एनसेल डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचिकृत
एनसेल डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सूचिकृत हुने पहिलो नेपाली कम्पनी बनेको छ। सूचना प्रविधि विभागले आइतबार एनसेललाई डेटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रुपमा सूचिकृत गरेको हो।
वैकल्पिक सडक निर्माण, पाँच वर्षमा ७५ प्रतिशत काम
दाङमा सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्पर सञ्चालनका लागि निर्माणाधीन वैकल्पिक मार्गको करिब ७५ प्रतिशत काम सकिएको छ ।
२२५ बोतल लागुऔषधसहित सुमो चालक पक्राउ
मकवानपुर प्रहरीले २२५ बोतल लागुऔषध अनरेक्ससहित सुमो र चालकलाई नियन्त्रणमा लिएको छ।
आगलागीमा परी मृत्यु भएकाको शव आफन्तको जिम्मा लगाइयो
ताप्लेजुङको पाथीभरा सडक खण्डमा लत्रिएको विद्युतको तारका कारण करेन्ट प्रवाह भई सवारी साधनमा भएको आगलागी घटनामा परी मृत्यु भएका चार जनाको शव आफन्तलाई जिम्मा लगाइएको छ। प्रहरीका अनुसार मृतकका शव जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको हो।
आँधीखोला किनारमा पुरुष मृत फेला
भीरकोट नगरपालका वडा नं. –१ मा आँधीखोला किनारमा एक जना पुरुष मृत भेटिएका छन् । स्थनीय ६० वर्षीय तेजबहादुर भाट क्षेत्री आँधीखोला कनारमा मृत भेटिनुभएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताउनुभयो ।
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुनपर्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अहिले बुढो नभएको र अस्वस्थ्य नरहेको स्पष्ट गर्नुभयो ।
राष्ट्रिय युवा महिला भेला आयोजना हुँदै : यस्ता छन् मुख्य सात एजेन्डा
अखिल नेपाल महिला सङ्घअन्तर्गतको केन्द्रीय युवा कमिटीले बुधबार राष्ट्रिय युवा महिला भेलाको आयोजना गर्दै छ । अमेनसङ्घले मङ्गलबार आलोकनगरस्थित केन्द्रीय कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा सो राष्ट्रिय युवा भेलाको जानकारी दिएको छ ।
नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट आएको छ । मङ्लबार नेप्से परिसूचक शून्य दशमलव ३६ प्रतिशतले घटेर दुई हजार छ सय ८८ दशमलव ३२ को विन्दुमा कायम भएको हो ।
गुल्मी महोत्सव व्यस्त प्रेम
गुल्मीको सदरमुकाम तम्घासमा जारी दोस्रो गुल्मी महोत्सवको ८ नम्बर स्टलमा कृषि उपज बिक्रीवितरणका लागि राखिएको छ। जिल्लामा उत्पादित कृषि उपजको बजारीकरण र प्रवद्र्धनका लागि आयोजक गुल्मी चेम्बर अफ कमर्सले निःशुल्क स्टल उपलब्ध गराएको छ।
पाल्पाको विद्युत आपूर्ति व्यवस्थापनमा पहल गर्छु : सभामुख मगर
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर पाल्पाको विद्युत आपूर्ति व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
टीकाराम गौतम स्मृति प्रतिष्ठानद्वारा पुरस्कार वितरण
ताप्लेजुङस्थित टीकाराम गौतम स्मृति प्रतिष्ठानले पत्रकारसहित दुई व्यक्ति र एक संस्थालाई पुरस्कार वितरण गरेको हो । मङ्गलबार सदरमुकाम फुङ्लिङमा आयोजित १५ औँ स्मृतिसभा कार्यक्रममा प्रतिष्ठानले टीकाराम गौतम स्मृति पुरस्कार वितरण गरेको हो ।
औषधीय गुण भएको महुवा सङ्कलन
महुवा कैलालीस्थित विभिन्न वनमा पाइने गर्दछ । गाउँघरमा स्थानीयले विशेष गरेर सुगन्धित रक्सी बनाउनका लागि महुवा प्रयोग गर्ने गर्दछन् । होमस्टे लगायतमा यसको खपत बढी हुने गरेको छ । यसैगरी, महुवाको फूलमात्रै खानले स्वास्थ्यलाई फाइदा पनि हुने गरेको स्थानीय बताउँछन् ।
ब्रिगेडसँग बराबरीमा रोकियो प्लानिङ ब्वाइज
सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको प्लानिङ ब्वाइज युनाइटेडले ब्रिगेड ब्वाइज क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।
प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान
प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा ६ ज्येष्ठ नेताहरुलाई कम्युनिष्ट योद्धा सम्मान प्रदान गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ । साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको निमन्त्रणामा उहाँले अप्रिल २२ देखि २३ सम्म साउदी अरबको भ्रमण गर्नुहुने बताइएको छ ।
दक्षिण एसियाली युथ टेबल टेनिस गर्दै नेपाल
दक्षिण एसियाली क्षेत्रीय युथ टेबल टेनिस च्याम्पियनसिप वैशाख ११ देखि १४ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
रमिल अधिकारीको ‘वाचा गरौँ’मा आकाश र करुणाको अभिनय
गायिका अन्जु पन्त र गायक सुगम पोखरेलको स्वर रहेको ‘वाचा गरौँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा शैक्षिक सामग्री प्रदान
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न जिल्लाका १५ विद्यालय तथा शैक्षिक संस्थाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट गर्नुभएको छ।
ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपालमा
ब्राजिलका विश्व चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल भ्रमणमा आउनुभएको छ । ५१ वर्षीय कार्लोस काठमाडौँमा जारी नेपाल सुपर लिग (एन्एसएल) हेर्नका लागि मङ्गलबार नेपाल आउनुभएको हो ।
माओवादी सत्ताको लोभबाट बाहिर आउन सकेनः घनश्याम भुसाल
नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सत्ताको लोभबाट बाहिर निस्किन नसकेको बताउनुभएको छ।
सुधार केन्द्रको शौचालयमा बेहोस भेटिएकी महिलाको मृत्यु
झापाको बिर्तामोडको एक सुधार केन्द्रमा रहेकी एक महिलाको शौचालयमा लडेर ज्यान गएको बताइएको छ । बिर्तामोडस्थित क्षितिज महिला विकास समाज सुधार केन्द्रको शौचालयमा लडेर घाइते हुनुभएको इलाम नगरपालिका–४ बरबोटे बस्ने ५० वर्षीया जीवनकला काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमा गम्भीर
धनुषा जिल्लाको सहिदनगर नगरपालिका–५, बासुदेवपट्टीमा विष सेवनबाट तीन जना बालबालिकाको मृत्यु भएको छ भने एक महिलाको अवस्थामा गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ट्रम्पको धम्कीले क्युबेकलाई क्यानडाको नजिक ल्याउँदै
लामो समयदेखि गहिरो जरा भएको स्वतन्त्रता आन्दोलनका लागि परिचित क्युबेकले डोनाल्ड ट्रम्पको तीखो आक्रमणको सामना गर्दै क्यानडाको भागका रूपमा आफ्नो पहिचानलाई दुर्लभ जोशका साथ अँगाल्दै आएको छ ।