गोरखापत्र सार्वजनिक प्रकाशनमा जानुपर्छ :सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन जस्तै गोरखापत्र संस्थान अब सार्वजनिक सेवा प्रकाशनमा जानुपर्ने बताउनुभएको छ।
ब्रह्मले देखेको लेख्न गोरखापत्र स्वतन्त्र छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आज गोरखापत्र ब्रह्मले देखेको लेख्न स्वतन्त्र रहेको बताउनुभएको छ । हिजो राणा र राजाको शासनमा राज्यको इसारामा चल्नुपर्ने बाध्यता बोकेका गोरखापत्रका सम्पादक आज लेख्नका लागि स्वतन्त्र रहेको उल्लेख गर्नुभएको हो ।
प्रधानमन्त्रीबाट गोरखापत्रको युग साक्षी लोकार्पण
प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखापत्र दैनिक १२५ औं वर्ष प्रवेश गरेको अवसरमा प्रकाशित स्मारिका ‘युग साक्षी’ लोकार्पण गर्नुभएको छ ।
भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र पाकिस्तानलाई सैन्य संयमित हुन आह्वान गर्नुभएको छ ।
गोरखापत्र विकासको जिउँदो साक्षी हो : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना दिनुहुँदै गोरखापत्र मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विकासको जिउँदो साक्षी रहेको बताउनुभएको छ।
गोरखापत्र इतिहास र परिवर्तनको दस्तावेज हो : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले गोरखापत्र इतिहास र परिवर्तनको दस्तावेज भएको बताउनुभएको छ। गोरखापत्र १२५ औँ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपति यादवले यस्तो बताउनुभएको हो।
गोरखापत्रले सबै जनताको मन छुन सकोस् : सभामुख घिमिरे
संघीय संसद प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गोरखापत्रलदे सबै जनताको मन छुन सक्नेगरी काम गर्नुपर्न बताउनुभएको छ । गोरखापत्र एक सय २५ वर्ष प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिनुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।
गोरखापत्र इतिहासको दस्तावेज हो : उपसभामुख राना
प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले गोरखापत्र इतिहासको दास्तावेज भएको बताउनुभएको छ । गोरखापत्र एक सय २५ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिनुहुँदै उपसभामुख रानाले यस्तो बताउनुभएको हो ।
गोरखापत्रलाई सिर्जनात्मक बनाउनु जरुरी छ : राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले गोरखापत्रलाई सिर्जनात्मक बनाउनु जरुरी रहेको बताउनुभएको छ । गोरखापत्र एक सय २५ वर्ष प्रवेश गरेको अवसरमा शुभकामना दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
हार्दिक बधाई एवं शुभकामना
श्री ३ देवको शासनकालमा जन्मियौ गोर्खापत्र तिमी १९५८ वैशाख २४ गते सोमबारको शुभ साइतमा १२५ औँ वर्षगाँठको सुअवसरमा हार्दिक बधाई !
जनतासँगै हुर्कंदै लोकतन्त्र
अहिले हामी कस्तो परिस्थितिमा छौँ र विकसित परिस्थितिलाई कसरी बुझिरहेका छौँ ।
जनता रैतीबाट नागरिक भएको दिन
एक सय चार बर्से लामो निरङ्कुश राणा शासन अन्त्य गर्दै सहिदहरूको बलिदानीबाट प्राप्त प्रजातन्त्रको दियो विसं २०१७ मै एक दशकमा निभ्दा नेपाली जनता नराम्रोसँग पिल्सिन बाध्य भए । पञ्चायती व्यवस्थाको सुरुवातसँगै राजा महेन्द्रले देशमा निरङ्कुश एकदलीय तानाशाही व्यवस्थाको सूत्रपात गरे ।
लोकतन्त्रको पथमा समुन्नतिको प्रस्थान
क्रान्तिनायक गिरिजाप्रसाद कोइरालाले २०६२/६३ को जनआन्दोलनताका भन्नुभएको थियो,
भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो
भारतले अपरेशन सिन्दूरु नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो।
नेपाली मिडिया विकाससँगै प्रभाव देखाउँदै
विसं २०४६ को परिवर्तनका लागि त्यतिबेलाको प्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यसबेलाको पत्रकारिताले पञ्चायती शासनव्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको पुनर्बहालीलाई आफ्नो प्रमुख लक्ष्य बनाएको थियो । त्यो कालखण्डको पत्रकारिताले आफूलाई ‘मिसन पत्रकारिता’ भन्थ्यो । निश्चित लक्ष्य लिने र त्यही लक्ष्यभेदका लागि निरन्तर प्रयत्न गर्ने काम ‘मिसन पत्रकारिता’ ले गर्छ । प्रेसको आधारभूत दायित्व भनेको नै उसले सधैँ परिवर्तनका पक्षमा आफूलाई उभ्याउन चाहन्छ । पञ्चा
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ ।
पहिलो संविधानदेखि संविधान सभासम्म
विधायिकी अङ्गको परिकल्पना २००४ सालको पहिलो लिखित संविधानले गरेको थियो तर प्रचलन २०१५ सालबाट भयो
गन्तव्य कुन रोज्यौँ, हिँड्यौँ कति ?
पछिल्लो समय नेपाली राजनीतिको डिस्कोर्सलाई एउटा भेल जस्तै आएको पुरातन विचारले बराल्दै लगेको छ ।
‘ब्रेक थ्रु’ पर्खिरहेको अर्थतन्त्र
प्रजातन्त्र पुनस्र्थापनापछिका साढे तीन दशक मुलुकको अर्थतन्त्र राजनीतिक उतारचढावका भुक्तभोगी बन्यो ।
डिजिटल युग सुहाउँदो बनाउन पुनर्संरचना आवश्यक छ : प्रचण्ड
गोरखापत्र एक सय २५ वर्ष प्रवेशको अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुभकामना दिनुभएको छ ।
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानचोकमा ‘ओभरपास’ निर्माणको सुरु भएको छ । ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ निर्माण थालेको हो ।
चलचित्रमा रङ्गकर्मी
रङ्गमञ्च मनोरञ्जन मात्र नभएर सामाजिक जागरुकता र चेतना फैलाउने माध्यम पनि हो ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५ रूपैयाँ ४० पैसा कायम भएको छ ।