चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान
नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको भीडभाड हुने गर्दछ । करिब चार दशकदेखि स्थानीय अरमान अलीले हलुवा–पराठाको स्वाद चखाउँदै आउनुभएको छ ।
आशा जगाउने नौमुरे जलविद्युत्
अर्घाखाँची र प्युठानको सिमानामा रहेको नौमुरे जलविद्युत् आयोजना बर्सौंदेखि अलपत्र अवस्थामा रहेको छ । निर्वाचनको बेला विशेष प्राथमिकता पर्ने नौमुरे योजना चुनावपछि भने खासै चासोमा पर्ने गरेको छैन । निर्वाचनको समयमा हरेक दलका उम्मेदवारले जोडतोडका साथ नौमुरे जलविद्युत् आयोजनालाई चुनावी नारा बनाउने गरेका छन् । चुनावपछि भने खास चासोमा पर्ने गरेको छैन ।
पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो
आराध्यदेव भगवान् पशुपतिनाथमा अहिले दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख्य सहभागिताले यहाँको रौनकता बढाएको छ ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ ।
‘आश्वासन मात्रै दिनेलाई भोट दिन्नौँ’
नौगाड गाउँपालिका–१, नागुका लालसिंह डडाल, ठगेन्द्रसिंह जुहारी, सुशीला डडाललगायतले २०६४ सालदेखि निरन्तर रूपमा हरेक निर्वाचनमा मतदान गर्दै आउनुभएको छ । नौगाडवासीले यसपालिको निर्वाचनमा सहभागी नहुने तथा कुनै पनि नेतालाई भोट नदिने निर्णय गरेका छन् । २०६४ सालमा तत्कालीन माओवादीका नेता लक्ष्मणदत्त जोशी, २०७० र २०७४ सालमा एमालेका गणेशसिंह ठगुन्ना र २०७९ सालमा कांग्रेसका दिलेन्द्रप्रसाद बडूलाई भोट दिएर जिताएको लालसिंह डडालले बताउनुभयो ।
भोजपुरमा राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्र सञ्चालनको तयारी
भोजपुर नगरपालिका–४, दावाँमा अवस्थित कृष्णलक्ष्मी–लक्ष्मी स्पोट्र्स कम्प्लेक्सलाई भलिबल तथा अन्य इन्डोर्स खेलको लागि प्रशिक्षण केन्द्रका रूपमा विकास गरिने भएको छ ।
आज २६३औँ सेना दिवस मनाइँदै
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ । उहाँ नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।
कर्णालीमा कांग्रेसका नयाँ उम्मेदवार
प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमा ११ जना नयाँलाई उम्मेदवार बनाएको छ । दैलेख क्षेत्र नं. २ मा कांग्रेसका दिक्पालकुमार शाही मात्र दोहोरिनुभएको छ । उहाँबाहेक सबै नयाँ उम्मेदवार छन् । सुर्खेतका दुई निर्वाचन क्षेत्र, दैलेख–१, मुगु, हुम्ला, जुम्ला, कालीकोट, सल्यान, रुकुमपश्चिम, डोल्पा र जाजरकोटमा कांग्रेसले नयाँ अनुहारलाई उम्मेदवार बनाएको कांग्रेस कर्णाली प्रदेश प्रचारप्रसार समितिले जनाएको छ ।
कांग्रेसले आइतबार प्रतिज्ञापत्र आयोगमा बुझाउने , बुधबार जनकपुरमा सार्वजनिक गर्ने
नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सरेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा प्रतिज्ञापत्र सार्वजनिक हुने छ ।
सप्तरी–२ मा पुरानालाई सकस
विसं २०५६ यता प्रतिनिधि सभा सदस्यमा दोहो¥याएर चुनाव नजितेको इतिहास बोकेको सप्तरी निर्वाचन क्षेत्र नं. २ मा यसपालि कसले बाजी मार्ला भनी मतदातामाझ चर्चाको विषय बनेको छ ।
मोरङ–१ मा ठुला दलबिच प्रतिस्पर्धा
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) ले आलोपालो जित्दै आएको मोरङको निर्वाचन क्षेत्र नं. १ मा यस पटक विभिन्न राजनीतिक दलका उम्मेदवारबिच रोचक प्रतिस्पर्धा हुने भएको छ ।
स्थानीयको रोजाइमा धुलाचौर
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–६ मा पर्ने धुलाचौर अहिले स्थानीयको रोजाइमा रहेको छ । पहिला चौरका रूपमा रहँदै आएको धुलाचौर पछिल्लो समय पालिकाले प्रशासकीय भवन यसैमा निर्माण गरेसँगै धुलाचौर स्थानीयको रोजाइमा पर्ने गरेको हो ।
‘धारा बनाइदिनेलाई भोट’
भूकम्पअघि सुनकोशी गाउँपालिका–४, यमुनाडाँडा मिजार बस्तीका दर्जनभन्दा बढी घरधुरीले भगटेपँधेरोस्थित दुई वटा ढुङ्गेधाराको पानी उपभोग गर्थे । उक्त धारामा पानी लिन करिब २० मिनेटदेखि ३० मिनेट समय लाग्थ्यो तर २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले उक्त दुई वटै धाराको पानी जमिनभित्र भासियो । बर्सौंदेखि सोही ढुङ्गेधाराका पानी उपभोग गरेर दैनिकी चलाउने मिजार बस्तीका दर्जनभन्दा बढी घरधुरीलाई अहिले पानीको हाहाकार भएको छ । भूकम्पपछिका १० वर्ष बित्दासमेत उनीहरूको खानेपानीको हाहाकारको समस्या कसैले समाधान गरेन । न हालसम्म कसैले चासो देखाएका छन् । धारा, पानी उपलब्ध गराउन वडा कार्यालयदेखि सङ्घीय सरकारसम्म र सरोकारवा
पाँचथरमा बहुपक्षीय प्रतिस्पर्धा
आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका राजनीतिक दल र तिनका उम्मेदवारले मतदाता भेटघाट र चुनावी प्रचारलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्र्टी, राष्ट्रिय परिवर्तन पार्र्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाललगायतका दलबाट उम्मेदवारी दिएर उम्मेदवार चुनाव प्रचारलाई तीव्रता दिनुभएको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
‘चुनाव निष्पक्ष र भयरहित हुन्छ’
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले फागुन २१ गते हुने निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ । शनिबार प्रेस चौतारी धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पराजुलीले यस्तो बताउनुभएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
भूमिहीनका लागि चुनावी आश्वासन ‘लालपुर्जा’
हेटौँडा उपमहानगरपालिकाको ११ नम्बर वडामा पर्ने सिमलटार बस्तीका बासिन्दा बर्सौंदेखि भूमिहीन छन् । यहाँका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि सधैँको चुनावी आश्वासन जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) हुने गरेको छ ।
आचारसंहिता उल्लङ्घनसम्बन्धी तीन वटा उजुरी
प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा काभ्रेपलाञ्चोकमा आचारसंहिता उल्लङ्घनका उजुरी आउन थालेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा हालसम्म जिल्लामा तीन वटा आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् ।
जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा सेवा विस्तार
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा पछिल्लो समय सेवा विस्तार गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
बागलुङ नगरका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्न अभियान
जिल्लाको भकुण्डेलाई पर्यटनको गन्तव्य बनाउने अभियानमा सबै क्षेत्रको चासो र चिन्तन बढाउनुपर्ने सरोकारवालाले बताउनुभएको छ ।
बैतडीमा टोल-टोलमै पुगेर नसर्ने रोगको परीक्षण
जिल्लामा नसर्ने रोगका जोखिम उच्च भएपछि परीक्षणलाई तीव्र बनाउन थालिएको छ । स्वास्थ्यकर्मीहरू टोलटोलमै परीक्षण थालिएको हो ।
‘जिन्दगी फूल सम्झे फूलै हो : जीवनयात्रा’ कृति सार्वजनिक
मनोविद डा. सुमाया राईको ‘जिन्दगी फूल सम्झे फूलै हो : जीवनयात्रा’ कृति सार्वजनिक गरिएको छ ।