• २५ जेठ २०८२, आइतबार

सशस्त्रका छत्यालद्वारा सगरमाथाको सफल आरोहण

blog

प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल बैशाख १४ गते सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक बिदाइ गर्नुहुँदै । फाइल तस्बिर

काठमाडौं, जेठ ४ गते । सगरमाथा संवादको सन्देशसहित हिमाल आरोहणमा गएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गर्नु भएको छ । 

जेठ ४ गते बिहान ९ः२० बजे उहाँले सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेसक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिनुभयो । उहाँसँगै गएका वङ्दी शेर्पाले पनि सोही समयमा  सगरमाथाको सफल आरोहण गर्नुभयो 

जेठ २ गतेदेखि ४ गतेसम्म आयोजना भएको सगरमाथा संवाद कार्यक्रममार्फत सगरमाथा संवाद सन्देशलाई विश्वमाझ प्रबर्द्धन  गर्ने उद्देश्यले सद्भावना दुतको रुपमा उहाँले सगरमाथा आरोहण गर्नुभएको हो । 

सहायक निरीक्षक छत्यालले बैशाख २२ गते ६ हजार ११४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गर्नुभएको थियो । सहायक निरीक्षक छत्याल ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गर्नु भएको थियो । उहाँलाई बैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक बिदाई गर्नुभएको थियो । 

सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय उच्च भूभाग बिपद् उपशाखामा  कार्यरत रहनु भएको जानकारी सशस्त्र प्रहरी सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिनुभएको छ ।