गोरखाको पालुङटारमा कुमाल सङ्ग्रहालय निर्माण
गोरखाको पालुङटारमा कुमाल समुदायको इतिहास, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले पालुङटार–७, ढिकिडाँडामा कुमाल सङ्ग्रहालय निर्माण भएको छ।
रायो सागमा ९९ प्रतिशतभन्दा बढी विषादी भेटियो
झापाको दमकको सब्जी बजारमा बिक्रीका लागि ल्याइएका हरियो र ताजा देखिने सागसब्जीमा अधिक विषादी हुने गरेको पाइएको छ ।
एसिसी यू–१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ ।
इनरुवा-कौवाखोच सडक निर्माण गर्न दबाब
सुनसरीको सदरमुकाम इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु गरेको छ ।
पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश
ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् ।
बजेट अभावले रङ्गशाला निर्माणमा ढिलाइ
गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर–६, अमरपुरको बुल्मचौरमा निर्माणाधीन रङ्गशाला निर्माणमा ढिलाइ भएको छ ।
हराउँदै थारू समुदायको परम्परागत खानपान र जीवनशैली
थारु समुदायको पहिचान परम्परागत मौलिक नाचगान, भेषभूषा, कला, संस्कृति मात्र होइन, उनीहरूको खानपान प्रणाली पनि अनौठो र अनुकरणीय छ । तर पछिल्लो समय थारु परम्परागत खानपान र जीवनशैली हराउन थालेका छन् ।
एचआइभी नियन्त्रणमा के कस्ता चुनौती छन् ?
एड्सबाट मृत्यु भएका व्यक्तिहरूको सम्झना प्रत्येक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइन्छ ।
पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात
पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब रुपियाँ बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२-८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो ।
शिक्षासम्बन्धी समस्या समाधानका लागि विद्यालय अनुगमन
बाँकेको दुर्गम र पिछिडिएको क्षेत्र मानिने नरैनापुर गाउँपालिकाको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पालिकाभित्रका सबै बिद्यालयको अनुगमन सुरु गरिएको छ ।
ट्रक दुर्घटना हुँदा चालक घाइते
बेनी दरवाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका –४ र मङ्गला गाउँपालिका –२ को सिमाना घुमाउनेभीरमा ट्रक दुर्घटना हुँदा चालक घाइते हुनुभएको छ ।
एक मृत र एक अर्धबेहोस चितुवा भेटियो
गोरखामा एक मृत र अर्को अर्धबेहोस अवस्थामा चितुवा भेटिएको छ । आइतबार बेलुका बारपाक सुलीकोट गाउँपालिका –८ स्थित ढिकी डाँडाको सामुदायिक वनमा मृत अवस्थामा भाले चितुवा र अर्धबेहोस अवस्थामा भाले चितुवा भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनकुमार साण्डिल्यले जानकारी दिनुभयो ।
सेवाग्राहीको थाप्लोमा भ्रष्टाचारको भारी
‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ प्रायःजसो सरकारी कार्यालयको भित्तामा यस्तै सन्देश टाँसिएको भेन्टिछ । कामको सिलसिलामा ती कार्यालयमा पुग्ने जोकोहीले भित्ता भित्तामा टाँसिएका यस्ता सन्देश झट्ट पढ्दा त ‘आहा’ भन्ने नै भए । तर जब काममा ढिलासुस्ती हुँदै जान्छ र अनावश्यक उल्झन तथा हैरानीले गलाउँछ अनि सेवाग्राही बाध्य भएर भन्ने गर्छन्, “घुस्याहा, भ्रष्टहरू ।”नेपाली समाजमा ‘सरकारी काम कहिले जाला घाम’ उखान चलनचल्तीमा छ ।
ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार
म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।
रुरु र छत्रकोटका घरटहरा हटाउँदै स्थानीय
गुल्मीको मदन भण्डारी राजमार्गमा पर्ने रुरुक्षेत्र र छत्रकोट गाउँपालिकाको घर टहरा स्थानीय आफैले भत्काउन थालेका छन् । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, गुल्मीले निर्माणको काममा अवरोध भएपछि दुई पालिकालाई घर टहरा हटाउन सहजीकरण खोजेको थियो ।
म्याद सकिनै लाग्दा आधा मात्रै काम
तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको सम्झौताको समयावधि सकिन केही दिन बाँकी रहँदा ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
ठक्करबाट ट्याक्टर चालकको मृत्यु
सप्तरीको खडक नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ११ बनौलीस्थित हुलाकी सडकखण्डमा प्रदेश २-०१-००१ प १७०८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा ४२ बर्षीय दिप्रेन्द्र पासवानको मृत्युभएको हो ।
सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम
तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
महाधिवेशन प्रतिनिधि छनोटमा एमाले
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सात जिल्लाका १४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र, दलित र मजदुर क्षेत्रबाट प्रतिनिधि छानिएका छन् । बझाङ र डोटीमा भने प्रतिनिधि छनोटमा विवाद छ । बझाङ र डोटीबाहेकका जिल्लाबाट ११६ जना प्रतिनिधि छानिएका छन् । अधिकांश क्षेत्रका प्रतिनिधि सर्वसम्मतिले छानिए पनि कैलाली क्षेत्र नम्बर १, ४ र ५ तथा कञ्चनपुरको क्षेत्र नम्बर १ र ३ मा शनिबार निर्वाचन भएका थिए । कैलालीका २ र ३, कञ्चनपुरको २, अछामका १ र २, बाजुरा, डडेलधुरा बैतडी, दार्चुला, दलित र मजदुर क्षेत्रले प्रतिनिधि सर्वसम्मतिले छानेको थियो ।
समयमै सूचना दिए विपत् न्यूनीकरण
जल तथा मौसमजन्य विपत्को समयमै सही सूचना दिएर जनधनको क्षति कम गराउन प्रदेशका सरोकारवालाले जल तथा मौसम विज्ञान विभागलाई सुझाव दिएका छन् । विगतमा सही समयमा सही सूचना नपाउँदा जनधनको क्षति भएकाले अब अत्याधुनिक प्रणालीबाट एकै पटक धेरैलाई सही सूचना दिएर क्षति कम गराउन सकिने उनीहरूको भनाइ छ ।
बाढीपहिरोपीडितको अझै भएन व्यवस्थापन
तीन वर्षअघि भीषण वर्षाका कारण मुगु जिल्लाका विभिन्न ठाउँमा गएको बाढीपहिरोले सयौँ घरपरिवार विस्थापित भए । विस्थापित भएको ४४ महिना पुग्दा पनि पीडितको व्यवस्थापन हुन सकेको छैन । २०७९ को असोजको तेस्रो सातामा आएको बाढीले जिल्लाको छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका एक हजार तीन सय घरमा पूर्ण तथा आंशिक क्षति भएको थियो ।
राजमार्ग विस्तार : साढे ११ हजार रुख कटान आदेश
सर्लाही, महोत्तरी र धनुषा जिल्लामा पूर्वपश्चिम राजमार्ग विस्तारका लागि साढे ११ हजार रुख कटानको आदेश भएको छ ।