• २५ वैशाख २०८२, बिहिबार

भेटिएन जमिनमुनि भाँसिएको गाडी : फर्कियो भूगर्भविद्को टोली

blog

स्मिता अर्जेल
मकवानपुरगढी, वैशाख २४ गते ।
गाडी भासिएको घटनाको अध्ययनका लागि आएको खानी तथा भूगर्भ विदको टोलिले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी बुधबार काठमाडौा फर्किएको छ ।

हेटौंडा उपमहानगरपालिका— १६ स्थित गैरीगाउँको भित्रि सडकखण्डमा डुबेको गाडी अझै फेला परेको छैन ।

भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा आएको टोलिले घटनास्थलको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको छ ।

प्रारम्भिक कार्य सम्पन्न गरी भूगर्भविद्हरु बुधबार काठमाडौँ फर्किनुभएको हो । टोलिले सङ्कलन गरेका तथ्य र नमूनाको प्रयोगशाला परीक्षणपछि मात्र दोस्रो चरणको अध्ययन हुने जानकारी दिएका छन् । 

करिब पाँच दिनअघि सो स्थानमा ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो गाडी जमिनमुनि भाँसिएको थियो । पाँच दिन बितिसक्दापनि गाडी फेला नपरेको अवस्थामा चालू अनुसन्धान थप चासोको विषय बनेको हो ।