भासिएको कमला पुलको निर्माण सुरु
हुलाकी सडकअन्तर्गत धनुषा र सिराहा जोड्ने कमला नदीमा भासिएको पुलको पुननिर्माणको काम सुरु गरिएको छ ।
गोरखापत्र र वीर अस्पतालबिच सहकार्य हुने
गोरखापत्र संस्थान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) बीच सूचना प्रकाशनबारेमा सहकार्य हुने भएको छ ।
कोलिय गणराज्यको राजधानी उत्खननमा प्राचीन संरचना भेटियाे
पश्चिम नवलपरासीस्थित सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) मा भइरहेको पुरातात्विक उत्खनन कार्यले प्राचीन सहरका भग्नावशेष र पूर्वाधारहरू भेट्टाउन थालेपछि उत्साह छाएको छ ।
हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर
बङ्गलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनीकी छोरी, बेलायतकी सांसद ट्युलिप सिद्दिकलाई सरकारी जग्गा टाउनसिप परियोजनासम्बन्धी भ्रष्टाचार आरोपमा ढाका विशेष अदालतले क्रमशः पाँच वर्ष र दुई वर्षको जेल सजाय तोक्दै दोषी ठहर गरेको छ ।
नेपालगन्ज-गुलरिया सडकखण्डको धम्बोझी खण्ड सडक विस्तार अन्यौलमा
नेपालगन्ज–गुलरिया सडक विस्तारको काम अन्तिम चरणमा पुग्दा सुरुवाती करिब दुई किलोमिटर सडक विस्तारमा अन्यौलता देखिएको छ ।
महानगरप्रमुख बालेन्द्र साहलाई पितृशोक
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई पितृशोक परेको छ ।
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला
बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८० र चालु आर्थिक वर्षमा ३९ जनामा एचआइभी सङ्क्रमित फेला परेको हो ।
गृहमन्त्री अर्यालले गर्नुभयो सीमा नाकाको निरीक्षण
गृहमन्त्री ओमप्रकाश अर्यालले कैलालीस्थित नेपाल–भारत त्रिनगर–गौरीफन्टा सीमा नाकाको निरीक्षण गर्नुभएको छ ।
साढे सात हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग साढे सात हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ ।
महोत्सवले पर्यटन प्रवर्धनसँगै अर्थतन्त्र चलायमान
शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन् ।
फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण
ताप्लेजुङको फुङलिङस्थित बालमन्दिर आधारभूत विद्यालयका फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
एक हजार ७४ स्थानीयको खरकाे छानामुक्त घर
आगलागी तथा अन्य विपद्को जोखिम न्यूनीकरणका लागि सल्यानको एउटै पालिकाले एक हजार बढी विपन्न घर परिवारलाई खरको छानाबाट मुक्त गरेको छ ।
एमाले लमजुङमा छानिए प्रतिनिधि
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि लमजुङमा निर्वाचन प्रक्रियाबाट १० जना प्रतिनिधि छनाेट हुनुभएको छ ।
कवि बैरागी काइँलालाई पहिचान सम्मान, राईलाई युवा सम्मान
पहिचान पुरस्कार कोषले यस वर्ष वरिष्ठ कवि वैरावी काइँलालाई ‘पहिचान सम्मान’ दिने भएको छ ।
गोरखाको पालुङटारमा कुमाल सङ्ग्रहालय निर्माण
गोरखाको पालुङटारमा कुमाल समुदायको इतिहास, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले पालुङटार–७, ढिकिडाँडामा कुमाल सङ्ग्रहालय निर्माण भएको छ।
रायो सागमा ९९ प्रतिशतभन्दा बढी विषादी भेटियो
झापाको दमकको सब्जी बजारमा बिक्रीका लागि ल्याइएका हरियो र ताजा देखिने सागसब्जीमा अधिक विषादी हुने गरेको पाइएको छ ।
एसिसी यू–१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ ।
इनरुवा-कौवाखोच सडक निर्माण गर्न दबाब
सुनसरीको सदरमुकाम इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु गरेको छ ।
पाथीभरा याङ्वरक र मैवाखोला सेमिफाइनल प्रवेश
ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ गोल्डकप महिला फुटबल प्रतियोगितामा पाथीभरा याङ्वरक र मैवाखोला गाउँपालिका सेमिफाइनल प्रवेश गरेका छन् ।
बजेट अभावले रङ्गशाला निर्माणमा ढिलाइ
गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर–६, अमरपुरको बुल्मचौरमा निर्माणाधीन रङ्गशाला निर्माणमा ढिलाइ भएको छ ।
हराउँदै थारू समुदायको परम्परागत खानपान र जीवनशैली
थारु समुदायको पहिचान परम्परागत मौलिक नाचगान, भेषभूषा, कला, संस्कृति मात्र होइन, उनीहरूको खानपान प्रणाली पनि अनौठो र अनुकरणीय छ । तर पछिल्लो समय थारु परम्परागत खानपान र जीवनशैली हराउन थालेका छन् ।
एचआइभी नियन्त्रणमा के कस्ता चुनौती छन् ?
एड्सबाट मृत्यु भएका व्यक्तिहरूको सम्झना प्रत्येक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइन्छ ।
पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात
पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब रुपियाँ बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२-८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो ।
शिक्षासम्बन्धी समस्या समाधानका लागि विद्यालय अनुगमन
बाँकेको दुर्गम र पिछिडिएको क्षेत्र मानिने नरैनापुर गाउँपालिकाको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पालिकाभित्रका सबै बिद्यालयको अनुगमन सुरु गरिएको छ ।