• २६ चैत २०८१, मङ्गलबार

पर्यटन प्रवर्धनका लागि सांस्कृतिक भवन निर्माण

blog

भवनको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आले । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत २४ गते । ग्रामिण पर्यटन प्रवर्धन गर्ने उद्देश्यले तनहुँको भिमाद नगरपालिका–५ स्थित पर्यटकीय गाउँ मिर्छुलुङमा सांस्कृति भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।

भवनको गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री एवम् गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आलेले आइतबार उद्घाटन गर्नुभयो । सो अवसरमा आलेले यस गाउँमा सञ्चालित सामुदायिक घरबासले पर्यटकको मन जितिरहेकोले थप आकर्षण बढाउन भवन निर्माणको लागि प्रदेश सरकारले सहयोग गरेको बताउनुभयो । उहाँले घरवासमा बस्ने पाहुनालाई यहाँको स्थानीय उत्पादनबाट बनेका परिकार खुवाउनुका साथै स्थानीय सांस्कृतिक झाँकीले मनोरञ्जन प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटन पूर्वाधार कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश सरकारले ३७ लाखमा निर्माण गरिएको मिछुर्लुङ क्षेत्र विकास तथा भ्युटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिनुभयो । सोही गाउँमा  मिछुर्लुङ सेमिनार हल निर्माण गरिएको को भिमाद ५ का वडाध्यक्ष पदम बहादुर थापाले आइतबार उद्घाटन गर्नुभयो । उक्त भवन भिमाद नगरपालिकाबाट १५ लाखमा मिछुर्लुङ सेमिनार हल निर्माण गरिएको थापाले जानकारी दिनुभयो ।

मिछुर्लुङ सामुदायिक होमस्टेको अग्रसरतामा पर्यटन पूर्वधार कार्यक्रम मार्फत मिछुर्लुङ बहुउदेश्यीय भवनको निर्माण भएको हो । स्थानीय उत्पादन, स्थानीय वेशभूषा, चालचलनको प्रष्ट झल्को दिने सामग्री राख्ने, सांस्कृतिक प्रस्तुति देखाउन सांस्कृतिक भवन निर्माण गरिएको हो । 

मगर समुदायको कौरा, झ्याउरे, अर्गानिक परिकार मिर्छुलुङ घरवासको विशेषता हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा  क्यानोनिङ सञ्चालन गरिएको छ ।