आजको राशिफल
आजको राशिफल
लुम्बिनी प्रदेश सभा बैठकः सङ्घीय र प्रदेश सरकार वरिपरी छलफल
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत आठौं बैठकमा संघीय र प्रदेश सरकार संग सरोकार राख्ने बिषयमा प्रदेश सभा सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् ।
दुई पुस्तक बजारमा
अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमूलक इतिहासका दुई पुस्तक सार्वजनिक भएका छन् । घर्तीका ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ पुस्तकको दोस्रो संस्करण हालै बजारमा आएका छन् ।
नयाँ वर्षमा ‘पहाड’ र ‘राम नाम सत्य’
नयाँ वर्ष २०८३ साललाई लक्षित गर्दै दुई चलचित्र ‘पहाड’ र ‘राम नाम सत्य’ प्रदर्शन हुने भएका छन् । आगामी चैत २७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘राम नाम सत्य’ मा द्वन्द्वसँगै सामाजिक कथावस्तु रहेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ८४ पैसा र बिक्रीदर १४८ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।
अन्तर्राष्ट्रिय वितरण अधिकार घोषणा
चलचित्र ‘लालीबजार’ को सम्पूर्ण प्राविधिक काम सम्पन्न भएको छ । चलचित्र तयार भएसँगै निर्माण कम्पनी षट्कोण आर्ट्सले यसको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा गरेको छ । चलचित्रमा समावेश गीत ‘मायालाई के दिऊँ म बैना’ लोकप्रिय भएसँगै विदेश अधिकार खरिदका लागि प्रस्ताव आइरहे पनि निर्माण पक्षले प्राविधिक रूपमा तयार भएपछि चलचित्रको प्रदर्शन अधिकार बिक्री गर्न लागेको हो ।
घट्यो कच्चा तेलको मूल्य
एक महिनादेखि निरन्तर बढ्दै गएको कच्चा तेलको मूल्यमा गिरावट आएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साताका लागि युद्धविराम गर्ने सहमति जनाएपछि बुुधबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उच्च गिरावट आएको हो । कच्चा तेलको मूल्य १५ प्रतिशतले घटेर प्रतिब्यारेल ९५ अमेरिकी डलरमा झरेको छ । पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण निरन्तर तेलको मूल्य बढेर प्रतिब्यारेल १२० अमेरिकी डलरसम्म पुगेको थियो ।
पोखराको सभागृहचोकमा महिलाको हत्या
पोखरा महानगरपालिका वडा नम्बर ८, सभागृहचोकमा बुधबार साँझ एक महिलाको हत्या भएको छ । साँझ ७ः०८ बजे एक युवकले ती महिलाको टाउकोको पछाडिबाट धारिलो हतियार प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
‘आर्थिक गतिविधि पुनः चलायमान’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जटिल अवस्थामा निजी क्षेत्रको मनोबल जोगाउनु आफूहरूको पहिलो प्राथमिकता रहेको र त्यसमा आफू नेतृत्वको महासङ्घको कार्यसमिति सफल रहेको बताउनुभएको छ ।
पश्चिमी न्यूनचाप सक्रिय, वर्षा–हिमपात सम्भावना
हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ ।
राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्नुहुने
राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको बैठकलाई सम्बोधन गर्नुहुने छ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ३ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ ।
शासकीय स्वरूप र निर्वाचन प्रणाली संशोधन प्रस्ताव
सरकारले संविधान संशोधनका सन्दर्भमा राजनीतिक दलसँगको विमर्श आरम्भ गरेको छ । सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ ले संविधान कार्यान्वयनको समीक्षा र संशोधनका अन्तरवस्तुका बारेमा छलफल प्रारम्भ गरेको हो ।
सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिमा विश्वास
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिमा विश्वास राख्ने औँल्याउँदै अन्तर्राष्ट्रिय सहयोग र सद्भावको आशा सरकारले राखेको विश्वका कूटनीतिज्ञमाझ प्रस्ट पार्नुभएको छ । सो क्रममा उहाँले विश्वशान्तिको पक्षधर नेपाल रहेकाले सबैको साझा प्रयास शान्ति स्थापनामा हुनुपर्ने बताउनुभयो ।
उपसभामुख निर्वाचन भोलि
प्रतिनिधि सभाको उपसभामुख चयन चैत २७ गते शुक्रबार हुने भएको छ । उपसभामुख चयन प्रक्रियाको कार्यतालिका सङ्घीय संसद् सचिवालयले बुधबार नै प्रकाशन गरेको छ । प्रतिनिधि सभाका सचिव हर्कराज राईले प्रकाशित गर्नुभएको कार्यतालिका अनुसार उपसभामुख पदको मनोनयन चैत २६ गते हुने छ । एक मात्र मनोनयन दर्ता भएमा उपसभामुख चयन प्रक्रिया निर्विरोध हुने छ । एकभन्दा बढी उम्मेदवारी परेमा निर्वाचन प्रक्रियाबाट उपसभामुख चयनको प्रक्रिया पूरा हुने छ ।
सार्वजनिक यातायातको भाडा वृद्धि
सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । इरान–अमेरिकालगायत पश्चिम एसियाको द्वन्द्वका कारण पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्यवृद्धि हुँदा भाडा समायोजनमा यातायात व्यवसायीको निरन्तर दबाबपछि सरकारले बुधबारबाटै लागु हुने गरी वृद्धि गरेको हो ।
अमेरिका र इरानबिच भोलि पाकिस्तानमा वार्ता हुने
अमेरिका र इरानबिच शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता हुने भएको छ । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले पश्चिम एसियामा युद्धविरामको घोषणापछि पाकिस्तानले अमेरिका र इरानका प्रतिनिधिमण्डललाई इस्लामाबादमा स्वागत गर्ने बताउनुभएको छ ।
ठेक्का तोडिएका आयोजना पुनः प्रक्रियामा
ठेक्का तोडिएका आयोजनाको पुनः ठेक्का व्यवस्थापन गर्न आवश्यक प्रक्रिया सुरु गरिएको छ । पुनः ठेक्का व्यवस्थापन गर्न ठेक्का तोडिएका आयोजनामा अहिलेसम्म भएको काम, भएको खर्चको मूल्याङ्कन तथा नयाँ ठेक्का लगाउन स्रोत सुनिश्चितताको आवश्यक प्रक्रिया सुरु गरिएको हो ।
‘मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण’
अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
कालिकोटको सुनार खोलामा एम्बुलेन्स दुर्घटना हुँदा दुईको मृत्यु
कालीकोटको खाँडाचक्र नगरपालिका-२ सुनार खोला नजिकै एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन्।
आर्थिक गणनासम्बन्धी सचेतना गोष्ठी
आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म देशव्यापी रुपमा गरिने दोस्रो आर्थिक गणनालाई लक्षित गरी नेपालगन्जमा सचेतना गोष्ठी सम्पन्न भएको छ ।
सप्तरीमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि नियन्त्रणको माग
निर्माण व्यवसायी संघ सप्तरीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि नियन्त्रणको माग राखी नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान
मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग लागेका कारण आँप उत्पादनमा ह्रास आउने अनुमान गरेको छ।
कालिकोटको सुनार खोलामा एम्बुलेन्स दुर्घटना हुँदा चार घाइते
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा २ को सुनारखोलामा एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते
कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छन्।