‘ब्रह्मले देखेको लेख्न गोरखापत्र स्वतन्त्र छ’
गोरखापत्रले नेपाली समाजमा सबैको सेवा गर्दै आएको छ । गोरखापत्रको प्रशंसा निराधार होइन, यसले नेपाली समाज, देशको सेवा गरेको छ । ठुलो गुन लगाएको छ ।
समावेशी गणतन्त्रले ल्याएको परिवर्तन
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वको सर्वोत्तम शासन प्रणाली मानिन्छ ।
देशका अधिकांश भागको मौसम सफा रहने पूर्वानुमान
काठमाडौँ, वैशाख २५ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने छ ।
बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै
काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर बनेपामा करिब दुई हजार पाँच सय वर्षदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेष गरी नेवार समुदायले हरेक वर्षको चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिनसम्म जात्रा मनाउने गर्दछन् ।
साहित्यकारलाई नाट्यरत्न प्रदान
नेपाली नाटक विधाको क्षेत्रमा योगदान पुर्याउने रुपन्देहीका साहित्यकारलाई नाट्यरत्न २०८२ ले सम्मान गरिएको छ ।
विज्ञापन एजेन्सी र विक्रेतालाई सम्मान
गोरखापत्र दैनिकको १२५ औँ वार्षिक उत्सव तथा गोरखापत्र संस्थानको ६३ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न विज्ञापन एजेन्सी तथा बिक्री सेन्टरलाई सम्मान गरिएको छ ।
विमानस्थल स्तरोन्नतिको बाटो खुल्यो
जुम्ला विमानस्थल स्तरोन्नतिको बाटो खुलेको छ । बर्सौंदेखि स्तरोन्नति हुने भनिए पनि विभिन्न कारणले विनियोजित बजेट खर्च हुन नसकेर फिर्ता हुने गरेको थियो ।
आर्मी राष्ट्रिय पुरुष हक्की च्याम्पियन
नेपाल आर्मी क्लब बुधबार गण्डकी प्रदेशलाई २–० ले हराएर राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको च्याम्पियन बनेको छ । दुई दिनअघि आर्मी क्लबले महिला हक्कीको उपाधि पनि जितेको थियो ।
राष्ट्र बैङ्कले बुझायो बजेट सुझाव
नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेट्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
अन्तर्राष्ट्रिय उडानको माग गर्दै व्यवसायीको धर्ना
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग गर्दै उद्योगी व्यवसायीले विमानस्थलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका छन् ।
मकै छर्ने बेलामा छैन मल
यो वर्ष समयमै वर्षा भएपछि मकै छर्न थालेका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखाका किसान रासायनिक मल नपाउँदा चिन्तामा परेका छन् । नियमित तथा मौज्दात मल वितरणमै कमजोरी भएपछि यहाँ मलको हाहाकार देखिएको छ ।
प्रधानमन्त्रीलाई फोटो उपहार
भनिन्छ, ‘एउटा तस्बिरले हजारौँ शब्द बोल्छ ।’ गोरखापत्रको सङ्ग्रहालयमा त्यस्ता कैयौँ तस्बिर छन्, २०३० देखि २०६० सम्मको समय खण्डको नेपालको वास्तविकता बोकेका ।
भारत–पाकिस्तान तनाव थप उच्च
भारत र पाकिस्तानबिचको तनाव थप उच्च बनेको छ ।
रित्तो संसदमा छलफल
नीति तथा कार्यक्रममाथि संसद्मा भइरहेको छलफल कर्मकाण्डी बन्दै गएको छ । छलफलमा भाग लिने सांसदको उपस्थितिसमेत संसद्का दुवै सदनमा नगण्य छ । आफ्ना धारणा राख्ने र बाहिरिने क्रमले नीति कार्यक्रममाथिको छलफल करिब करिब खाली सभामा भइरहेको छ ।
फेला परेन भासिएको गाडी : भूगर्भविद्को टोली नै असुरक्षित
हेटौँडा उपमहानगरपालिका वडा नं. १७, गैरीगाउँमा गत शुक्रबार जमिनमा भासिएर हराएको बोलेरो गाडीका बारेमा अध्ययन गर्न आएको भूगर्भविद्को टोली गाडीको अवस्थितिका बारेमा पत्ता नै नलगाई फर्किएको छ ।
बार्सिलोनालाई हराउँदै इन्टर फाइनलमा
इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
गोरखापत्र वार्षिकोत्सव : पत्रकार–कर्मचारी सम्मानित
गोरखापत्र एक सय २५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा संस्थानका पत्रकार–कर्मचारी सम्मानित हुनुभएको छ ।
भेटिएन जमिनमुनि भाँसिएको गाडी : फर्कियो भूगर्भविद्को टोली
गाडी भासिएको घटनाको अध्ययनका लागि आएको खानी तथा भूगर्भ विदको टोलिले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी बुधबार काठमाडौा फर्किएको छ ।
शोक प्रस्ताव पारित
प्रतिनिधिसभा बैठकले पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बुधबार बसेको बैठकले सर्वसम्मत पारित गरेको हो ।
कोशी प्रदेशसभा अधिवेशन आह्वान
कोशी प्रदेशसभाको सातौं अधिवेशन आउँदो जेठ ४ गतेका लागि आह्वान गरिएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार विज्ञप्ति जारी गरी जेठ ४ गते आइतबार दिउँसो २ बजेका लागि प्रदेशसभाको सातौं अधिवेशन आह्वान गर्नुभएको हो ।
झापासँग हार्यो बाँसबारी
बाँसबारी क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झापा एफसीसँग पराजित भएको छ । एन्फा मैदान सातदोवाटोमा बुधबार भएको खेलमा झापाले बाँसबारीलाई २–० गोलले हरायो ।
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेपाल स्टक एक्सेचन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव ३८ प्रतिशतको वृद्धि हो ।
लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ दाङको अध्यक्षमा खड्का
नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ दाङको अध्यक्षमा कृष्ण खड्का चयन हुनुभएको छ ।
रारा रनिङ गोल्डकपमा आठ टिम
धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा १२औँ संस्करणको रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।