खोलाखर्कमा पिकअप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते
बागलुङको बडिगाड गाउँपालिका–८ बाट गलकोट हटियातर्फ जाँदै गरेको पिकअप गाडी दुर्घटनामा परेको छ ।
गाउँ–गाउँमा बढे मौसमी फ्लुका बिरामी
जिल्लाको सातवटै गाउँपालिकामा रुघाखोकी, ज्वरो र दमजस्ता रोगको बिरामी बढेका छन् । माघ १० गते परेको हिमपातले चिसो बढेपछि यस्ता बिरामीहरु दैनिक रुपमा बढिरहेका हुन् ।
बेनीघाट-आरुघाट-लार्के सडक चार दिन बन्द हुने
गोरखाको बेनीघाट–आरुघाट–लार्के सडकखण्ड अन्तर्गत धार्चे गाउँपालिका–७ मा पर्ने न्याउनी खोला पुल चार दिनको लागि बन्द हुने भएको छ ।
‘सडक सञ्जाल विस्तार र स्तरोन्नति विकासको मानक हो’
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडक सञ्जाल विस्तार र स्तरोन्नति विकासको मानक भएको बताउनुभएको छ ।
दिवसमा विद्यार्थीलाई मेडल र प्रमाणपत्र
नेपालगन्जमा रहेको सोफिया रेजिडेन्सियल इङ्लिस स्कुलले वार्षिक खेलकुद दिवसमा विभिन्न खेलमा विजयी भएका २८ सय बढी विद्यार्थीलाई मेडल र प्रमाणपत्र वितरण गरेको छ ।
गोरखा–२ मा लेखनाथ न्यौपानेको पहिलो चुनावी परीक्षा
गोरखाको राजनीतिक भूमिमा तीन दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय रहँदै आउनुभएका लेखनाथ न्यौपाने अन्ततः पहिलो पटक जनमतको औपचारिक परीक्षामा उत्रिनुभएको छ ।
रहमानको मन्त्रिपरिषद् घोषणा
भारी चुनावी विजयपछि बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले ५० सदस्यीय मन्त्रिपरिषद् घोषणा गर्दै सङ्कटग्रस्त अर्थतन्त्र पुनर्जीवित गर्ने र क्षेत्रीय तथा आन्तरिक सुरक्षाका चुनौती सामना गर्ने सङ्केत गर्नुभएको छ ।
बस्ती र बारी जोगाउनेलाई मत
अघिल्लो वर्ष रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६, ज्यामिरे गाउँमा रहेको कालिका आधारभूत विद्यालयसहित १३ घर बाढी र पहिरोले बगायो ।
मतदाता फकाउन उम्मेदवारहरु व्यस्त
लमजुङमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा उम्मेद्वारहरू घरदैलोमार्फत मतदाता फकाउन व्यस्त रहनुभएको छ । उम्मेदवारी दर्तापछि गाउँ पसेका उम्मेदवारहरु मतदाताको घरदैलोमा भेटघाट गरिरहेका छन् ।
उन्नाइस जना उम्मेदवारले लिए बैंकको खाता खोल्ने सिफारिस
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये १९ जनाले बैंक कारोबारका लागि निर्वाचन कार्यालयबाट अनुमति लिएका छन् ।
भरपर्दो सुरक्षा व्यवस्थाका लागि निर्देशन
नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरले भरपर्दो सुरक्षा व्यवस्थाका लागि रुकुमपश्चिमस्थित प्रहरीलाई निर्देशन दिनुभएको छ ।
दोस्रो कार्यकालमा ताकाइचीको कडा एजेन्डा
भारी मतान्तरसहितको चुनावी विजयपछि साने ताकाइची बुधबार पुनः जापानको प्रधानमन्त्रीका रूपमा नियुक्त हुँदै हुनुहुन्छ ।
जाली नोटसहित मियाँ पक्राउ
सुनसरीको इनरुवा नगरपालिकामा पाँच सय दरको आठ थान जाली नोटसहित एक जना पक्राउ परेका छन् । जिल्लाको इनरुवा नगरपालिका –५ बलाहास्थित सब्जीबजारमा सब्जी खरिदगरी जाली नोट दिएको सूचनाको आधारमा इनरुवा –१० जल्पापुरका २५ वर्षीय आजाद मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
लागु औषध ओसारपसारः उनान्सय जनाविरुद्ध पैँसट्ठी मुद्दा दर्ता
नेपाल प्रहरीले यहाँ गत माघ महिनामा लागु औषध कारोबारका अभियोगमा ९९ आरोपीलाई पक्राउ गरेको छ ।
ठगी अभियोगमा तीन जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशमा पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
शिशुको शव फेला
झापाको मेचीनगरको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले नवजात शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
पशुपतिनाथ क्षेत्रमा भक्तजन र प्रहरीमाथि कुटपिट गर्ने युवा पक्राउ
महाशिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा भक्तजन र प्रहरीमाथि दुर्व्यवहार गर्ने युवालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ ।
झापामा ६२ उम्मेदवारले खोले निर्वाचन खाता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले खाता खोलेर निर्वाचन आयोगलाई जानकारी गराउन थालेका छन् ।
उत्तरी जापानमा हिउँले पुरिएका तीन जनाको उद्धार
उत्तरी जापानमा बुधबार हिउँमा पुरिएका तीन जनालाई उद्धार गरिएको र उद्धार गरिएका मध्ये एक जनालाई बेहोस अवस्थामा फेला परेको स्थानीय मिडियाले जनाएको छ ।
कांग्रेसले आज प्रतिज्ञापत्र सार्वजनिक गर्दै
नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ । सो पार्टीले कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुने सभामा प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको हो ।
सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन
एक सय ३२ केभी बुर्तिबाङ सवस्टेसन सञ्चालनमा आएको छ । यही फागुन २ गते निर्माण सम्पन्न भएपछि फागुन ३ र ४ गते परीक्षण गरिएको सवस्टेसन मङ्गलबारदेखि नियमित रूपमा सञ्चालन गरिएको हो ।
‘मनोसामाजिक परामर्शले आत्महत्या घटाउन सकिन्छ’
जोखिम समूह पहिचान गरेर युवा र किसोर अवस्थाका नागरिकको उपचारमा ध्यान दिन सकेमा आत्महत्या घटाउन सकिने सरोकारवालाले बताउनुभएको छ ।
इरान-अमेरिका वार्ताले सकारात्मक परिणाम निकाल्नेमा संयुक्त राष्ट्रसङ्घ आशावादी
संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसले इरान र अमेरिका बिचको वार्ताले निर्णायक र रचनात्मक परिणाम ल्याउने आशा व्यक्त गर्नु भएको छ ।
विद्यार्थीलाई पोशाक र सोलार सेट
नेपाल इन्भेस्टमेन्ट मेगा बैँक फिदिम शाखाले पाँचथरको फिदिम नगरपालिका वडा ४ मा सञ्चालन भइरहेको जागृति आधारभुत विद्यालयका छात्र छात्रालाई पोशाक र सोलार सेट उपलब्ध गराएको छ ।