तस्करीको काठ र फर्निचर बरामद
बर्दीबास र गौशाला क्षेत्रमा सक्रिय वन तस्करी तथा अतिक्रमण नियन्त्रण गर्न सञ्चालन गरिएको वन गस्तीले ५५ क्युफिट बराबरको काठ, तयारी फर्निचरलगायत सामग्री बरामद गरेको छ ।
उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री जुहानी पुहाक्काले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
कञ्चनपुरका औषधी व्यवसायी आन्दोलित
कञ्चनपुरमा औषधी व्यवसायीहरू हातमा कालो पट्टी बाँधेर आन्दोलित बनेका छन् ।
बाँसगढीमा खाद्यले सुरु गर्यो धान खरिद
हरेक पालिकामा तीन हजार क्विन्टलको दरले धान खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले बर्दियाको बाँसगढी नगरपालिकामा धान खरिद सुरु गरेको छ ।
एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी आठ टोलीमध्ये साविक उपविजेता सुदूरपश्चिम रोयल्सको दबदबा कायमै छ ।
‘जनताको बहुदलीय जनवादका आधारहरू’ पुस्तक लोकार्पित
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा प्रचार एवम् प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमद्वारा लिखित ‘जनताको बहुदलीय जनवादका आधारहरु’ नामक पुस्तकको लोकार्पण गरिएको छ ।
ऊर्जामन्त्री घिसिङद्वारा निर्माणाधीन पूर्व-पश्चिम एशियन राजमार्गको निरीक्षण
ऊर्जा, जलस्रात तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व—पश्चिम एशियन राजमार्गको स्थलगत निरीक्षण गर्नुभएको छ ।
एन्फा अध्यक्ष पदमा विराटजङ्गको उम्मेदवारी घोषणा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष विराटजङ्ग शाहीले एन्फाको आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
स्वाधीनताको पक्षमा उभिदा चौतर्फी हमला भयो : नेता गुरुङ
नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमालेले राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएपछि एमालेजनप्रति चौतर्फी हमला भएको बताउनुभएको छ ।
भारत-माल्दिभ्स ‘एकुवेरिन’ अभ्यास केरलामा सुरु
भारत र माल्दिभ्सबिचको वार्षिक द्विपक्षीय सैन्य अभ्यास ‘एकुवेरिन’ को १४औँ संस्करण डिसेम्बर २ देखि १५ सम्म भारतको तिरुवनन्तपुरममा आयोजना हुने भएको छ ।
'सहरी क्षेत्रमा खुला स्थान संरक्षण अपरिहार्य'
सहरी संरचना द्रुतगतिमा विस्तार भइरहेका बेला राजधानीमा आयोजित एक अन्तर्क्रियामा सरोकारवाला निकायहरूले खुला स्थानको संरक्षणलाई अत्यावश्यक आवश्यकताका रूपमा उठाएका छन्।
एसियाली बाढी विपत : सैन्य सहयोग तीव्र, मृतकको सङ्ख्या एक हजार नजिक
श्रीलङ्का र इन्डोनेसियाले हालैका दिनमा एसियाका चार देशमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या लगभग एक हजार नजिक पुगेसँगै पीडितका लागि सैन्य उद्धार तथा राहत कार्यलाई अझै तीव्र बनाइएको छ ।
नेतान्याहुको माफी अनुरोधले इजरायलमा नयाँ बहस
भ्रष्टाचारको अभियोगको सामना गरिरहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लामो समयदेखि चलिरहेको र देशलाई विभाजित गरिरहेको मुद्दाका कारण आफूले राष्ट्रपति समक्ष माफीको औपचारिक अनुरोध पेस गरेको घोषणा गर्नु भएको छ ।
दाङमा चार सय ७१ एचआइभी सङ्क्रमित
दाङमा चार सय ७१ जना एचआइभी सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये दुई सय २७ जना पुरुष, दुई सय ३६ जना महिला, आठ जना यौनिक अल्पसंख्यक र अठार जना बालबालिका रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
भासिएको कमला पुलको निर्माण सुरु
हुलाकी सडकअन्तर्गत धनुषा र सिराहा जोड्ने कमला नदीमा भासिएको पुलको पुननिर्माणको काम सुरु गरिएको छ ।
गोरखापत्र र वीर अस्पतालबिच सहकार्य हुने
गोरखापत्र संस्थान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) बीच सूचना प्रकाशनबारेमा सहकार्य हुने भएको छ ।
कोलिय गणराज्यको राजधानी उत्खननमा प्राचीन संरचना भेटियाे
पश्चिम नवलपरासीस्थित सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) मा भइरहेको पुरातात्विक उत्खनन कार्यले प्राचीन सहरका भग्नावशेष र पूर्वाधारहरू भेट्टाउन थालेपछि उत्साह छाएको छ ।
हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर
बङ्गलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनीकी छोरी, बेलायतकी सांसद ट्युलिप सिद्दिकलाई सरकारी जग्गा टाउनसिप परियोजनासम्बन्धी भ्रष्टाचार आरोपमा ढाका विशेष अदालतले क्रमशः पाँच वर्ष र दुई वर्षको जेल सजाय तोक्दै दोषी ठहर गरेको छ ।
नेपालगन्ज-गुलरिया सडकखण्डको धम्बोझी खण्ड सडक विस्तार अन्यौलमा
नेपालगन्ज–गुलरिया सडक विस्तारको काम अन्तिम चरणमा पुग्दा सुरुवाती करिब दुई किलोमिटर सडक विस्तारमा अन्यौलता देखिएको छ ।
महानगरप्रमुख बालेन्द्र साहलाई पितृशोक
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई पितृशोक परेको छ ।
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला
बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८० र चालु आर्थिक वर्षमा ३९ जनामा एचआइभी सङ्क्रमित फेला परेको हो ।
गृहमन्त्री अर्यालले गर्नुभयो सीमा नाकाको निरीक्षण
गृहमन्त्री ओमप्रकाश अर्यालले कैलालीस्थित नेपाल–भारत त्रिनगर–गौरीफन्टा सीमा नाकाको निरीक्षण गर्नुभएको छ ।
साढे सात हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग साढे सात हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ ।
महोत्सवले पर्यटन प्रवर्धनसँगै अर्थतन्त्र चलायमान
शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन् ।