• ९ वैशाख २०८२, मङ्गलबार

माओवादी सत्ताको लोभबाट बाहिर आउन सकेनः घनश्याम भुसाल

blog

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल ।

काठमाडौँ, वैशाख ९ गते। नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सत्ताको लोभबाट बाहिर निस्किन नसकेको बताउनुभएको छ। 

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले माओवादी अहिलेको सरकार हटाएर काँग्रेस नेतृत्वको सरकार बनोस् भन्ने पक्षमा रहेको बताउनुभयो। 

उहाँले काँग्रेसको अहिलेको नेतृत्व आएर देशका सबै समस्या समाधान हुन्छन् ? भन्दै प्रश्न गर्नुभयो।  

उहाँले माओवादीले गणतन्त्र आफूले ल्याएको र यसको भोग पनि आफूले मात्रै गर्न पाउनुपर्ने तर्क गरेर हिँडिरहेको भन्दै यसबाट देश बन्न नसक्ने जिकिर गर्नुभयो। 

महासचिव भुसालले देश डुबिरहे पनि दलाल पुँजीपति फाइदामा रहेको बताउनुभयो। उहाँले नेता सफल तर देश असफल भइरहेको अवस्था रहेको जिकिर गर्नुभयो।