेका रङ्गी विरङ्गी गुराँसले वन र डाँडापाखा ढकमक्क बनेको हो ।
हवाई टिकटमा भ्याट हटाउन माग
हवाई टिकटमा लगाइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने निजी क्षेत्रले माग गरेको छ । नेपाल उद्योग परिसङ्घले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिले पर्यटन क्षेत्रको विकासका लागि पनि यस्तो व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन् ।